यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको सजाय
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय बाबुराम परियारलाई जिल्ला अदालतले तीन वर्षकैद सजायको फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको असार २५ गतेको इजलासले आरोपितलाई तीन वर्षकैदको सजाय सुनाएको श्रेस्तेदार दयाराम पोख्रेलले जानकारी दिए । पीडित बालिकालाई परियारले गत जेठ २० गते…
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार
बागलुङ नपा-१२ अमलाचौर घर भई हाल कुश्मा नपा-६ मा डेरा गरी बस्दै आएका ३४ वर्षीय नविन विकलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले फलेवास नपा-७ लिमिठाना घर भई हाल कुश्मा नपा-६ मा मिना गिफ्ट सेण्टर व्यवसाय सञ्चालन गरी बस्ने ३९ वर्षीया मिना कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित…
९० वर्षीय बृद्धालाई बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला
९० वर्षीया बृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका–३ देउरालीका २० वर्षीय शङ्कर परियारलाई जिल्ला अदालतले असार २४ गते ११ वर्ष कैद सजायको फैसलाका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । न्यायाधीश ध्रुबप्रसाद सापकोटाको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति…
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले म्याग्दीको धौलागिरि गाउँपालिका-५ मल्कवाङका २६ वर्षीय अनिल बिकलाई आठ वर्षकैद सजायसँगै २५ हजार रुपियाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले असार १७ गते आरोपितलाई सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार दयाराम पोख्रेलले बताए । पीडित बालिकालाई आरोपितले जेठ…
माझी दम्पतिको पीडाः दिनभरि गासको चिन्ता, रातभरि बासको !
कुश्मा नपा-१ भएर बग्ने कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनाका २८ माझी परिवार मजदुरी गरेर बस्दै आएका छन् । ति मध्ये एक दम्पति परिवारको कथा दर्दनाक छ । दिनभरि गासको जोहो गर्न बालुवा र ढुङ्गा गिट्टीको काम गर्न बिहानै निस्किने दम्पतिलाई बेलुकी बस्ने बासको समस्याले…
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै अदालतद्वारा विद्यार्थी नेता थुनामुक्त
गैरकानुनी रूपमा थुना परेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सम्राट सापकोटा असार ६ गते थुनामुक्त भएका छन् । जेठ १८ गते पर्वतको फलेवासमा भएको डोजरमा आगजनी घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई जेठ २६ गते गिरफ्तार गरेको थियो । उनलाई गैर कानुनी…
कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा समस्या
पर्याप्त भौतिक संरचना नहुँदा जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी एकै ठाउँमा बस्न बाध्य भएका छन् । २५ जनाको क्षमता भएको पर्वत कारागारमा अहिले ७८ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७३ जना पुरूष र पाँच जना महिला कैदीबन्दी रहेका छन् । कारागारका प्रमुख मोहनप्रसाद उपाध्यायले कारागार भित्र बस्ने…
बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका-७ का २० वर्षीय बाबुराम परियारलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको मौखिक उजुरीलगत्तै आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेर…
एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजानी
फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्जाभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । जेठ १८ गते राति ११ बजेको समयमा फलेवास नगरपालिका-५ खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रालिको एक्जाभेटरमा आगजानी भएको हो । पेट्रोल खन्याएर एक्जाभेटरमा आगो लगाइएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्जाभेटर पूर्ण रूपमा क्षति भएको छ ।…
आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै चैत २ गते प्रहरीमा उजुरी दिएका छन् । मोदी गाउँपालिका-१ र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका-८ जोड्ने भुरूङ्दी खोलामा निर्माण हुन…