आचारसंहिता उल्लङ्घन गरेको भन्दै प्रधानध्यापकलाई सोधियो स्पष्टिकरण
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति पर्वतले फलेवास नगरपालिका–४ मा सञ्चलित बाल प्राथमिक विद्यालयका प्रधानध्यापक छविलाल तिवारीलाई स्पष्टिकरण सोधेको छ । असोज ३० गते मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकले उजुरीका आधारमा छानबिन गर्दा निर्वाचन आचारसंहिता २०७९ को दफा १० को…
डेङ्गु परीक्षणका लागि पर्वत अस्पतालमा किट अभाव
पर्वत अस्पतालमा डेङ्गु परीक्षणका लागि किटको अभाव भएको छ । सरकारी अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने किट अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् । साउन महिनाको अन्तिम सातादेखि पर्वतमा डेङ्गु सङ्क्रमण फैलिँदै आएपनि पर्याप्त मात्रामा किट उपलब्ध नहुँदा परीक्षणमा समस्या देखिएको हो । सरकारी अस्पतालमा किट अभाव भएपछि आफूलाई डेङ्गु…
यौन दुर्व्यवहार घटनाको कसुरमा तीन महिना कैद !
१२ वर्षीया बालिकालाई ०७८ वैशाख १२ गते यौन दर्व्यवहार गरेको कसुरमा फलेवास नगरपालिका–२ लिमिठानाका २२ वर्षीय अनिल भण्डारीलाई जिल्ला अदालतले तीन महिना कैद सजाय र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको भदौ १४ गतेको फैसलाले भण्डारीलाई उक्त सजाय सुनाएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार राजु ढुङ्गानाले…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चार जना कार्यालय सहयोगीलाई करारमा राखिएको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड–१९ को आइसोलेशन वार्ड, ओपिडी, ल्याब, लगायतका…
रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान अनुमोदन गर्न माग गर्दै पर्वतका मानवअधिकार सम्बद्ध संघ सस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् । अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा १७ जुलाईका दिन साउन १ गते नेपाललाई पनि रोम विधानको पक्ष राष्ट्र बनाउन माग गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी…
पर्वतमा ६८ प्रतिशत दुषित खानेपानी वितरण, उपभोक्ताको स्वास्थ्यमा समस्या
स्वास्थ्य कार्यालय पर्वतले हालै गरेको एक अध्ययन अनुसार पर्वत जिल्लाभर ६८ प्रतिशत दुषित खानेपानी वितरण भएको पाइएको छ । कार्यालयले असार २८ गते एक कार्यक्रमको आयोजना गरी पर्वतका १ सय ५ ओटा खानेपानी मुहानको परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यालयले दिएको जानकारी अनुसार कुश्मा नगरपालिकाका ३० ओटा खानेपानी आयोजना,…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा प्रकाशनका लागि पर्वत जिल्लामा अभिलेख गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ । पर्वतमा असार ८ गते आयोजित कार्यक्रममा सन् २०२२ को जनवरीदेखि हालसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न १७ ओटा घटनाहरूको समीक्षा गरिएको हो । समीक्षाका क्रममा इन्सेक प्रतिनिधि…
यौन दुर्व्यवहारको मुद्दा फैसला नहुँदै पुनः यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार
यौन दुर्व्यवहारको घटनामा ०७८ मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय पर्वतबाट गिरफ्तार भएका जलजला गाउँपालिका–४ लामाखेतका ३० वर्षीय विष्णु आचार्यलाई यस्तै घटनाको आरोपमा प्रहरीले पुनः गिरफ्तार गरेको छ । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यलाई जेठ १३ गते प्रहरीले गिरफ्तार गरेको छ । बाटोमा हिडिरहेकी बालिकालाई यौन दुर्व्यवहार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ ९ गते मोदी गाउँपालिका–६ तिलाहारका ३७ वर्षीय विकास लामिछानेलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले अस्थायी प्रहरी चौकी डिमुवामा उजुरी दिएपछि सोही दिन अस्थायी प्रहरी चौकी डिमुवाले गिरफ्तार गरी थप अनुसन्धानका…
जेठ १ गते रोकिएको मतगणना अझै सुरू भएन
अन्नपूर्ण गाउँपालिकामा जेठ १ गते देखि रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन । मतगणनाको क्रममा नेपाली कांग्रेसका प्रतिनिधिले विवाद झिकेपछि रोकिएको गणना कार्य अझै पनि सुरू हुन नसकेको हो । जेठ ३ गते बेनीमा सर्वदलीय बैठक बसेको भए पनि कुनै निचोडमा पुग्न नसकेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनु…