बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा नवलपुर जिल्ला अदालतले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश उमेश प्रसाद लुईटेलको वैशाख २० गतेको इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको…

मध्यविन्दुमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

इन्सेक गण्डकी प्रदेशको आयोजनामा मध्यबिन्दु नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला चैत २२ गते सम्पन्न भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजना तथा मानव अधिकार समूह मध्यविन्दुको समन्वयमा उक्त कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा मध्यविन्दु नगरपालिकाले वातावरण संरक्षणको लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडी बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय…

देवचुलीमा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला चैत २१ गते सम्पन्न भएको छ । कार्यक्रममा देवचुली नगरपालिका प्रवक्ता तिल प्रसाद काफ्लेले आगामी दिनमा जलवायु परिवर्तनको विकराल अवस्था आउने संकेत देखिएकाले विद्यार्थीहरूलाई वातावरण संरक्षण सम्बन्धि सचेतना प्रवाह गर्नुपर्ने बताउनुभयो । देवचुली नगरपालिकाले विद्यालयमा जङ्क फुड…

मध्यविन्दुमा बाल अधिकार समुहलाई परिचालन कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मध्यविन्दु नगरपालिका–९ को श्री नेपाल लोकसेवा माध्यमिक विद्यालयको बाल अधिकार समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समुहलाई कोष रकम सहयोग गरेको इन्सके जिल्ला सहजकर्ता राजु…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षीय बुबालाई विनयी त्रिवेणी गाउँपालिकाबाट फागुन ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बुबाले ०७९ माघ ११ गते बलात्कार गरेको भन्दै फागुन ९ गते बालिकाको आमाले इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिनु भएको थियो । उजुरीको आधारमा आरोपितलाई गिरफ्तार…

शिक्षाको अधिकार कार्यान्वयनको लागी देवचुली नगरपालिकामा मानव अधिकार समूहद्वारा ध्यानाकर्षण

मानव अधिकार समुह देवचुली नगरपालिकाले शिक्षाको अधिकार कार्यान्वयनको सन्दर्भमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । समुहका संयोजक कृष्णबहादुर विश्वकर्मा सहितको समुहका सदस्यहरूले नगरपालिका शिक्षा शाखा अधिकृत नन्दलाल ढकाललाई माघ २९ गते ध्यानाकर्षण पत्र बुझाउदै निशुल्क शिक्षा कार्यान्वयन सहित विभिन्न ११ वटा बुदामा ध्यानाकर्षण गराएका हुन् । ध्यानकर्षण पत्र बुझाउदै समुहका अध्यक्ष…

उपकरणको अभावमा जिल्ला अस्पतालबाट डायलसिस सेवा पाउनबाट वञ्चीत

उपकरणको अभावमा मध्यविन्दु जिल्ला अस्पतालमा सुरूवात भएको डायलसिस सेवा बिस्तारमा कठिनाई भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले ०७९ मङ्सिर  १३ गतेबाट निःशुल्क डायलसिस सेवा सुरू गरेको थियो । अस्पतालमा हाल चार वटा डायलसिस गर्ने उपकरण रहेको छ । जस मध्ये एक वटा उपकरण रिजर्भमा राखेर तिन वटा मात्रै उपकरण…

बलात्कार कसुरमा ८ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नवलपुर जिल्लाअदालतले नवलपरासी(बर्दघाट सुस्तापश्चिम) रामग्रामनपा– १२ का १९ वर्षीय अजय भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधीश यज्ञप्रसाद अचार्यको पुस २८ गतेको इजालासले बलात्कार कसुर ठहर गर्दै भरलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको जिल्ला अदालतका स्रेस्तेदार महेन्द्र प्रसाद पौड्यालले जानकारी…

मध्यविन्दु नगरपालिकामा बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पुस २८ गते देखि मध्यविन्दु नगरपालिकामा बालअधिकार समुहकालागि बालअधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । मध्यविन्दु नगरपालिकाको ज्ञानोदय माध्यामिक विद्यालय र नेपाल लोकसेवा माध्यामिक विद्यालयका बालअधिकार समुहका सदस्यहरुको लागि शुरु भएको तालिम पुस २९ गते सम्म सञ्चालन हुनेछ ।…

देवचुली नगरपालिकामा बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम सुरू

देवचुली नगरपालिकामा बाल अधिकार समुहका लागि बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम पुस २६ गते सुरू भएको छ । इन्सेक गण्डकी प्रदेशको आयोजनामा देवचुली नगरपालिकाको भीमसेन आदर्श माध्यामिक विद्यालय र कालिका माध्यामिक विद्यालयका बाल अधिकार समुहका सदस्यहरूलाई दुई दिनको तालिम सुरू भएको हो । दुई दिन सम्म बाल अधिकार…