बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले अर्खला स्वास्थ्य चौकी बुलिङ्गटार गाउँपालिका–४ उपल्लो अर्खलाका प्रमुख ४२ वर्षीय टोकबहादुर सुस्लिङ्ग मगरविरूद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा माघ ४ उजुरी दिएको छ । माघ २ गते साँझ पीडित महिलालाई आरोपित सुस्लिङ्गले बलात्कार गरेको भन्दै पीडित पक्षले माघ…
बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सहयोगको आग्रह
नेपालको १० वर्षे द्वन्द्वको क्रममा बलपुर्वक बेपत्ता पारिएका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ जनाको हालसम्म पनि अवस्था पत्ता लाग्न नसकेको बेपत्ता परिएका व्यक्तिको छानबिन आयोगले जनाएको छ । जिल्ला रेडक्रस सोसाईटी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पुस २९ गते आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएको दुई दशक भन्दा धेरै भइसक्दा…
स्वास्थ्यकर्मी अभावमा सेवाग्राहीलाई समस्या
बुलिङ्गटार गाउँपालिका अन्र्तगत रहेका स्वास्थ्य संस्थामा २५ जना कर्मचारीको दरबन्दी रिक्त रहँदा सो क्षेत्रका सेवाग्राहीहरुलाई समस्या भएको छ । ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको गाउँपालिकामा हाल २० जना स्वास्थ्यकर्मी दरबन्दीमा कार्यरत छन् । दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा नियमित स्वास्थ्य सेवाप्रवाहमा समस्या भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।…
खाद्य अधिकारको सुनिश्चितताको लागी प्रतिबद्ध छौं : अध्यक्ष जिसी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेशको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर वहादुर जिसीले खाद्य अधिकारका विषयमा जानकारी भएर स्थानीय सरकारसँग आफ्ना अधिकार सुनिश्चित गर्ने वातावरण सृजना गर्ने काममा गाउँपालिकाले समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । इन्सेकको अभियानमा आफुले सदैव…
खाद्य अधिकार सम्बन्धी कार्यविधि छिट्टै बनाउछौं : उपप्रमुख मर्दनिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कावासोती नगरपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले कावासोती नगरपालिकामा छिट्टै खाद्य अधिकार र खाद्य सुरक्षासँग सम्बन्धी कार्यविधी निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन…
कर्मचारी अभाव हुँदा कार्य सम्पादनमा समस्या ։ अध्यक्ष जिसी
कर्मचारी अभावमा सेवाग्राहीको कार्य सम्पादनमा समस्या भएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा भएको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारी अभावमा गाउँपालिकामा आउने सेवाग्राहीहरुको कार्य सम्पादनमा समस्या भएको बताउनु भएको हो । विषयगत…
मानव अधिकार उल्लंघनका घटनाहरुलाई मूलप्रवाहमा ल्याउन आवश्यक: प्रजिअ विष्णु कार्की
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कानुनी दायरामा आउन नसकेका मानवअधिकार उल्लंघनका घटनाहरुलाई मुलप्रवाहमा ल्याउन मानवअधिकारकर्मीहरु क्रियाशिल हुनुपर्ने सुझाव दिनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा पुस १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को पूर्व वार्षिक…
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवालः सरोकारवाला
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सबैको साझा सवाल भएको कावासोतीमा आयोजित “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालमा मानव अधिकारको अवस्था” विषयक अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले बताएका छन् । मानव अधिकार संरक्षण र सम्बर्द्धनको लागि राज्यको जबाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा मङ्सिर २५ गते भएको…
सबै प्रकृतिका लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यकः सांसद महत
सांसद तिलक महतले सबै खाले लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताउनु भएको छ । महिला माथि हुने विभिन्न प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने सांसद महतले बताउनु भएको हो । फेकोफन नवलपुरको आयोजना तथा इन्सेक नवलपुर, देवचुली नगरपालिका, कावासोती नगरपालिका र नमुना सन्देश साप्ताहिक पत्रिकाको सहकार्यमा…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बुलिङटार गाउँपालिका–४ की १८ वर्षीया गौमती गोदामीलाई हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति तुलाराम गोदामीलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । गौमतीको हत्या ०७५ जेठ २० गते भएको र उक्त हत्यामा गौमतीका पतिसहित परिवार नै संलग्न रहेको पीडित पक्षको आरोप छ । गौमतीका ४१ वर्षीय ससुरा चेतबहादुर गोदामी,…