बहुविवाह घटनाका आरोपित गिरफ्तार

माझफाँट-६ का २४ वर्षीय दिलबहादुर नेपाली र सोही ठाउँकी २१ वर्षीया सुनिता नेपालीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २७ गते बहुविवाह गरेको आरोपमा दिलबहादुरकी जेठी पत्नी कुमारी नेपालीले फागुन २९ गते फोनमार्फत सूचना दिएपछि जिल्ला प्रहरी कार्यालयको टोलीले आरोपितद्वयलाई गिरफ्तार गरेको हो…

२०७३ फाल्गुन ३०, सोमबार १५:०० गते  
बाल विवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई गुल्मी जिल्ला खड्ककोट गाविस-४, उर्लेनीका २१ वर्षीय पवन ढकालविरुद्ध आवश्यक कारवाहीको माग गर्दै पीडित बालिकाकी आमाले फागुन १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी छन् । पीडित बालिकालाई गत माघ २१ गते मकैको सातुमा लठ्याउने पदार्थ खुवाएर माघ २२ गते विवाह गरेको पीडित बालिकाकी आमाले बताएकी…

२०७३ फाल्गुन २, सोमबार १६:०६ गते  
गरिबीका कारण आमा बावु मजदुरीमा, नाबालक खोरमा

कुश्मा नपा-७ का चार वर्षीय विश्वास विक एकवर्षदेखि दिनभरी दाम्लोमा बाँधिएर बस्न बाध्य छन् । गरिबीका कारण छोरालाई खोरमा हालेर दाम्लोले बाँधी बावु आमा दुवै जना मजदुरीमा जाने गरेको पीडित बालिकाले बताइन् । कुश्मास्थित होटल सन्तोषमा काम गर्दै आएकी बालककी आमा अस्मिता विकले बच्चाले होटलमा काम गर्दा अल्झाउने भएकोले खोरमा…

२०७३ पुष १५, शुक्रबार १९:५९ गते  
"दैनिक ४५ रुपियाँ र ७ सय ग्राम चामलले बाँच्न गाह्रो भयो"-कैदीबन्दी

नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक ४५ रुपियाँ र सातसय ग्राम चामलले बाँच्नै गाह्रो भएको पर्वत जिल्ला कारागारका कैदीबन्दीहरूले गुनासो गरेका छन् । इन्सेकले पुस ७ गते गरेको कारागार अनुगमनका क्रममा कैदीबन्दीका नाइके ५९ वर्षीय गोविन्द क्षेत्री भन्छन्-'दैनिक रूपमा चाहिने दाल, तरकारी, चिनी, चियापत्ति जस्ता चिजहरू किन्नका लागि ४५ रुपियाँले…

२०७३ पुष ८, शुक्रबार २१:५१ गते  
जिल्ला अस्पताल पर्वतमा औषधिको अभाव

जिल्ला अस्ताल पर्वतमा अत्यावश्यक औषधिको अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका बिरामीहरू अस्पतालमा औषधि सकिएका कारण निशुल्क रूपमा पाइने, सिटामोल, गर्भवती महिलाले खाने आइरन चक्की, दुखाई कम गर्ने औषधि, सिप्रो, मेट्रो जस्ता औषधिहरूसमेत निजी मेडिकलबाट किनेर प्रयोग गर्न बाध्य भएका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट फणिन्द्र बरालले…

२०७३ कार्तिक २८, आईतवार ०२:२१ गते