इन्सेकको पहलमा सेती परियारले विवाह गरेको १७ वर्षपछि पाइन् नागरिकता
नागरिकता प्रमाणपत्र दिन पतिले इन्कार गर्दा पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीया सेती परियारले विवाह गरेको १७ वर्षपछि नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । ३२ वर्षीय पति गोविन्द दमाईबाट पालन पोषण र रेखदेखमा सहयोग नगरी घरेलु हिंसा खेप्दै आएकी परियारले कात्तिक २९ गते विहिबार जिल्ला प्रशासन कार्यालय पर्वतबाट नेपाली नागरिकताको…
इन्सेकद्वारा मानव अधिकार अवस्थाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलीले पर्वत जिल्लाको मानव अधिकार अवस्थाको अनुगमन गरेको छ । कात्तिक २८ गते पर्वत आएको इन्सेकको टोलीले जिल्लाका सरोकारवालाहरूसँग भेटघाट गरेर मानव अधिकार अवस्थाको अनुगमन गरेको हो । अनुगमनका क्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले मानव अधिकारसम्बन्धी घटना विगतको वर्षको तुलनामा चालु आर्थिक…
बलात्कार गरेको कसुरमा १० वर्ष कैदको सजाय
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा पर्वतको कुश्मा नगरपालिका–१ पाङ सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्रीलाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले क्षेत्रीलाई असोज १७ गतेको फैसलाले १० वर्ष कैद सजाय सुनाएको हो । पीडित बालिकालाई क्षेत्री, १७ वर्षीय दुई जना बालक…
नवजात शिशुको हत्या गरेको कसुरमा आमा सुधारगृहमा
नवजात शिशुलाई कुलोमा बगाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले असोज १५ गते १७ वर्षीय ‘बालिका आमा’लाई सुधारगृहमा पठाउने फैसला गरेको छ । न्यायाधीश सुर्यबहादुर थापाको इजलासले बालिकालाई सुधार गृहमा पठाउने फैसला गर्नुका साथै बालिका आमाका २५ वर्षीय प्रेमी मनबहादुर मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । नवजात शिशुलाई…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मोदीगाउँपालिका–१ भूक देउराली बस्ने २२ वर्षीय सविन छन्त्यालविरूद्ध असोज १४ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गरेका छन् । पीडित बालिकालाई आरोपितले असोज १३ गते बलात्कार गरी फरार भएको भनी पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, पर्वतका इन्स्पेक्टर रविन्द्रकुमार श्रेष्ठले…
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पर्वतले कुश्मा नपा–८ चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीलाई पाँच वर्ष कैद र ५० हजार क्षतिपुर्तिको भराउने सजाय सुनाएको छ । न्यायाधीश सुर्यबहादुर थापाको असोज ९ गतेको इजलासले क्षेत्रीलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो । पीडित महिलालाई क्षेत्रीले जेठ १८ बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतको कुश्मा नपा–२ खुर्कोटका २० वर्षीय विनोद नेपालीलाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज ८ गते प्रहरीमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीको आधारमा आरोपित नेपालीलाई गिरफ्तार गरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–१ का २३ वर्षीय रामबहादुर किसानलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा मौखिक उजुरी दिएलगत्तै आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर सुरज खत्रीले जानकारी दिए । पीडित बालिकाको…
प्रहरी परिसरमै अधिकारकर्मी माथि कुटपिट, आरोपित गिरफ्तार
अधिकारकर्मी तथा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष मनरूपा शर्मा सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुश्मा नपा-१ पाङका ३० वर्षीय गणेश अर्याललाई भदौ १२ गते गिरफ्तार गरेको छ । भदौ ११ गते अर्यालकी जेठी पत्नी मेनका अर्यालले दिएको उजुरीका सम्बन्धमा छलफल गर्ने क्रममा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष रहेकी मनरूपा शर्मा…
आर्थिक अभावका कारण सुरक्षित घर निर्माण अलपत्र
हिंसापीडित महिला तथा बालबालिकाहरूका लागि आश्रयस्थल बनाउने उद्धेश्यले दुई वर्षअघि निर्माण थालनी गरिएको पर्वत सदरमुकाम कुश्मा बडागाउँस्थित सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ । घर निर्माणका लागि बोलकबुल गरेको रकम उठ्न नसकेपछि निर्माण कार्य अघि बढ्न नसकेको जनाइएको छ । महिला तथा बालबालिका विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै…