बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले गैँडाकोट नगरपालिका–७ का ५२ वर्षीय बुद्धिबहादुर तामाङलाई १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ ३१ गतेको इजलासले तामाङलाई कसुर ठहर गर्दै १८ वर्ष कैद र ६ लाख रुपियाँ जरिबानाको…

किट अभावमा १५ दिनदेखि डेङ्गु रोग परीक्षण रोकियो

मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा डेङ्गु रोग परीक्षण गर्ने किट अभावमा परीक्षण रोकिएको छ । डेङ्गु परीक्षणको लागि आवश्यक किट अभावमा १५ दिनदेखि परीक्षण रोकिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनु भयो । ‘जिल्ला अस्पतालमा दैनिक १०–१२ जना डेङ्गुसँग मिल्दो लक्षण देखिएका बिरामीहरू परीक्षणको लागि आउने गर्नु भएको छ…

यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला अदालतले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ काठमाडौँ बस्ने ३२ वर्षीय पल शाह भनिने पुर्णविक्रम शाहलाई २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको भदौ २१ गतेको इजलासले शाहलाई २ वर्ष ६ महिना…

बलात्कार गरेको आरोपमा गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको भन्दै सोही दिन राति परिवारका सदस्यले प्रहरीमा मौखिक उजुरी गरेका थिए । पीडित पक्षको मौखिक उजुरीको आधारमा १४ गते राति नै आरोपित गहतराजलाई गिरफ्तार…

भेण्टिलेटर सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित

एनेस्थेसियोलोजिष्ट डक्टरको अभावमा दुई वर्ष अगाडि मध्यविन्दु जिल्ला अस्पतालमा जडान गरिएको भेण्टिलेटर सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । २०७७ साउनमा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको तीन ओटा भेण्टिलेटर एनेस्थेसियोलोजिष्टको अभावमा सञ्चालनमा आउन नसकेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट विरबहादुर थापाले बताउनु भयो । अस्पतालमा रहेको भेण्टिलेटर सञ्चालन…

यौन दुर्व्यवहार गरेको कसुरमा नौ वर्ष कैद सजाय

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले मध्यविन्दु नपा–५ का ५२ वर्षीय कृष्ण परियारलाई नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नन्दकिशोर प्रसाद यादवको असार २८ गतेको इजलासले कसुर गरेको ठहर गर्दैं नौ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेतेदार महेन्द्रप्रसाद…

आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम जेठ ३० गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने परियोजना अन्तर्गत आयोजित अन्तरक्रियामा गाउँपालिकाका भूमि फोकल पर्सन ऋषि काफ्लेले गाउँपालिकामा खरको छानो विस्थापन कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो ।…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा विनयी त्रिवेणी गाउँपालिकामा जेठ ३१ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले इन्सेकले विनयी त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र…

स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छौं : अधिकृत अधिकारी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले जिल्लामा स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले वैशाख २६ गते गरेको जिल्लाको मानव अधिकारको अवस्था र निर्वाचन पूर्व अनुगमनको क्रममा अधिकृत अधिकारीले मुख्य निर्वाचन अधिकृतको…

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, चार जना घाइते

हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप हुदाँ चार जना घाइते भएका छन् । हुप्सेकोट गाउँपालिका–१ मा वैशाख २० गते राति भएको झडपमा कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार लक्ष्मी पाण्डे र एमालेका तीन जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनुभयो । झडपको क्रममा घाइते…