स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छौं : अधिकृत अधिकारी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद अधिकारीले जिल्लामा स्वच्छ, निश्पक्ष र धाधलि रहित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको कार्यालयले वैशाख २६ गते गरेको जिल्लाको मानव अधिकारको अवस्था र निर्वाचन पूर्व अनुगमनको क्रममा अधिकृत अधिकारीले मुख्य निर्वाचन अधिकृतको…

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, चार जना घाइते

हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप हुदाँ चार जना घाइते भएका छन् । हुप्सेकोट गाउँपालिका–१ मा वैशाख २० गते राति भएको झडपमा कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार लक्ष्मी पाण्डे र एमालेका तीन जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनुभयो । झडपको क्रममा घाइते…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनक नमूना माध्यामिक विद्यालयमा कार्यरत शिक्षक गैंडाकोट नगरपालिका–५ बस्ने कपिल घिमिरेविरुद्ध वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दर्ता गरेको छ । पीडितलाई आरोपितले ०७८ चैत २४ गते अश्लिल भिडियो देखाइ दुर्व्यवहार गरेको भन्दै विद्यालयमा विद्यार्थी र…

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजना तथा मानव अधिकार समूहको समन्वयमा कावासोती नगरपालिकामा चैत १८ गते शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्सेक नवलपरासी पूर्वका जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले…

बजेट अभावमा निःशुल्क शिक्षा कार्यान्वयनमा चुनौती : सरोकारवाला

विद्यालय सञ्चालनको लागि आवश्यक बजेटको सम्पूर्ण व्यवस्थापन सरकारबाट नहुँदासम्म निःशुल्क शिक्षा कार्यान्वयनमा चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा चैत १६ गते कावासोती नगरपालिकामा गरिएको शिक्षाको अधिकारसम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहको प्राथमिकतामा शिक्षा नपरेको गुनासो गर्नुभएको हो । संविधानमा मैलिक हकको रुपमा…

मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत १५ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र इन्सेकदुवारा विनयी त्रिवेणी गाउँपालिकामा गठन गरिएको मानव अधिकार समूहको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ७ का सरोकारवालाहरुको सहभागिता रहेको…

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा विनयी त्रिवेणी गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १५ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत आयोजना भएको कार्यक्रममा सहभागीहरुले स्थानीय स्वास्थ्य चौकीहरुमा नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधिको नियमित उपलब्धता नभएको बताउनुभएको…

मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकारसम्बन्धी अभिमुखिकरण कार्यक्रम चैत ११ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजना, विनयी त्रिवेणी गाउँपालिकाको सहयोग र मानव अधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ र २ का सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा…

बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुरको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तरगत कावासोती नगरपालिका–१२ मा फागुन २० गते कार्यक्रम सञ्चालन गरिएको छ । इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह र बाल अधिकार चेतना समूह शान्ति निकुञ्ज माध्यमिक विद्यालयसँगको सहकार्यमा विद्यालयमा बाल विवाहविरुद्ध सचेतना अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले दाङ जिल्ला घोराही उपमहानगरपालिका–२ घर भइ हाल काठमाडौ बस्ने ३२ वर्षीय पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा फागुन १५ गते पीडित पक्षले उजुरी दर्ता गराएको छ । पीडितलाई आरोपितले २०७७ चैत ७ गते…