वैवाहिक बलात्कारपछि हत्या प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
२५ वर्षीया पत्नीलाई बलात्कारपछि हत्या प्रयास गरेको भन्दै २७ वर्षीय पति सहित परिवारका अन्य सदस्यविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दर्ता गराएकी छिन् । ०७८ असार २७ गते विवाह गरेकी पत्नीलाई असार २८ गते बलात्कार र असार २९ गते घरको छतबाट धकेलेर हत्याको प्रयास गरेको भन्दै…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम–१२ का १९ वर्षीय अजयराज भरलाई प्रहरीले कात्तिक १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ साउन २२ गते साँझ बलात्कार गरेपछि हत्या गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन २४ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको समन्वयनमा नगरपालिका भित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था र त्यसको सवालको विषयमा कार्यक्रममा सञ्चालन गरिएको थियो ।…
स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को आयोजनामा कावासोती–१७ स्थित कुमारवर्ती स्वास्थ्य चौकीमा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज १३ गते सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम (इएलपी) अन्तर्गत कावासोती नगरपालिकामा आयोजना गरिएको उक्त कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाहरुबाट निःशुल्क वितरण हुने औषधिको…
विनयी त्रिवेणी गाउँपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवम् कार्ययोजना निर्माण कार्यक्रम भदौ २९ गते सम्पन्न भएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा भएको कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकामा शिक्षाको अधिकारका सवालमा सामुदायिक विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट…
कावासोती नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा समस्या पहिचान एवम् कार्ययोजना निर्माण कार्यक्रम भदौ २२ गते सम्पन्न भएको छ । इन्सेकद्वारा गठन गरिएको मानव अधिकार समूहले कार्यक्रममा कावासोती नगरपालिकामा शिक्षाको अधिकारका सवालमा सामुदायिक विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट शुल्क…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
१६ वर्षीया बालिकालाई कावासोती नगरपालिका–३ का १९ वर्षीय युवकले बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भदौ १७ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले भदौ ८ गते पटकपटक दुर्व्यवहार गरी भिडियो बनाएको र डरधम्की देखाएर बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा उजुरी दर्ता…
बालअधिकार कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी ले बालअधिकार कार्यक्रम सञ्चालन गर्न भदौ १६ गते विनयी त्रिवेणी गाउँपालिका–१ को भानुदाय नमुना मा.वि. मा रहेको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा गठन गरिएको बालअधिकार चेतना…
कुटपिट गरी घाइते बनाएको घटनाका आरोपित गिरफ्तार
कावासोती नगरपालिका–१६ पिप्रेनी बस्ने ६ वर्षीया पूर्णीमा परियारलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले पीडितकी २८ वर्षीया कान्छी आमा शान्ती तामाङलाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७८ भदौ ८ गते राति कुटपिट गर्दा पीडितको दुई ओटा दाँत झरेको, टाउको र दुवै घुँडामा चोट लागेको भन्दै पीडित…
बलात्कारपछि हत्या घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको भन्दै पीडित पक्षले १७ वर्षीय बालकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा साउन २४ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले ०७८ साउन २२ गते साँझ बलात्कार गरेपछि हत्या गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा…