बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियारलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको हो । आरोपितलाई…

November 23, 2020  
कोभिड–१९ का कारण अदालतको काम प्रभावित हुँदा पीडितलाई समस्या

पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा फैसला हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन सकेका छैनन् । पर्वत जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७  मा ४ सय ७२ मुद्दा दर्ता…

November 9, 2020  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कुश्मा नगरपालिका– १३ खौलालाँकुरी सिस्नेपानीकी २९ वर्षीया पूर्णमाया नेपालीको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले ३२ वर्षीय पति तुलसे नेपालीलाई कात्तिक १६ गते गिरफ्तार गरेको छ । मृतक नेपाली कात्तिक १३ गते देखि सम्पर्कविहिन भएको भन्दै आरोपित पतिले कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा खोजिकार्यका लागि सहयोग गरिदिन बारे…

November 3, 2020  
महिला बन्दी गृह नहुँदा समस्या

कुश्मा नगरपालिका अवस्थित जिल्ला कारागारमा महिला कैदीबन्दी गृह नहुँदा समस्या भएको छ । विगतका समयमा विभिन्न घटनाका आरोपित र अभियुक्त महिलाहरूलाई राख्नका लागि पर्वत जिल्ला कारागारमा बनाइएको महिला कैदीबन्दी गृहको पर्खाल वर्षाले भत्किएपछि समस्या भएको हो । २५ जना कैदीबन्दीको क्षमता भएको पर्वत जिल्ला कारागारकै पुरानो संरचनामा महिलाहरूलाई पनि व्यवस्थित…

October 28, 2020  
पीडितका लागि बन्दै गरेको आश्रय स्थल पाँच वर्षदेखि अलपत्र

हिंसा पीडित महिला तथा बालबालिकाहरूका लागि आश्रय स्थलका रूपमा पाँच वर्षअघि निर्माण थालनी गरिएको सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ ।  सुरक्षित घर निर्माणका लागि बोलकबोल गरेको रकम उठ्न नसकेपछि दुई वर्षदेखि भवन निर्माण कार्य अघि बढ्न नसकेको हो ।  महिला तथा बालबालिकाहरू विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै…

October 9, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज १२ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।  उजुरीपछि आरोपितलाई गिरफ्तार गरी  उनीविरुद्ध असोज १२ गते पर्वत जिल्ला अदालतबाट…

September 29, 2020  
कारागार जिर्ण भएपछि कैदीबन्दी व्यवस्थापनमा समस्या

२०४२ सालमा निर्माण भएको पर्वत जिल्ला कारागार जिर्ण हुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । करिव ३५ वर्ष अघि निर्माण भएको सो कारागारमा अहिले निरन्तरको वर्षासँगै पर्खालहरू भत्किन थालेपछि समस्या उब्जिएको हो । महिला कैदीबन्दीहरू राखिएको भाग तर्फको करिव २० मिटर मुख्य सुरक्षा पर्खाल साउन ६ गते भत्किएपछि अहिले कारागार…

September 8, 2020  
दृष्टिविहिन बालबालिका अनलाइन शिक्षाबाट वञ्चित

पर्वतको एक मात्र दृष्टिविहिन बालबालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरू विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षाबाट वञ्चित बनेका छन् । विद्यालयले सञ्चालन गरेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १८ जना दृष्टिविहिन बालबालिका अनलाइन शिक्षा लिन पाएका छैनन् ।  लामो समयदेखि कोभिड–१९ का कारण विद्यालय शिक्षा बन्द भएपछि विद्यालयले अनलाइन विधि मार्फत पठनपाठन शुरू…

September 2, 2020  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला गुलरिया नपा–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्कालाई असार १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १५ गते पर्वत जिल्ला कुश्मा नपा–६ कुश्मा बजार स्थित एक होटलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा…

July 3, 2020  
बलात्कार घटना पीडितलाई इन्सेकको पहलमा सुरक्षा घरमा व्यवस्थापन

पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ बस्ने २२ वर्षीया बलात्कार घटना पीडित युवतीलाई इन्सेकको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । मजदुरी काम गर्दा गर्दै बलात्कार घटना पीडितलाई पर्वतका इन्सेक प्रतिनिधि सन्तोष थापाको सहयोगमा सुरक्षित घरमा व्यवस्थापन गरिएको हो । पीडितलाई २७ वर्षीय रविन जिसीले जेठ १५ गते बलात्कार गरेको आरोपमा जिल्ला…

June 30, 2020