अज्ञात पक्षबाट बृद्ध दम्पतिको विभत्स हत्या

बोवाङमा एक बृद्ध दम्पतिको विभत्स हत्या भएको छ । साउन २५ गते राति ढोरपाटन नगरपालिका–८ बोवाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी पत्नी ६० वर्षीया विमा कामीलाई अज्ञात पक्षले धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । स्थानीयले साउन २६…

August 11, 2019  
बाल श्रमिकको उद्दारपछि आफन्तको जिम्मामा

गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बाल श्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन जना बालकहरूको उद्दार गरेर आफन्तको जिम्मा लगाइएको छ । श्रम तथा रोजगार कार्यालय, कास्कीले असार २३ गते पोखराका होटलबाट बागलुङको जैमिनी नपा–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको…

July 22, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय पतिलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा असार २५ गते लिखित उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।…

July 13, 2019  
८० वर्षको उमेरमा मजदुरी गर्दै ज्येष्ठ नागरिकहरू

उनीहरूको इच्छा, बाँच्नका लागि माग्न नपरोस् । यहि इच्छाले ८० वर्षको उमेरमा पनि युवाअवस्थामा जस्तै गिट्टी कुट्ने उर्जा पैदा गर्छ ताराखोला गाउँपालिका–५ करिमेलाका जङ्गबहादुर रोकालाई । ज्येष्ठ नागरिकको हक, अधिकार र सरकारले ल्याएका योजना अनि कार्यक्रमको बारेमा जानकारी छैन भन्छन् उनी । खेती किसानी, कुटो कोदालो गरेर जीवन बिताइरहेका रोका…

June 29, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले अन्र्तराष्ट्रिय स्तरमा नेपालको मानव अधिकारको अवस्थाको बारेमा जानकारी हुने हुँदा मानव अधिकारको अवस्था सुनिश्चत गराउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० का सङ्कलन गरिएका घटनाका सम्बन्धमा बागलुङमा आयोजना गरिएको अर्धवार्षिक…

June 23, 2019  
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा–१३ रोकायथरकी ४५ वर्षीया लक्ष्मी रोकालाई हँसिया प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय देवर बबी रोकाले असार ५ गते बिहान गिरफ्तार गरेको छ । असार ५ गते नै गिरफ्तार गरिएका आरोपित रोकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बागलुङस्थित हिरासतमा राखिएको प्रहरीले जनाएको छ । सामान्य घरायसी…

June 21, 2019  
यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई १ वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ । न्यायाधीश प्रकाशप्रसाद पण्डितको जेठ २१ गतेको इजलासले सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । पीडित बालिकालाई आरोपितले ०७५…

June 6, 2019  
पानी भर्नका लागि चारबजे उठ्छन् विद्यार्थी

करिश्मा श्रीष, हरेक दिन बिहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यामिक विद्यालयको कक्षा १० मा पढ्ने करिश्मा फलामे ढोकाको रूपमा व्याख्या गरिँदै आएको एसइइको तयारी गर्न भने बिहान ४ बजे उठेकी होइनन् । सबेरै उठेर उनलाई विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो गर्नुछ । विद्यालयबाट पाँच मिनेटको…

June 3, 2019  
अञ्चल अस्पतालको सेवाः ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई कठिन !

बागलुङ नपा–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम जेठ ६ गते बिहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपुगिन् । एक सातादेखि रुघा, खोकी र ज्वरोले च्यापेकी पवित्रालाई बुहारीले नातिसँग उपचार गराउनका लागि अस्पताल पठाएकी थिइन् । बिहानै अस्पताल आइपुगेकी पवित्राको नाम लेख्ने पालो दिउँसोको १ बजेसम्म पनि आएन । पछिल्लो समय…

May 23, 2019  
खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !

जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन् । यही वैशाख ३ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि सो विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीहरूले विद्यालयको प्राङ्गणमा बसेर अध्ययन गर्नुपरेको हो । हावाहुरीले सो विद्यालयको छाना र कोठामा…

May 14, 2019