नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समिक्षा असार ३१ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधिले सन् २०२१ जनवरीदेखि जुनसम्म जिल्लामा १६ ओटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु इन्सेकले अभिलेखिकरण गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले जिल्लाको…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय सरकार तथा सम्बन्धित निकायसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रममा असार २८ गते विनयी त्रिवेणी गाउँपालिकामा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्र्तगत आयोजना गरिएको सो कार्यक्रममा मानव…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा असार २७ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार २६ गते मौखिक उजुरी दिएका थिए । सोही उजुरीका आधारमा…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम असार २५ गते सम्पन्न भएको छ । शिक्षक, अभिभावक, विद्यार्थी र कृषकहरुबिच आयोजना गरिएको खाद्यको अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष बिष्णु ढकालले प्रमुख आतिथी रहनुभएको थियो । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका…
बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न मानव अधिकार समूहको अनुरोध
मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाको बजेटमा मानव अधिकारसम्बन्धी कार्यक्रमलाई समावेश गर्न अनुरोध गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जिसीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीलाई जेठ २७ गते पत्र बुझाउदै नेपालको संविधान र…
कोभिड–१९ नियन्त्रणमा सबैपक्षको सहभागिता आवश्यक : मानवअधिकार समूह
मानवअधिकार समूह कावासोती नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले कोभिड–१९ को यो विषम परिस्थितिमा सबैलाई हातेमालो गर्दै अगाडि बढ्न अपिल गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानवअधिकार समूह कावासोतीका अध्यक्ष द्रौपदी गुरौं र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष धर्मबहादुर जि.सीले जेठ २३ गते छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९…
स्वास्थ्य बिमा गरेकाहरू सेवाबाट वञ्चित
जिल्लामा स्वास्थ्य बिमा गरेका करिब ३० हजार जना स्थानीय सेवाबाट वञ्चित भएका छन् । बिमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयारी पुरा नहुँदा ०७७ चैत मसान्तसम्ममा बिमा गरेका करिब ३० हजार जना सेवाबाट वञ्चित भएका हुन । चैत मसान्तसम्ममा स्वास्थ्य बिमा गरेकाहरूको सेवा अवधि जेठ १ गते देखि सुरू भएको छ…
जनशक्ति अभावमा भेण्टिलेटर सञ्चालनमा आउन सकेन
मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरमा जनशक्तिको अभावमा भेण्टिलेटर सेवा सञ्चालनमा आउन सकेको छैन । गत वर्ष भदौमा जिल्ला अस्पतालमा जडान गरिएका तीन ओटा भेण्टिलेटर अहिलेसम्म सञ्चालन आउन नसकेको अपस्तालका अध्यक्ष मेडिकल सुपरिटेण्डेण्ट वीरबहादुर थापाले बताउनुभयो । भेण्टिलेटर सञ्चालनको लागि एनेस्थेसियोलजिष्ठ र फिजिसियनको आवश्यकता हुन्छ । तर, जिल्ला अस्पतालमा एनेस्थेसियोलजिष्ट, फिजिसियनको दरबन्दी…
शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको समस्या र सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न
शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकारसम्बन्धी समस्या र सरोकारवाला पहिचान कार्यक्रम वैशाख १८ गते कावसोती नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक नवलपुरको आयोजनामा भएको कार्यक्रममा संविधानमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि सहयोगको वहानामा शैक्षिक संस्थाले शुल्क लिइएको, विद्यालयमा अपाङ्गमैत्री संरचना निर्माण नभएको, शैक्षिक गुणस्तरमा ध्यान नपुगेको, विद्यालय उमेर समूहका धेरै विद्यार्थीहरुले…
मोसो दलेर दुर्व्यवहार, पाँच जनाविरुद्ध उजुरी
मध्यविन्दु नगरपालिका–९ का ३७ वर्षीय विष्णु भण्डारीलाई वैशाख ५ गते स्थानीय केही व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिनुभएको छ । पीडितले मध्यविन्दु–९ का ६५ वर्षीय रन बहादुर बिक, २७ वर्षीय दिपक बिक, ६० वर्षीय हरि बिक, २३ वर्षीय प्रमोद…