यौन हिंसा घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन हिंसा गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका…

स्वास्थ संस्थामा प्रविधि छ, प्राविधिक छैनन् !

देवचुली–१ स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको भिडियो एक्सरे मेसिन दक्ष जन शक्तिको अभावमा नियमित सञ्चालनमा आउन सकेको छैन । एकवर्ष अघि खरिद गरिएको मेसिन सञ्चालन गर्ने रेडियोलोजिष्ट दरबन्दी नहुँदा नियमित रूपमा भिडियो एक्सरे हुन सकेको छैन् । उपचारका लागि स्वास्थ्य केन्द्र पुग्ने बिमारीहरू स्वास्थ्य केन्द्रमा प्रविधि भएपनि प्राविधिकको अभावमा…

आपतकालिन सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकालाई समस्या

जिल्लामा आपतकालिन (अल्पकालिन) सेवा केन्द्र नहुँदा पीडित महिला तथा बालबालिकाको तत्काल बसोबासमा समस्या हुने गरेको छ । कतिपय घटनामा पीडित महिला, किशोरी तथा बालबालिकाहरूले पीडकका विरूद्ध उजुरी गरेपछि तत्काल घर तथा परिवारजनको घरमा बस्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा केही समयका लागि आश्रय लिने ठाउँ चाहिन्छ । जिल्लामा आपतकालीन (अल्पकालीन)…

विद्यार्थी कुटपिट आरोपमा गिरफ्तार प्रधानाध्यापक रिहाइको माग गर्दै तीन दिनदेखि विद्यालय बन्द

बुलिङटार गाउँपालिकाका-६ को शिव माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी खुमान सार्कीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार परेका प्रधानाध्यापकलाई रिहाइको माग गर्दै उक्त गाँउपालिकाका ४४ विद्यालय बन्द गरिएको छन् । विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठलाई रिहाइको माग गर्दै कांग्रेस निकट नेपाल शिक्षक सङ्घले तीन दिनदेखि विद्यालय बन्द गराएको हो । गाँउपालिकाका…

विद्यार्थी कुटपिट घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीको शिव माध्यामिक विद्यालयको कक्षा १० मा अध्यायनरत १७ वर्षीय विद्यर्थी खुमन सार्कीलाई कुटपिट गरेको प्रहरीले आरोपमा सोही विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठलाई असोज ११ गते गिरफ्तार गरेको छ । प्रार्थनाको समयमा विद्यालय ढिलो आएको भन्दै प्रधानाध्यापक श्रेष्ठले असोज २ गते कुटपिट गरेको आरोपमा इन्सेकको सहयोगमा खुमनका बावु वीरबहादु्र…

छिमेकी महिलालाई एसिड र चक्कु प्रहार, आरोपित गिरफ्तार

कावासोती नगरपालिका-१६ डण्डामा ३० वर्षीया बसन्ती परियारलाई सोही ठाउँका ३६ वर्षीय विमल श्रीपालीले असोज ८ गते एसिड र चक्कुप्रहार गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले असोज ८ गते राति एसिड र चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी लिलाराज लामिछानेले बताए । विमलले बसन्तीलाई…

विद्यार्थी कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

प्रधानाध्यापक श्रेष्ठको कुटाइका कारण सार्कीको देब्रे कानबाट रगत बगेको थियो । कुटपिटबाट घाइते भएका सार्कीको उपचार चितवन जिल्लाको भरतपुर अस्पतालमा गरिरहेको छ । बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीको शिव माध्यामिक विद्यालय कक्षा १० मा अध्यायनरत १७ वर्षीय खुमन सार्कीलाई कुटपिट गरेको आरोपमा सोही विद्प्रयालयका धानाध्यापक ओमकुमार श्रेष्ठविरूद्ध इन्सेकको सहयोगमा पीडित पक्षले असोज…

प्रधानाध्यापकको कुटपिटबाट विद्यार्थी घाइते

बुलिङ्गटार गाँउपालिका–६ अत्रौलीका १७ वर्षीय खुमन सार्की आफ्नै विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको कुटपिटबाट घाइते भएका छन् । प्राथनाको समयमा विद्यार्थी ढिलो आएको भन्दै शिव माध्यामिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठले असोज २ गते सार्की सहित नौ जना विद्यार्थीलाई कुटपिट गरेको पीडित खुमन सार्कीका बुवा बिरबहादुर सार्कीले बताए । प्रधानाध्यापक श्रेष्ठको कुटाइले खुमन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नपा–१ का २१ वर्षीय सपनिस चौधरी र कावासोती नपा–१४ का ४० वर्षीय मदन श्रेष्ठलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले भदौ २७ गते बलात्कार भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी…

पत्रकारलाई कुटपिट गरेको आरोपमा जनप्रतिनिधि विरूद्ध उजुरी

चितवनबाट प्रकाशन हुने जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीलाई कुटपिट गरेको आरोपमा गैँडाकोट नगरपालिकाका आठ जना जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटमा संलग्न भएको आरोपमा गैँडाकोट नगरपालिका-३ का वडा अध्यक्ष शिवकान्त तिवारी, १८ का वडा अध्यक्ष तिलबहादुर चितौरे, ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय तथा नगर कार्यपालिका सदस्यहरू सुकबहादुर दराई,…