पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बागलुङ नगरपालिका–६ घर भइ हाल पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने ४१ वर्षीया सिता परियारको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय पति राजु परियारलाई गिरफ्तार गरेको छ । मृतकलाई आरोपितले माघ २८ गते मदिराको प्रभावमा कुटपिट गरी हसिया प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी…
यौन दुर्व्यवहार घटनाका आरोपितलाई १ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत पर्वतले कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका–११ घर भइ पैयूँ गाउँपालिका–४ हुवास बस्ने २५ वर्षीय एलनबहादुर शाहीलाई १ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश बलराम त्रिपाठीको पुस २९ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई पर्वत जिल्ला अदालतको ०७८ पुस…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले मोदी गाउँपालिका–३ का ३५ वर्षीय कणर्बहादुर पुनलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश बलराम त्रिपाठीको ०७८ पुस १ गतेकाे इजलासले कसुर ठहर गर्दै पुस १४ गते आरोपितलाई सात वर्ष कैद सजाय, २ लाख रुपियाँ जरिबाना र २ लाख…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले जुनसुकै व्यक्ति तथा समुदायले अधिकार प्राप्तिको विषयलाई आफ्नो कर्तव्य ठानेर निगरानी राख्नुपर्नेमा जोड दिनुभयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका–८ चित्रेका २१ वर्षीय जितेन्द्र नेपालीलाई मङ्सिर २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ मङ्सिर २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा सोही दिन मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी प्रदिप…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले पैञ्यु गाउँपालिका–७ भोर्लेका २६ वर्षीय मनोज विकलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश बलराम त्रिपाठीको मङ्सिर २६ गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ पीडित सहायता कोषमा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालय जलजला गाउँपालिका–४ का २७ वर्षीय विष्णु आचार्यलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर ६ गते एकान्त ठाउँमा लगेर अश्लील भिडियो देखाउँदै दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी र…
ब्रेल पाठ्यपुस्तक अभाव हुँदा दृष्टिविहिन विद्यार्थीलाई पठनपाठनमा समस्या
कुश्मा नगरपालिकामा सञ्चालित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन छात्रछात्रालाई ब्रेल पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ । कक्षा १ देखि १० सम्म ब्रेलमार्फत पठनपाठन सञ्चालन भएपनि ११ र १२ कक्षामा अध्ययनरत न्यून दृष्टि भएका विद्यार्थीहरू ब्रेल लिपीमार्फत पठनपाठन गर्न बाट वञ्चित भएका छन् । विद्यालयमा अध्ययनरत १४ जना दृष्टिविहिन विद्यार्थी…
बलात्कार गरेको कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महाशिला गाउँपालिकाका २३ वर्षीय पुरूषलाई जिल्ला अदालत पर्वतले १ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश बलराम त्रिपाठीको कात्तिक १४ गतेको इजलासले कसुर ठहर गर्दै १ वर्ष ६ महिना कैद र १० हजार रुपियाँ जरिबाना सहित पीडितलाई १० हजार रुपियाँ क्षतिपुर्तिको…
पर्वत कारागारका बन्दीद्वारा झुण्डिएर आत्महत्या
पर्वत कारागारका बन्दीले झुण्डिएर आत्महत्या गरेका छन् । फलेवास नगरपालिका –७ लिमिठानाका ५९ वर्षीय दुर्गाराज पाण्डेले असोज २६ गते बिहान ६ बजेको समयमा कारागार प्रशासन भित्रै रहेको आइसोलेशन भवनमा झुण्डिएर आत्महत्या गरेको कारागारका नाइके शुशिल क्षेत्रीले जानकारी दिनुभएको छ । मृतकले ०७८ वैशाख २ गते सात बर्षीया बालिकालाई बलात्कार गरेको…