प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता भएको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्वतको हिरासतमा रहेका तनहँु जिल्ला व्यास नपा–१४ बस्ने ३१ वर्षीय अमृत सापकोटालाई जिल्ला अदालत, पर्वतको आदेशमा रिहा गरेलगत्तै प्रहरीले भदौ १९ गते पुनः गिरफ्तार गरेको छ । हाल पोखरा मनप–९ मा बस्दै आएका सापकोटालाई गत साउन २६ गते…

September 6, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ११ वर्षीय बालकलाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३२ गते दिउँसो बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय, पर्वतमा भदौ ४ गते नै उजुरी दिएका थिए । गिरफ्तार गरिएका बालकलाई हाल हिरासतमा राखेर घटनाको…

August 23, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

एनसेल कम्पनीको टावरमा आगजानी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले प्रतिबन्धित नेकपाका जिल्ला सदस्यलाई गिरफ्तार गरेको छ ।   साउन १५ गते एनसेलको टावरमा आगजानी गरेको आरोपमा पर्वत प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ४३ वर्षीय विश्वप्रकाश जङ्ग लामिछानेलाई गिरफ्तार गरेको हो ।   साउन १५ गते बुधबार…

August 4, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कुश्मा नपा-९ कटुवाचौपारीका वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुलीलाई साउन १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ९ गते बलात्कार गरेको र घटना गाउँमा नै मिलाउने प्रयास भएपछि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा आरोपित एक सातापछि गिरफ्तार भएका…

July 31, 2019  
क्षमताभन्दा तेब्बर कैदीबन्दीका कारण कारागार व्यवस्थापनमा कठिनाइ

पर्वत जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जना क्षमताको कारागारमा तेब्बरभन्दा बढीको सङ्ख्यामा कैदीबन्दी रहेपछि शौचालयको समस्या भएको छ । अहिले पर्वत जिल्ला कारागारमा ८५ जना कैदीबन्दी रहेका छन् । ८५ जना मध्ये ६ जना महिला रहेका छन् । कारागारमा रहेका…

July 14, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपितलाई आठ वर्ष कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई जिल्ला अदालतले आठ वर्ष कैद सजाय सुनाएको छ । पर्वत जिल्ला अदालतले असार ११ गतेको इजालासबाट कसुर ठहरको फैसला गरी असार १५ गते आठ वर्ष कैदको सजाय निर्धारण गरेको हो । गत वैशाख…

June 30, 2019  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वतले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते पर्वतमा सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर पौडेलले मानव अधिकार उल्लङ्घनमा नागरिकका पनि कमजोरी हुने गरेको बताए पौडेलले पछिल्लो समयमा मानव अधिकारको संरक्षणमा राज्य जबाफदेही बन्दै…

June 26, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पैञ्यु गाउँपालिका–६ सरौँखोला बस्ने १९ वर्षीय सुरज परियारलाई इलाका प्रहरी कार्यालय, हुवासले जेठ १६ गते बेलुका गिरफ््तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही समय प्रहरीलाई खबर गरेपछि प्रहरीले गिरफ्तार गरेको थियो । घटनास्थलबाट भाग्दै…

June 1, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–६ का २६ वर्षीय सुरेन्द्र नेपालीलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले म्यासेज मार्फत अश्लील सामग्री पठाई दुर्व्यवहार गर्ने गरेको भन्दै पीडितले जेठ ६ गते महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँमा उजुरी दिएकी थिइन्…

May 23, 2019  
बनाउँदै गरेको बम पड्कँदा दुई जना घाइते

आफैँले बनाइरहेको बम पड्कँदा विहादी गाउँपालिका–६ शालिग्राम छापमा दुई जना घाइते भएका छन् । बम पड्कँदा सोही ठाउँ बस्ने २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएको प्रहरीले जनाएको छ । जेठ ५ गते बेलुकी घरमै जीआई पाइप र सलाईको सहायताबाट सकेट बम बनाइरहेको अवस्थामा विष्फोट भएको…

May 20, 2019