चिसोले हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै
चिसो अत्यधिक बढेपछि हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै गएको छ । हुप्सेकोट गाउँपालिका– ५ को वागखोरमा बसोबास गर्दै आएका १८ घरपरिवार २०७८ असार २४ गते गएको पहिरोबाट विस्थापित बनेका थिए । अविरल वर्षासँगै गाउँनै पहिरोको चपेटामा परेपछि सुरक्षाकर्मीको सहयोगमा उद्धारपछि गाउँपालिकाको वडा नम्बर– १ जुकेपानीमा रहेको अस्थाई टहरामा पहिरो…
पहाडी क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन सास्ती
नवलपुरको पहाडी क्षेत्रका बासिन्दालाई नागरिकता बनाउन घण्टौँ लगाएर सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ । बौदिकाली, बुलिङटार गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही भागका बासिन्दालाई सदरमुकाम कावासोती पुगी नागरिकता बनाउनसास्ती हुने गरेको छ । सडक जीर्ण भएकाले यातायातको असहजताका कारण सदरमुकाम कावासोती सम्म पुग्न निक्कै सास्ती हुने गरेको स्थानीय पूर्ण थापाले गुनासो…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
हुप्सेकोट गाउँपालिका –६ बस्ने ३४ वर्षीया चनिसरा लम्का मगरलाई धारिलो हतियार प्रहार गरि हत्या गरेको आरोपमा ३३ वर्षीय पति शेर बहादुर लम्का मगरलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ । गर्भवती समेत रहनुभएकी चनिसरा लम्का मगरलाई सुतिरहेको अवस्थामा माघ ७ गते राति धारिलो हतियार कोदालो र खुर्पाले प्रहार गरि…
निकुञ्जबाट आएका वन्यजन्तुले बालीनालीमा क्षति पुर्याउँदा किसान मर्कामा
नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दाले लगाएको बालीनाली जंगली जनवारले खाएर क्षति पुर्याउन थालेपछि यहाँका स्थानीय मर्कामा परेका छन् । गैँडा, मृग, बँदेल लगायतका जनावर बस्तीमा प्रवेश गर्न थालेसँगै यहाँका स्थानीयलाई आफूले लगाएको बालीनाली जोगाउनै मुस्किल परेको छ । वन्यजन्तुले लगाएको बाली नोक्सान पार्ने, घरपालुवा चौपाया नोक्सान पुर्याउनुका साथै मानवीय क्षतिसमेत पुर्याउन…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
७ वर्षीया बालिकालाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै पीडित बालिकाकी आमाले १५ वर्षीय बालक विरुद्ध २०८० पुस २ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिनुभएको छ । पीडितको परिवारले मङ्सिर २८ गते प्रहरीमा मौखिक उजुरी दिएको आधारमा आरोपित बालकलाई प्रहरीले मङ्सिर २९ गते गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयका…
बालविवाह गराएको आरोपमा पाँच जना गिरफ्तार
१६ वर्षीया बालिकालाई जबरजस्ती बाल विवाह गराएको आरोपमा प्रहरीले कावासोती नगरपालिका –१० मगरकोटबाट ४० वर्षीय बेहुला सहित पाँच जनालाई ०८० पुस ३ गते गिरफ्तार गरेको छ । बालिकालाई आमाले नै डरधम्की देखाएर ०८० मङ्सिर २९ गते विवाह गर्न बाध्य पारेको भन्दै बालिकाकी भाउजुले २०८० पुस १ गते जिल्ला प्रहरी कार्यालयमा…
नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २९ गते नवलपुरको कावासोतीमा सम्पन्न भएको छ । कार्यक्रममा नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२३ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विवरण र मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । इन्सेकको…
मध्यबिन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मध्यबिन्दु मानव अधिकार समूहको समन्वयमा मध्यबिन्दु– १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा २०८० मङ्सिर २८ गते कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै मध्यबिन्दु नगरपालिका– १५ का अध्यक्ष यमबहादुर केसीले मध्यबिन्दु नगरपालिकाबाट फोहोरमैला…
देवचुलीमा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला सम्पन्न
देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला २०८० मङ्सिर २६ गते सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेशकाद्वारा गठित मानव अधिकार समूहको आयोजनामा देवचुली– ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा सो कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै देवचुली नगरपालिका– ९ का वडा अध्यक्ष बलिराम सापकोटाले वातावरण संरक्षणका लागि…
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
देवचुली – ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा रोकथाममा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता २०८० मङ्सिर २२ गते सम्पन्न भएको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । १९…