बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

७१ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फलेवास नपा–५ का ४८ वर्षीय नारायणबहादुर कुँवरलाई पुस २५ गते गिरफ्तार गरेको छ । आरोपितले यस अघि मङ्सिर १४ गते पनि पीडितलाई बलात्कार गरेको र पुस २४ गते समेत पीडितकै घरमा पुगी बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले पुस २५ गते प्रहरीमा…

January 10, 2019  
नदीकिनारको माझी बस्तीमा खानेपानीको समस्या !

नदी किनारमा नै बस्ती भएपनि कुश्मा नपा–१ मालढुङ्गाबासीले स्वच्छ खानेपानीको अभाव भोग्दै आएका छन् । बस्तीमा ल्याइएको पानी थोरै भएकाले मालढुङ्गाबासीलाई खानेपानीको अभाव भएको हो । पानी अपर्याप्त भएपछि कालीगण्डकी नदी किनारको बस्ती भएर पनि पानीकै लागि दिनहुँ झगडा समेत हुने गरेको स्थानीय बलबहादुर माझीले बताए । पर्वत र बागलुङको…

January 9, 2019  
राजनीतिक विवादले न्यायिक समिति गठन भएन

स्थानीय तहको चुनाव भएको २ वर्षपुग्न लाग्दा पनि पर्वतको कुश्मा नगरपालिकामा न्यायिक समिति गठन हुन सकेको छैन । स्थानीय तहमा गठित न्यायिक समितिमा देवानी प्रकृतिका मुद्दाहरूमाथि छलफल गर्ने संवैधानिक अधिकार भएपनि हालसम्म न्यायिक समिति गठन हुन नसक्दा नगरबासीहरू सेवाबाट वञ्चित बनेका छन् । राजनीतिक विवादकै कारण नगरपालिकामा न्यायिक समिति गठन…

December 4, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल फलेवास नपा-५ मा बसोबास गर्दै आइरहेका २२ वर्षीय सद्रे आलमलाई मङ्सिर १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत साउन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर…

December 3, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको समीक्षा मङ्सिर ३ गते कुश्मामा गरेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम आचार्यले मानव अधिकार संरक्षण तथा सम्बर्द्धनमा आफू दृढ रहेको बताउँदै पर्वत जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्यूनीकरण गर्न आफू सदैव…

November 20, 2018  
इन्सेकको पहलमा सेती परियारले विवाह गरेको १७ वर्षपछि पाइन् नागरिकता

नागरिकता प्रमाणपत्र दिन पतिले इन्कार गर्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीया सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । ३२ वर्षीय पति गोविन्द दमाईबाट पालन पोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आएकी परियारले कात्तिक २९ गते विहिबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको…

November 15, 2018  
इन्सेकद्वारा मानव अधिकार अवस्थाको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले पर्वत जिल्लाको मानव अधिकार अवस्थाको अनुगमन गरेको छ । कात्तिक २८ गते पर्वत आएको इन्सेकको टोलीले जिल्लाका सरोकारवालाहरूसँग भेटघाट गरेर मानव अधिकार अवस्थाको अनुगमन गरेको हो । अनुगमनका क्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले मानव अधिकारसम्बन्धी घटना विगतको वर्षको तुलनामा चालु आर्थिक…

November 15, 2018  
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको सजाय

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा पर्वतको कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्रीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले क्षेत्रीलाई असोज १७ गतेको फैसलाले १० वर्ष कैद सजाय सुनाएको हो । पीडित बालिकालाई क्षेत्री, १७ वर्षीय दुई जना बालक…

October 3, 2018  
नवजात शिशुको हत्या गरेको कसुरमा आमा सुधारगृहमा

नवजात शिशुलाई कुलोमा बगाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले असोज १५ गते १७ वर्षीय ‘बालिका आमा’लाई सुधारगृहमा पठाउने फैसला गरेको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले बालिकालाई सुधार गृहमा पठाउने फैसला गर्नुका साथै बालिका आमाका २५ वर्षीय प्रेमी मनबहादुर मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । नवजात शिशुलाई…

October 3, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोदीगाउँपालिका–१ भूक देउराली बस्ने २२ वर्षीय सविन छन्त्यालविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गरेका छन् । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरी फरार भएको भनी पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले…

October 2, 2018