नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले सन् २०२१ को जनवरीदेखि जुनसम्म पर्वतमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको…

July 16, 2021  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बिहादी गाउँपालिका–१ बाच्छाकी ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लालबहादुर सार्कीलाई गिरफ्तार गरेको छ । पत्नीलाई सार्कीले असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी नेपालीको असार ७ गते दिउँसो घरमै मृत्यु भएको जिल्ला…

June 24, 2021  
कोभिडका कारण न्याय सेवा प्रभावित, पीडितलाई समस्या

कोभिड  सङ्क्रमणको  दोश्रो लहर फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन नसक्दा समस्यामा परेका छन् । पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा सुनुवाई हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७ बाट लगत सरेर आएका…

June 13, 2021  
पाँच महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

जिल्ला अस्पताल पर्वतमा कार्यरत एक चिकित्सक सहित अन्य १५ जना स्वास्थ्यकर्मीहरू पाँच महिनादेखि तलब पाएका छैनन । अस्पतालमा करार सेवामा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको तलब ०७७ माघ महिनादेखि रोकिएको हो । जिल्ला अस्पताल व्यवस्थापन समिति र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बिच समन्वय हुन नसक्दा यस्तो अवस्था आएको हो…

May 28, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फलेवास नगरपालिका–७ लिमिठानाका ५८ वर्षीय दुर्गाराज पाण्डेलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २ गते घरमा कोही नभएको बेला बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा वैशाख ३ गते मौखिक उजुरी दिएका थिए । सोही उजुरीका आधारमा घटनापछि फरार रहेका…

April 19, 2021  
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भइ हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी २१ वर्षीया सपना विश्वकर्मा र ६ वर्षीया छोरीलाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान गरिएको हो । सपनाका पति…

April 12, 2021  
गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या

पर्वतको पैयूँ गाउँपालिकामा करिब दुई महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकामा ०७७ माघ १६ गतेदेखि कार्यालय प्रमुख नहुँदा अहिले नागरिकलाई समस्या परेको हो । गाउँपालिकामा कार्यरत नेत्रप्रसाद पौडेलको माघ १६ गते अन्यत्र सरूवा भएपछि हालसम्म अर्को व्यक्ति हाजिर भएका छैनन् । गाउँपालिकामा प्रमुख नहुँदा अहिले…

March 25, 2021  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जलजला गाउँपालिका–४ का ३२ वर्षीय रविन भन्ने रवि जिसीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।  जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम त्रिपाठीको चैत १ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र ५० हजार रुपियाँ क्षतिपुर्तिको…

March 15, 2021  
कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

जिल्ला कारागार पर्वतमा १७ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीलाई उपचारमा समस्या परेको छ । कारागारमा पाँचौ तहका स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि ०७६ साल असोज २८ गतेदेखि कुनैपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या भएको हो । २५ जना क्षमता रहेको पर्वत कारागारमा ०७७ फागुन २८ गतेसम्म ७७ कैदी र २० थुनुवा(बन्दी) गरी…

March 13, 2021  
बलात्कार गरेकाे कसुरमा सात वर्ष कैद सजायकाे फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मोदी गाउँपालिका–१ भुकताङलेका ३२ वर्षीय दिपक परियार भन्ने लालकाजी दमैलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत पर्वतका न्यायाधीश बलराम त्रिपाठीको फागुन १६ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र २५ हजार…

March 1, 2021