पति पत्नीबीच कुटपिट हुँदा पतिको मृत्यु

तमानखोला गाउँपालिका–१ बिसोकका ६४ वर्षीय रविलाल विकले ६० वर्षीया पत्नी जमुना विकलाई कुटपिट गरेपछि पति पत्नीबीच  कुटाकुट हुँदा पतिको मृत्यु भएको छ भने पत्नी गम्भिर घाइते भएकी छिन् । घरायसी विवादको क्रममा माघ १६ गते झगडा हुँदा जमुनाले धकेल्दा रविलालको टाउकोमा भित्तामा ठोक्किएको थियो । टाउकोमा चोट लागेर रविलालको मृत्यु…

January 31, 2020  
बालबालिकाहरुलाई अधिकार र कर्तव्यको प्रशिक्षण आवश्यक : संयोजक कंडेल

बागलुङको काठेखोला गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीचको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयले सुक्ष्म रुपमा पाठ्य योजना तयार गरेर पठनपाठन गराउनुपर्ने सहभागिहरुले बताएका छन् । कार्यक्रममा बोल्दै शिक्षक अभिभावक विद्यार्थी संघका संयोजक वृहस्पति कंडेलले बालबालिकालाई उनीहरुको अधिकार र कर्तव्यको बारेमा प्रशिक्षण…

January 29, 2020  
विद्यालयमा नैतिक र समावेशी शिक्षाको आवश्यकता छः शिक्षा अधिकारी आचार्य

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जैमिनी नगरपालिकामा आयोजना गरेको शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आर्चायले विद्यालयमा नैतिक र समावेशी शिक्षाको आवश्यकतामा औंल्याउनुभयो । उहाँले विद्यार्थी, विद्यालयका व्यवस्थापन समिति, अभिभावक र शिक्षकहरु सबैको साझा प्रयत्नबाट मात्र…

January 11, 2020  
समान कामको समान ज्याला कार्यान्वयन गर्न प्रतिबद्ध छा‌ैं ։ उपाध्यक्ष खत्री

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा काठेखोला गाउँपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक  अधिकारको सवालमा मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्रीले मानव अधिकार समूहले उठान गरेको महिला र पुरूष बीचको असमान ज्याला र बजार अनुगमन गर्नका लागि तुरुन्तै कदम चल्ने बताउनुभएको थियो । काठेखोलामा…

January 9, 2020  
सुकुम्बासी मुक्त नगर निर्माण गर्छौँः नगर प्रमुख पौडेल

जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले एक वर्ष भित्र सुकुमबासी मुक्त नगर बनाउने बताउनु भएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक) बागलुङले पुस १० गते जैमिनी नगरपालिकामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा आयोजना गरेको मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । जैमिनी नगरपालिकामा रहेका सुकुम्बासीहरुलाई…

December 27, 2019  
उपभोक्ता समितिका अध्यक्ष वडा सदस्यद्वारा कुटिए

जैमिनी नगरपालिका–८ मा सडक निर्माणको क्रममा वडा सदस्य ५५ वर्षीय कर्णसिंह पुनले कुटपिट गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष ५५ वर्षीय नारायण प्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिनुभएको छ । वडा सदस्य पुन सहित ३६ वर्षीय बसन्त पौडेल, ५२ वर्षीय रघुनाथ पौडेल र ४८ वर्षीय टंकबहादुर क्षेत्री विरूद्ध…

December 25, 2019  
कानुनी राज्य स्थापनाको लागि सरकार प्रतिबद्ध छ: प्रदेश सभा संसाद सपकोटा

गण्डकी प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले समाजमा भइरहेका घटनाहरूलाई न्यूनिकरण गर्दै कानुनी राज्य स्थापनाको लागि सरकार र राजनीतिक दल प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले पुस ५ गते बागलुङमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा…

December 22, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१४ का २१ वर्षीय ध्रुव नेपालीलाई मङ्सिर ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते डर धम्की देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर ३० गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका…

December 17, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला सचिव अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट पुनः गिरफ्तार गरेको छ । असोज ७ गते गिरफ्तार गरेर अनुसन्धान गरिरहेका कुँवरलाई मङ्सिर २३ गते जिल्ला अदालत बागलुङले १५ हजार रुपियाँ धरौटीमा रिहा गर्न…

December 9, 2019  
प्रतिबन्धित नेकपा सम्बद्ध युवा सङ्घका सचिव गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन बागलुङ जिल्ला युवा सङ्घका सचिव रमेश अविरल भन्ने २१ वर्षीय सहल सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । बागलुङको गलकोट नगरपालिका–४ भयरखर्कका सुनारलाई प्रहरीले उहाँकै घरबाट गिरफ्तार गरेको हो । सुनारसँगै प्रतिबन्धित नेकपाको प्रचारप्रसारको लागि तयार पारिएका…

December 5, 2019