एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजानी
फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्जाभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । जेठ १८ गते राति ११ बजेको समयमा फलेवास नगरपालिका-५ खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रालिको एक्जाभेटरमा आगजानी भएको हो । पेट्रोल खन्याएर एक्जाभेटरमा आगो लगाइएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्जाभेटर पूर्ण रूपमा क्षति भएको छ ।…
आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै चैत २ गते प्रहरीमा उजुरी दिएका छन् । मोदी गाउँपालिका-१ र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका-८ जोड्ने भुरूङ्दी खोलामा निर्माण हुन…
काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट
पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ गाउँपालिका उपाध्यक्ष २५ वर्षीय सुदिप बस्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ । मतदान केन्द्रबाट खाना खानका लागि बाहिर निस्कन लागेका बस्याललाई मतदान केन्द्रको गेटबाटै लछारपछार…
चुनाव प्रचारमा बालबालिका र विद्यालय प्रयोग नगर्न माग
पर्वत जिल्लामा क्रियाशील इन्सेकलगायतका मानव अधिकार सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिहरूले आगामी मङ्सिर २१ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि बालबालिका र विद्यालयको प्रयोग नगर्ने व्यवस्था मिलाउन माग गर्दै मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटालगायत निर्वाचनसँग सम्बन्धित सरकारी निकायलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा क्रियाशील नागरिक समाज, इन्सेक, गैसस महासङ्घ, नेपाल पत्रकार…
बलात्कार गरेको कसुरमा दश वर्षजेल सजायको फैसला
२१ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका-६, तिलाहारका २७ वर्षीय सुर्यबहादुर लामिछाने र सोही ठाउँका २७ वर्षीय 'सन्दीप' भन्ने कुलबहादुर क्षेत्रीले जिल्ला अदालत पर्वतले भदौ १ गते दश/दश वर्षको जेल सजाय तथा जनही ५० हजार रुपियाँ जरिबानाको फैसला गरेकेा छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले आरोपितद्वयलाई सजाय सुनाइएको जिल्ला…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कुश्मामा
स्वच्छ निर्वाचनका लागि साझा अभियानले वैशाख २३ गते कुश्मामा निर्वाचनको स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले आसन्न स्थानीय तहको निर्वाचनमा जनताले दिएको मतले सच्चा प्रतिनिधि छान्ने अवसर बनाउनका लागि पनि निर्वाचन स्वच्छ, धाँधली रहित हुनुपर्छ भन्दै त्यसका लागि जिम्मेवार र…
उम्मेदवारको घरमा बम राखेको आरोपमा पत्रकारसहित चार जना गिरफ्तार
स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा वैशाख २१ गते सकेट बम राखेको आरोपमा पत्रकार गोपाल जिसीसहित चार जनालाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुने अन्यमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ओमबहादुर पुन 'हिमाल', जिल्ला सेक्रेटरी 'अल्बर्ट', जिल्ला सल्लाहकार ओमप्रसाद…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलजला गाउँपालिका-३ का ४५ वर्षीय खेमबहादुर परियारलाई वैशाख १ गते जिल्ला प्रहरी कार्यालय, पर्वतले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ३१ गते बलत्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएको थियो । पीडित पक्षले चैत ३१ गते जिल्ला…
निर्वाचन प्रचारप्रसारमा बालबालिका र विद्यालयको प्रयोग नगर्न नागरिक समाजको आग्रह
आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारमा बालबालिका तथा विद्यालयको प्रयोग नगर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका पर्वतमा क्रियाशील नागरिक सङ्घ, सङ्गठनहरूले निमित्त प्रमुख जिल्ला अधिकारी प्रविण ढकालको ध्यानाकर्षण गराएका छन् । निर्वाचनका क्रममा विभिन्न पार्टीले आयोजना गर्ने सभा, जुलुस तथा चुनाव प्रचार प्रसारका लागि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
मनोसामाजिक अपाङ्गता भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका-६ का २७ वर्षीय सुर्य लामिछाने र सोही ठाउँ बस्ने २७ वर्षीय सन्दीप भन्ने कुलबहादुर क्षेत्रीलाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले चैत १७ गते बलात्कार गरेको मौखिक उजुरी आएपछि मध्यरातमा आरोपितद्वयलाई गिरफ्तार गरेको जिल्ला…