यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–२ घर भइ  हाल मल्लाज–४ बस्ने ५० वर्षीय सर्भलाल परियारलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरमा काम गर्दै गरेको अवस्थामा असार १३ गते राति ८ बजे यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा…

June 29, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–४ का १९ वर्षीय विपिन परियारलाई असार ७ गते गिरफ्तार गरेको छ । मामाघरबाट आफ्नो घर फर्कदै गरेकी बालिकालाई असार ७ गते दिउँसो ४ बजे आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।…

June 23, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–४ का ३२ वर्षीय रविन जिसीलाई असार ५ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ १६ गते जलजला गाउँपालिका–७ धाइरिङ्गमा बलात्कार गरेको आरोप पीडितले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । पीडितले इन्सेक प्रतिनिधिसँगको भएको फोन सम्पर्कमा आरोपितले आफूलाई…

June 21, 2020  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले कुश्मा नगरपालिका वडा नं. ७ खरेहाका ६५ वर्षीय रमाकान्त शर्मालाई जेठ २ गते साँझ गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पसलमा समान किन्न गएको बेला दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा सोहि राति उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले…

May 17, 2020  
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

जिल्ला अस्पताल पर्बतका प्रमुख ३९ वर्षीय डाक्टर शिशिर देबकोटालाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला अस्पताल पर्वतमा छोराको उपचारका लागि आएका ३५ वर्षीय अरूण पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले गिरफ्तार गरेको छ । फलेबास नपा– १ कार्कीनेटाका पौडेलले वैशाख ३१ गते जिल्ला अस्पताल पर्वतमा कार्यरत स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेका थिए । पौडेलले स्वास्थ्यकर्मी…

May 15, 2020  
प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बागलुङ जिल्ला बडीगाड गाउँपालिका–५ का २५ वर्षीय रामबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतले वैशाख २२ गते गिरफ्तार गरेको छ । राज्यविरुद्ध गतिविधि गरेको कसुरमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भई वैशाख २२ गते साधारण तारेखमा रिहा भएका कुँवरलाई पर्वत प्रहरीले कुश्मा…

May 6, 2020  
प्रहरीमाथि कुटपिट गरेकाे आरोपमा दुई युवा गिरफ्तार

पर्वतको महाशिला गाउँपालिकाको इलाका प्रहरी कार्यालय लुंखुका असई कृष्णप्रसाद पनेरुलाई कुटपिट गरेको आरोपमा चैत ११ गते पैञ्यु गाउँपालिका—७ का २१ वर्षीय रोशन तिवारी र २५ वर्षीय सुवास तिवारीलाई प्रहरीले गिरफ्तार गरेको छ । चैत ११ गते दिउँसो कार्यालय समयमा महाशिला गाउँपालिकाको कार्यालयमा प्रवेश गरि त्यहाँ कार्यरत कर्मचारीहरुलाई हातपात गर्न खोजेको…

March 27, 2020  
शिक्षकलाई कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरमा सञ्चालित आम्बारी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक ३६ वर्षीय कृष्ण ढकाललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले सोहि स्थानका २८ वर्षीय विमल पराजुलीलाई चैत ३ गते गिरफ्तार गरेको छ । फागुन ३० गते विद्यालयमा पठनपाठन सकेर घर फर्किँदै गर्दा शिक्षक ढकाललाई विमल पराजुली र गणेश पराजुलीले…

March 18, 2020  
विद्यालयले फाराम नभर्दा लक्षित विपन्न विद्यार्थी छात्रवृद्धि पाउनबाट बञ्चित

पर्वतमा लक्षित विपन्न छात्रवृद्धि प्रति विद्यालयहरु नै ग्रैह्र जिम्मेवार बनेको पाइएको छ । पर्वतका ७२ सामुदायिक विद्यालयको कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ५ हजार भन्दा बढी लक्षित वर्ग तथा विपन्न वर्गका विद्यार्थी भएपनि विद्यालयहरुको बेवास्ताका कारण छात्रवृद्धि पाउनबाट बञ्चित भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये अधिकांश…

March 13, 2020  
मिलापत्रबाटै टुंगिन्छन् महिला हिंसाका उजुरी

विभिन्न घटनामा पीडित बनेर न्यायका लागि प्रहरीमा पुगेका महिलाका उजुरीहरु अन्ततः मिलापत्रबाटै टुंगिने गरेका छन् । महिलाहरुको न्यायका लागि कानूनले प्राथमिकता दिएपनि मिलापत्र नै अन्तिम विकल्प बन्ने गरेको हो ।  जिल्ला प्रहरी कार्यालय पर्वतमा स्थापना भएको महिला बालबालिका सेवा केन्द्रमा चालु आर्थिक बर्षमा परेका ३९ उजुरी मध्ये ३३ उजुरी प्रहरी…

March 13, 2020