मध्यविन्दु नगरपालिकामा मानवअधिकार समुह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मध्यविन्दु नगरपालिकामा मानवअधिकार समुह गठन भएको छ । मानवअधिकार शिक्षा कार्यक्रम परिचय तथा मानवअधिकार समुह गठन कार्यक्रम भुपलाल अर्यालको संयोजकत्वमा भएको हो । समुहको सदस्यहरुमा खिमानन्द पुरी, शिवराज घिमिरे, अञ्जना बोहरा, निशा चौधरी, रामप्रसाद भट्टराई, गौमती थापा, रुपा घिमिरे देवकोटा, आराध्या पंगेनी,…
विद्यालयमा शुद्ध पिउने पानीको अभाव
मध्यविन्दु नगरपालिका –१० क्षेत्रटाँडीमा अवस्थित जनता आधारभूत विद्यालयमा पिउने पानीको अभाव भएको छ । विद्यालयमा पिउने शुद्धपानीको व्यवस्थापन छैन जसको कारण विद्यार्थीहरु विद्यालय नजिकै रहेको खोल्सीमा पुगेर पानी पिउन बाध्य छन् । विद्यालय नजिकै पानीको मुहान नहुदा खोल्सीबाट ल्याएको पानी पिउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक नो बहादुर गुरुङ्गले बताउनुभयो…
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसहित तीन जना गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अध्यक्ष शरद वली (ध्रुव)सहित तीन जनालाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । निर्वाचन वहिष्कारसम्बन्धी प्रचार कार्यक्रममा सहभागी भएको आरोपमा वलीलाई मध्यविन्दु नगरपालिका–९ बसन्तपुरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले नेकपा जिल्ला सेक्रेटरी…
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा शिक्षकलाई आयोगको स्पष्टिकरण
मध्यविन्दु नगरपालिका–१३ मैनाघाटमा रहेको सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्णप्रसाद तिवारीलाई निर्वाचन आचारसंहिता विपरित दलको चुनावी गतिविधिमा सहभागी भएको भन्दै आयोगले स्पष्टिकरण सोधेको छ । तिवारीलाई चुनाव प्रचारप्रसारमा सहभागी भएको तथा नेपाली कांग्रेसको नवलपुर क्षेत्र नं. २ (ख) प्रदेशसभाको पार्टी सभापति भएको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । जिल्लामा परेको…
मध्यबिन्दुका दुई विद्यालयमा बाल अधिकार समूह गठन
नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाका दुई विद्यालयमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकद्वारा सञ्चालित परियोजनालाई प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि मध्यविन्दु नगरपालिकामा छनोट भएका दुई विद्यालयमा बाल अधिकार समूहको गठन गरिएको हो । मध्यविन्दु नपा–९ को नेपाल लोकसेवा मावि र मध्यविन्दु नपा–१५ को ज्ञानोदय मावि मा असोज २८ गते…
देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन
देवचुली नगरपालिकामा मानव अधिकार समूह गठन गरिएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजनामा भएको भेलाबाट कृष्ण बिकको संयोजत्वमा ११ सदस्यीय मानव अधिकार समूह देवचुली नगर समिति गठन गरिएको हो । समितिको सदस्यमा शालिकराम पुरी, गनबहादुर राना, शिवप्रसाद पराजुली, मिना अधिकारी, मिना थापा सापकोटा, राधा बोटे, अजय थनेत, सुभास ओझा चयन…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको…
किट अभावमा १५ दिनदेखि डेङ्गु रोग परीक्षण रोकियो
मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा डेङ्गु रोग परीक्षण गर्ने किट अभावमा परीक्षण रोकिएको छ । डेङ्गु परीक्षणको लागि आवश्यक किट अभावमा १५ दिनदेखि परीक्षण रोकिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनु भयो । ‘जिल्ला अस्पतालमा दैनिक १०–१२ जना डेङ्गुसँग मिल्दो लक्षण देखिएका बिरामीहरू परीक्षणको लागि आउने गर्नु भएको छ…
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ काठमाडौँ बस्ने ३२ वर्षीय पल शाह भनिने पुर्णविक्रम शाहलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ २१ गतेको इजलासले शाहलाई २ वर्ष ६ महिना…
बलात्कार गरेको आरोपमा गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै सोही दिन राति परिवारका सदस्यले प्रहरीमा मौखिक उजुरी गरेका थिए । पीडित पक्षको मौखिक उजुरीको आधारमा १४ गते राति नै आरोपित गहतराजलाई गिरफ्तार…