रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या
पर्वतमा रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरुलाई समस्या भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्वतले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याउने गरी गत बर्ष सुरुवात गरेपनि कर्मचारी अभाव र प्रविधि लगायतका समस्याले सञ्चालनमा ल्याउन नसकेपछि अहिले समस्या भएको छ । जिल्लामा एक सरकारी स्वामित्वको अस्पताल सहित विभिन्न नीजि स्वास्थ्य…
मानव बेचबिखन तथा ओसापसार प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसापसार प्रयास गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–५ बाजुङका २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई असोज १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विभिन्न प्रलोभनमा पारी असोज ६ गते अभिभावकबाट छुट्टाएर भारतको जोगबनी नाका लगी बेचबिखनको प्रयास गर्न लागेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असोज १३ गते जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिती भएकी ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई भदौ २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध भदौ २६ गते इलाका प्रहरी कार्यालय हुवासमा उजुरी दिएका थिए । पीडितको मानसिक अवस्था कमजोर भएको कारण घटना बारे…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जलजला गाउँपाालिका–८ का २० वर्षीय नारायण गिरीलाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी…
बलात्कार घटना पीडितलाई इन्सेकको सहयोगमा सुरक्षा घरमा व्यवस्थापन
बलात्कार घटना पीडित १६ वर्षीया बालिकालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा पोखरास्थित एक सुरक्षित घरमा व्यवस्थापन गरिएको छ । ५० वर्षीय बुबा र ३० वर्षीय काकाले बलात्कार गरी पीडित भएकी बालिकालाई इन्सेक पर्वतको पहलमा सुरक्षित घरमा व्यवस्थापन गरिएको हो । पीडितलाई आराेपित बाबुले जेठ ७ गते र काकाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबु र ३० वर्षीय काकालाई साउन २६ गते गिरफ्तार गरेको हो । पीडितलाई आरोपित बाबुले जेठ ७ गते र काकाले साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरुविरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालय पर्बतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला बाह्रपोखरी गाउँपालिका–२ का २१ वर्षीय राम मगरलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन ९ गते मौखिक उजुरी दिएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा…
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ३० गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा इन्सेक पर्वत प्रतिनिधि सन्तोष थापाले सन् २०२१ को जनवरीदेखि जुनसम्म पर्वतमा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बिहादी गाउँपालिका–१ बाच्छाकी ३६ वर्षीया तारा नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लालबहादुर सार्कीलाई गिरफ्तार गरेको छ । पत्नीलाई सार्कीले असार ४ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुने गरी कोदालोले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी नेपालीको असार ७ गते दिउँसो घरमै मृत्यु भएको जिल्ला…
कोभिडका कारण न्याय सेवा प्रभावित, पीडितलाई समस्या
कोभिड सङ्क्रमणको दोश्रो लहर फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन नसक्दा समस्यामा परेका छन् । पर्वत जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा सुनुवाई हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष ०७६/०७७ बाट लगत सरेर आएका…