यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा फलेवास नपा-६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई साउन ६ गते गिरफ्तार गरेको छ । ५० वर्षीय प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा विगत एक वर्षदेखि ७ वर्षदेखि १२ वर्षसम्मका ४ जना बालिकालाई यौन हिंसा गरेको आरोप लागेको छ । छोरी टोलाउने,…

२०७५ श्रावण ८, मंगलवार १५:०८ गते  
मर्मत नगर्दा जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्स विहीन

जिल्लाको एकमात्र सुविधा सम्पन्न स्वास्थ्य संस्था जिल्ला अस्पताल पर्वत एक वर्षदेखि एम्बुलेन्स सेवा विहीन बनेको छ । अस्पतालमा सञ्चालनमा रहेको एउटा एम्बुलेन्स मर्मत हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । ६ वर्षअगाडि खरिद गरिएको एम्वुलेन्स बिग्रिएपछि एक वर्षदेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको अस्पतालले जनाएको छ । पोखरास्थित एक वर्कशपमा…

२०७५ असार २६, मंगलवार ११:१५ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको सजाय

अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय बाबुराम परियारलाई जिल्ला अदालतले तीन वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको असार २५ गतेको इजलासले आरोपितलाई तीन वर्षकैदको सजाय सुनाएको श्रेस्तेदार दयाराम पोख्रेलले जानकारी दिए । पीडित बालिकालाई परियारले गत जेठ २० गते…

२०७५ असार २६, मंगलवार १०:४२ गते  
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले फलेवास नपा-७ लिमिठाना घर भई हाल कुश्मा नपा-६ मा मिना गिफ्ट सेण्टर व्यवसाय सञ्चालन गरी बस्ने ३९ वर्षीया मिना कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित…

२०७५ असार २५, सोमबार ११:३५ गते  
९० वर्षीय बृद्धालाई बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

९० वर्षीया बृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका–३ देउरालीका २० वर्षीय शङ्कर परियारलाई जिल्ला अदालतले असार २४ गते ११ वर्ष कैद सजायको फैसलाका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति…

२०७५ असार २४, आईतवार २१:१९ गते  
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले म्याग्दीको धौलागिरि गाउँपालिका-५ मल्कवाङका २६ वर्षीय अनिल बिकलाई आठ वर्षकैद सजायसँगै २५ हजार रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले असार १७ गते आरोपितलाई सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दयाराम पोख्रेलले बताए । पीडित बालिकालाई आरोपितले जेठ…

२०७५ असार १८, सोमबार १७:०१ गते  
माझी दम्पतिको पीडाः दिनभरि गासको चिन्ता, रातभरि बासको !

कुश्मा नपा-१ भएर बग्ने कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनाका २८ माझी परिवार मजदुरी गरेर बस्दै आएका छन् । ति मध्ये एक दम्पति परिवारको कथा दर्दनाक छ । दिनभरि गासको जोहो गर्न बालुवा र ढुङ्गा गिट्टीको काम गर्न बिहानै निस्किने दम्पतिलाई बेलुकी बस्ने बासको समस्याले…

२०७५ असार १२, मंगलवार २२:११ गते  
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतद्वारा विद्यार्थी नेता थुनामुक्त

गैरकानुनी रूपमा थुना परेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सम्राट सापकोटा असार ६ गते थुनामुक्त भएका छन् । जेठ १८ गते पर्वतको फलेवासमा भएको डोजरमा आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई जेठ २६ गते गिरफ्तार गरेको थियो । उनलाई गैर कानुनी…

२०७५ असार ८, शुक्रबार ११:०२ गते  
कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या

पर्याप्त भौतिक संरचना नहुँदा जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी एकै ठाउँमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता भएको पर्वत कारागारमा अहिले ७८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७३ जना पुरूष र पाँच जना महिला कैदीबन्दी रहेका छन् । कारागारका प्रमुख मोहनप्रसाद उपाध्यायले कारागार भित्र बस्ने…

२०७५ असार ८, शुक्रबार १०:०० गते  
बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका-७ का २० वर्षीय बाबुराम परियारलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको मौखिक उजुरीलगत्तै आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेर…

२०७५ जेष्ठ २१, सोमबार ११:५७ गते