विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नवलपरासी पुर्व जिल्ला सदस्य ४६ वर्षीय धनबहादुर मर्दनियालाई प्रहरीले चैत ११ गते घरैबाट गिरफ्तार गरेको छ । मर्दनियालाई प्रहरीले कावासोती नपा–१५ शेरगञ्ज स्थित उनकै घरबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का डिएसपी अर्जुन रानाभाटले जानकारी दिए । जिल्लामा भएका…

बलात्कार घटनाका आरोपित गिरफ्तार 

५२ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवचुली नपा–१ का २२ वर्षीय समिर स्लामीमगरलाई फागुन ९ गते गिरफ्तार गरेको छ । फागुन ६ गते राति बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मगरलाई फागुन ९ गते गिरफ्तार गरेको हो । फागुन ७ गते बिहान अचेत अवस्थामा फेला परेकी महिलालाई स्थानीयले…

बलात्कार घटनाका आरोपितद्वारा प्रहरीमा आत्मसमर्पण

१७ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित तनहँु जिल्ला घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष ३२ वर्षीय झकबहादुर कुमालले माघ २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आत्मसमर्पण गरेका छन् । आरोपित कुमालले गत वैशाख २५ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहार घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–७ बस्ने ३० वर्षीय दिपेन्द्र मल्लाहालाई माघ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएको…

वडासचिव गाउँमा बस्न नमान्दा बुलिङटार गाउँपालिका सचिवविहीन

भौगोलिक विकट भएको भन्दै वडासचिव वडामा बस्न नमानेपछि जिल्लाको बुलिङटार गाउ“पालिका एक वर्षदेखि वडा सचिवविहीन बनेको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा विगत एक वर्षदेखि वडा सचिव छैनन् । जसको कारण वडाबाट सम्पादन हुने कामको लागि गाउँपालिकाको कार्यालय पुग्नुपर्ने बाध्यता रहेको सेवाग्राही गुनासो गर्छन् । वडा सचिवको अभावमा वडा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

कक्षा दशमा अध्यायनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोट नपा–११ मा रहेको मुकुन्दसेन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजेन्द्र पौडेललाई पुस २८ गते गिरफ्तार गरेको छ । एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी छात्रालाई प्रधानाध्यापक पौडेलले पुस २८ गते संवेदनशील अङ्गमा हात पुर्‍याएको भन्दै पीडित छात्राले अभिभावकलाई जानकारी गराएपछि घटना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ३६ वर्षीय ओमराज श्रेष्ठलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २४ गते बलात्कार गरेको भनी पीडित पक्षले सोही समय प्रहरीमा खबर गर्दै मङ्सिर २५ गते लिखित उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

द्वन्द्व पीडितको समस्यालाई बेवास्ता गरेको सरोकारवालाको गुनासो

सरकारले द्वन्द्व पीडित, शहीद, बेपत्ता तथा घाइते परिवारको उचित व्यवस्थापन गर्न नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको सन्र्दभमा मङ्सिर २१ गते कावासोतीमा आयोजित मानव अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द्व पीडित तथा सरोकारवालाहरूले बृहत शान्ति सम्झौताको १२ वर्ष पूरा हुँदासमेत द्वन्द्व…

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर ४ गते कावासोतीमा गरिएको छ । पूर्व समीक्षा कार्यक्रममा जनवरी २०१८ देखि हालसम्म जिल्लामा सङ्कलन गरिएका ६४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना विवरण प्रस्तुत गरिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४० वर्षीय सोमे तामाङलाई मङ्सिर १ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज २७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा उजुरी गरेका थिए । पीडित…