इन्सेक अनुगमन प्रभावः महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थाले
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको अनुगमनको प्रभावले पर्वत जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीले सेनेटरी प्याड प्रयोग गर्न थालेका छन् । मङ्सिर १ गते गरिएको अनुगमनका क्रममा महिला कैदीबन्दीहरूले इन्सेकको टोलीसमक्ष महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड प्रयोग गर्न नपाएको गुनासो गरेका थिए । इन्सेक गण्डकी प्रदेश कार्यालय…
मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न
अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको वर्ष पुस्तक २०२३ पूर्व समीक्षा कार्यक्रम पर्वतमा पुस ६ गते सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि सन्तोष थापाले १६ वटा घरेलु हिंसा, चार वटा बाल यौन दुव्र्यवहार, एक वटा जवर्जस्ती करणी उद्योग, दुई वटा हत्या, एक वटा अपहरण र एक वटा बलात्कारको घटना…
पत्नी हत्या आरोपित गिरफ्तार
पर्वतको कुश्मा नगरपालिका– ३ की ४० वर्षिय कुमारी वि.कलाई हत्या गरेको आरोपमा पति ४१ वर्षिय श्यामुबहादुर वि. कलाई जिल्ला प्रहरी कार्यालय पर्वतले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । मङ्सिर २३ गते वि. क आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा मङ्सिर २७ गते पति श्यामुबहादुर वि.…
मतदाता शिक्षा नपाएको पर्वत कारागारका कैदीबन्दीको गुनासो
पर्वत जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले मङ्सिर ४ गते सम्पन्न हुन गइरहको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । यस पटक राज्यले कारागारमा रहेका कैदीबन्दीलाई प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेपनि मतदाता शिक्षा नपाएको पर्वत कारागारका कैदीबन्दी नाइके ज्ञानप्रसाद पाइजाले बताउनु भयो । पर्वत…
इन्सेक गण्डकी प्रदेशद्वारा जिल्लाको निर्वाचन तयारीबारे अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको संयोजनमा जिल्लामा कात्तिक २५ गते निर्वाचन पूर्व तयारीको गतिविधिका बारेमा अनुगमन गरिएको छ ।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा समग्र जिल्लाको सुरक्षा अवस्था, निर्वाचनको तयारी र मानवअधिकारका क्षेत्रबाट मतदाताले प्राप्त गर्ने अधिकारका बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा…
उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनी प्रयासको आरोपमा रोका गिरफ्तार
नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका १ बाँसखर्कका नरबहादुर रोकालाई कार्तिक २३ गते राती नै गिरफ्तार गरेको छ । रोका लगायत अन्य तीन जना व्यक्तिहरूबाट कुँवरले प्रयोग गरेको ग १ ज…
आचारसंहिता विपरित बाजागाजा सहित चुनावी प्रचार
निर्वाचनको मिति नजिकिँदै जाँदा पर्वतका राजनीतिक दल तथा तिनका उम्मेदवारले आचारसंहिता उल्लंघनका कार्यलाई पनि उत्तिकै बढावा दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको सत्ता साझेदार चुनावी गठबन्धनले बुधवार कुश्मा नगरपालिका १३ खौलालाँकुरीमा पञ्चेबाजा सहित चुनावी प्रचार प्रसार र्याली प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा…
निर्वाचनका कारण अदालतका सेवा प्रभावित, सेवाग्राहीलाई समस्या
पर्वतको मोदी गाउँपालिका ७ राम्जाकी लक्ष्मी घर्ती आइतबार पर्वत जिल्ला अदालत आउनुभयो । उहाँ २०७६ सालमा दर्ता गरेको जालसाजी मुद्धाको पेशी सुनुवाई हुने गरी तारेख तोकिएपछि अदालतमा आउनुभएको थियो तर अदालतले उक्त दिन पेशी स्थगित भएको सुचना दिएर घर फर्कायो । घर्तीले २०७६ फागुनमा दर्ता गरेको जालसाजी मुद्धा अहिले सम्म…
कुश्मा नगरपालिकाका प्रमुख आचारसंहिता विपरित चुनावी प्रचारमा
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी निर्वाचन आचारसंहिता विपरित आफ्नै नगरपालिकाभित्र चुनावी प्रचार प्रसारमा लाग्नुभएको छ । जोशीले कात्तिक १८ गते बिहान भएको कुश्मा नगरपालिका–७ को चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएको तस्विर आफैँ सामाजिक सञ्जालमा पोष्ट गर्नुभएपछि सो कुरा सार्वजनिक भएको हो । निर्वाचन आचारसंहिता २०७९ को दफा ५ मा नेपाल…
कांग्रेस उम्मेदवार जोशीसहित पर्वतका ६ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी सहित ६ जनालाई एकै दिन कात्तिक १५ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ । जोशीलाई पर्वतको कुश्मा नगरपालिका १४ आर्थरस्थित पञ्चकोशी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको हो भने सोही विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटालाई कार्यक्रम सञ्चालन…