वडासचिव गाउँमा बस्न नमान्दा बुलिङटार गाउँपालिका सचिवविहीन
भौगोलिक विकट भएको भन्दै वडासचिव वडामा बस्न नमानेपछि जिल्लाको बुलिङटार गाउ“पालिका एक वर्षदेखि वडा सचिवविहीन बनेको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा विगत एक वर्षदेखि वडा सचिव छैनन् । जसको कारण वडाबाट सम्पादन हुने कामको लागि गाउँपालिकाको कार्यालय पुग्नुपर्ने बाध्यता रहेको सेवाग्राही गुनासो गर्छन् । वडा सचिवको अभावमा वडा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
कक्षा दशमा अध्यायनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोट नपा–११ मा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र पौडेललाई पुस २८ गते गिरफ्तार गरेको छ । एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी छात्रालाई प्रधानाध्यापक पौडेलले पुस २८ गते संवेदनशील अङ्गमा हात पुर्याएको भन्दै पीडित छात्राले अभिभावकलाई जानकारी गराएपछि घटना…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ३६ वर्षीय ओमराज श्रेष्ठलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही समय प्रहरीमा खबर गर्दै मङ्सिर २५ गते लिखित उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
द्वन्द्व पीडितको समस्यालाई बेवास्ता गरेको सरोकारवालाको गुनासो
सरकारले द्वन्द्व पीडित, शहीद, बेपत्ता तथा घाइते परिवारको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा मङ्सिर २१ गते कावासोतीमा आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द्व पीडित तथा सरोकारवालाहरूले बृहत शान्ति सम्झौताको १२ वर्ष पूरा हुँदासमेत द्वन्द्व…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर ४ गते कावासोतीमा गरिएको छ । पूर्व समीक्षा कार्यक्रममा जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरिएका ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना विवरण प्रस्तुत गरिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४० वर्षीय सोमे तामाङलाई मङ्सिर १ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज २७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा उजुरी गरेका थिए । पीडित…
विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षिका विद्यालयबाट निष्काशित
विद्यार्थी कुटपिट गरेको आरोपमा नोबल सेकेण्डरी बोर्डिङ्ग स्कुल देवचुली नपा–१० की शिक्षिका विद्या चापागाईंलाई विद्यालय व्यवस्थापन समितिले निष्काशन गरेको छ । शिक्षिका चापागाईंले कात्तिक १८ गते सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १२ वर्षीय छात्र कुशल रानाभाट, रोहित खत्री, सुशान्त अर्याल, अंशुमन श्रेष्ठ र प्रिन्स बसेललाई उठबस गराई शारीरिक यातना…
यौन हिंसा घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन हिंसा गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका…
स्वास्थ संस्थामा प्रविधि छ, प्राविधिक छैनन् !
देवचुली–१ स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको भिडियो एक्सरे मेसिन दक्ष जन शक्तिको अभावमा नियमित सञ्चालनमा आउन सकेको छैन । एकवर्ष अघि खरिद गरिएको मेसिन सञ्चालन गर्ने रेडियोलोजिष्ट दरबन्दी नहुँदा नियमित रूपमा भिडियो एक्सरे हुन सकेको छैन् । उपचारका लागि स्वास्थ्य केन्द्र पुग्ने बिमारीहरू स्वास्थ्य केन्द्रमा प्रविधि भएपनि प्राविधिकको अभावमा…
आपतकालिन सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकालाई समस्या
जिल्लामा आपतकालिन (अल्पकालिन) सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकाको तत्काल बसोबासमा समस्या हुने गरेको छ । कतिपय घटनामा पीडित महिला, किशोरी तथा बालबालिकाहरूले पीडकका विरूद्ध उजुरी गरेपछि तत्काल घर तथा परिवारजनको घरमा बस्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा केही समयका लागि आश्रय लिने ठाउँ चाहिन्छ । जिल्लामा आपतकालीन (अल्पकालीन)…