राहतले आफन्तको अभाव पुरा गर्न सक्दैनः द्वन्द्व पीडित
‘लोग्ने मरिसक्यो अझै चुरा पोते लगाएर हिँड्छे ।’–गाउँलेले पहिले मुखैमा भन्थे, आजभोलि कानेखुसी गर्छन् । बागलुङ नपा–२ की जसोधा शर्माले हिजो आज यि शब्द पचाइसकेकी छिन् । जसोधा सम्झिन्छिन्–‘भन्नेहरूले के सम्म भनेनन् ? श्रीमान बेपत्ता भनेर हिँडेकी छे । काज किरिया गर्नु छैन यसले छोएको जलफुल चल्दैन ।’ शर्माका पति…
पत्रकार महासङ्घ बागलुङको भवनमा अज्ञात पक्षद्वारा तोडफोड
नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको भवनमा भदौ ४ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । महासङ्घको निर्माणाधिन सभाहलमा तोडफोड गर्नुका साथै पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्राटुक्रा पारिएको नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए । अध्यक्ष शिरिषले आफू भदौ ५ गते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६८ वर्षीया बृद्धालाई भदौ २ गते यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङले गल्कोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर बिकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी मातेका बिकले बृद्धालाई उनकै घरमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा…
हराएकी महिलाको शव फेला, घटना शङ्कास्पद रहेको प्रहरीको भनाई
साउन २४ गते रात घरबाट हराएकी ताराखोला गाउँपालिका–५ माटोबिसाउनेकी २५ वर्षीया दोजिना पुन साउन ३१ गते साँझ सात दिनपछि सोही ठाउँको मदन खोला किनारमा मृत अवस्थामा फेला परेकी छिन् । साउन २५ गते बिहान दोजिनाका पति मनबहादुर पुनले पत्नी हराएको भन्दै छिमेकीलाई भनेपछि सोही दिन इलाका प्रहरी कार्यालय गल्कोटमा निवेदन…
अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी
जैमिनी नपा–७ जैदी व्यार्थला मैदानमा रहेको एनसेल टावरमा साउन ३० गते राति अज्ञात पक्षले आगो लगाएपछि सो क्षेत्रको टेलिफोन सेवा अवरूद्ध भएको छ । टावरमा आगो लागेपछि ब्याट्री र तारहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिए । घटनाका बारेमा साउन ३१ गते बिहान स्थानीयले…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नपा–७ बस्ने ५४ वर्षीय पतिमान सार्कीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले साउन ३० गते जिल्ला प्रहरी कार्यालय, बागलुङमा उजुरी दिएकी थिइन् । पीडित बालिकालाई आरोपितले विगत…
हत्या घटनाका आरोपित गिरफ्तार
ढोरपाटन नपा–८ बोबाङमा साउन २५ गते राति मृत फेला परेका ६४ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमा कामीको हत्या गरेको आरोपमा प्रहरीले भानबहादुरका ६१ वर्षीय भाइ मसाने कामीलाई प्रहरीले गिरफ्तार गरेको छ । दाजु भाउजूको हत्या गरेको आशङ्कामा अनुसन्धानको लागि साउन ३० गते प्रहरीले नियन्त्रणमा लिँदा…
घर नजिकै मृत अवस्थामा एक महिलाको शव फेला, घटना शङ्कास्पद
जैमिनी नपा-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकालको शव साउन ३० गते घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । सोही नगरपालिका-४ मा घर भएपनि हाल डाँडा खेत बस्दै आएकी ढकाल घर नजिकै सडकको नालीमा घोप्टो अवस्थामा मृत फेला परेकोबारे स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका…
प्रतिबन्धित नेकपाका नेता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ । सो पार्टीका पूर्व पोलिटब्यूरो सदस्य तथा जनमुक्ति सेना समेत रहेका ढोरपाटन नपा-५ अधिकारी चौरका २८ वर्षीय महेन्द्र भण्डारीलाई बागलुङ बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका डिएसपी झविन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।…
अज्ञात पक्षबाट बृद्ध दम्पतिको विभत्स हत्या
बोवाङमा एक बृद्ध दम्पतिको विभत्स हत्या भएको छ । साउन २५ गते राति ढोरपाटन नगरपालिका–८ बोवाङका ६८ वर्षीय भानबहादुर कामी र उनकी पत्नी ६० वर्षीया विमा कामीलाई अज्ञात पक्षले धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । स्थानीयले साउन २६…