पर्वत अस्पतालमा सुत्केरी भत्ता उधारो !
फलेवास नगरपालिका–९ भङ्गराकी २१ वर्षीया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी भइन् । उनले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरूको सहयोगमा जन्म दिइन् । बच्चा जन्मिएपछि जन्म प्रमाणपत्र तत्कालै पाइन् तर राज्यले तोकेका सुविधा सुत्केरी भत्ता र यातयात भाडा भने उनले पाइनन् । सन्तोषी मात्रै होइन…
यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपालीलाई जिल्ला अदालतको फागुन १९ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ति सहित १५ हजार जरिबानाको सजाय सुनाएको छ । पीडित बालिकालाई आरोपितले गत मङ्सिर २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पुस…
नवजात शिशुको हत्या गरेको कसुरमा १२ वर्षको कैद फैसला
नवजात शिशुलाई जन्मने बित्तिकै हत्या गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीया ‘बालिका आमा’ लाई १२ वर्ष ६ महिना सुधार गृहमा राख्न र फलेवास नगरपालिका–१० कुर्घाका २५ वर्षीय मनबहादुर मल्ललाई ६ वर्ष कैद सजायको फैसला सुनाएको हो । अदालतको फागुन १५ गतेको फैसलाले दुवै जना आरोपितलाई सो कैद सजायको फैसला सुनाइएको…
यौन हिंसा गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
विद्यालयमा अध्ययनरत बालबालिकालाई यौन हिंसा गरेको कसुरमा पर्वत जिल्ला अदालतले फागुन १४ गते फलेवास नपा–६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक ५० वर्षीय खिलप्रसाद पौडेललाई पाँच वर्ष कैद सजाय सुनाएको छ । सात वर्षीया दुई, १० वर्षीया एक र १२ वर्षीया एक गरी चारजना बालिकालाई यौन हिंसा गरेको भन्दै पौडेललाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ५ गते कुश्मा नपा–६ न्यूरोडबाट दुई भारतीय नागरिकलाई गिरफ्तार गरेको छ । आरोपितहरू भारत बिहार प्रदेश मोतिहारी जिल्ला पुर्वी चम्पारन हसिदी ग्राम थाना–२ बस्ने २९ वर्षीय आलोक साह र सोही ठाउँका ३३ वर्षीय अजय गुप्ता रहेको प्रहरीले जनाएको छ । पीडित महिलालाई…
जिल्ला अस्पतालमा औषधि अभाव, बिरामीलाई समस्या
जिल्ला अस्पताल पर्वतमा उपलब्ध हुनुपर्ने औषधि नै नभएपछि बिरामीहरूलाई औषधोपचारमा समस्या भएको छ । नार्कोटिक ग्रुप अन्तर्गत पर्ने मर्फिन र प्याथोडिन नामक औषधि जिल्ला अस्पताल पर्वतमा नभएपछि बिरामीलाई पोखरा रिफर गर्नुपरेको जिल्ला अस्पताल पर्वतका डाक्टर विष्णु भण्डारीले बताए । उक्त औषधि निजी क्लिनिकहरूले बिक्रीवितरण गर्न समेत अभिलेख राखेर मात्रै चिकित्सकको…
उपभोक्ताको स्वास्थ्य माथि लापरवाही, चामलमा भेटियो युरिया मल
पर्वतको कुश्मा नपा–७ गोदाम बस्ने कृष्णप्रसाद आचार्यले बजारबाट किनेर लगेको चामलमा युरिया मल मिसाबट भएको पाइएको छ । सौरभ फुड प्रोडक्टस प्रालि बाराले उत्पादन गरेको सोल्टी ब्राण्डको जिरा मसिनो चामलको सिल गरिएको बोरा खोल्दा युरिया मल भेटिएको हो । सदरमुकाम कुश्माबजारको दुर्लुङ्गचोकमा रहेको प्रभु शरणम् किराना पसलबाट माघ २० गते…
पतिको मृत्यु हुँदा किरिया गर्न नदिएको भन्दै प्रशासनमा उजुरी
पतिको मृत्यु हुँदा पनि परिवारका सदस्यहरूले काजकिरिया गर्न नदिएको भन्दै पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी ४१ वर्षीया कृष्णकुमारी खत्रीले न्याय माग्दै जिल्ला प्रशासन कार्यालय, पर्वतमा उजुरी दिएकी छिन् । खत्रीले आफ्ना पति ५९ वर्षीय जीतबहादुर खत्रीको मृत्यु हुँदा किरिया बस्न परिवारका सदस्यहरूले नदिएको भन्दै माघ १० गते जिल्ला प्रशासन कार्यालय, पर्वतमा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
७१ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फलेवास नपा–५ का ४८ वर्षीय नारायणबहादुर कुँवरलाई पुस २५ गते गिरफ्तार गरेको छ । आरोपितले यस अघि मङ्सिर १४ गते पनि पीडितलाई बलात्कार गरेको र पुस २४ गते समेत पीडितकै घरमा पुगी बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले पुस २५ गते प्रहरीमा…
नदीकिनारको माझी बस्तीमा खानेपानीको समस्या !
नदी किनारमा नै बस्ती भएपनि कुश्मा नपा–१ मालढुङ्गाबासीले स्वच्छ खानेपानीको अभाव भोग्दै आएका छन् । बस्तीमा ल्याइएको पानी थोरै भएकाले मालढुङ्गाबासीलाई खानेपानीको अभाव भएको हो । पानी अपर्याप्त भएपछि कालीगण्डकी नदी किनारको बस्ती भएर पनि पानीकै लागि दिनहुँ झगडा समेत हुने गरेको स्थानीय बलबहादुर माझीले बताए । पर्वत र बागलुङको…