जिल्ला सभाहल अपाङ्गमैत्री बनाउनु पर्ने माग गर्दै अपाङ्गता भएका व्यक्तिहरुद्वारा विरोध प्रर्दशन

दमौलीमा निर्माणाधिन जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुले ०८० भदौ १ गते जिल्ला सभाहलको मुख्य गेटमा विरोध प्रर्दशन गरेका छन् । शारीरिक अशक्त भएका व्यक्तिहरुको जिल्ला स्तरीय सङ्घर्ष समितिको आह्वानमा भेला भएका अपाङ्गता भएका व्यक्तिहरुले उक्त भवन पुर्णरुपमा अपाङ्गमैत्री बनाउने प्रक्रिया तत्काल सुरु नभए आन्दोलन कार्यक्रम गर्ने…

२०८० भाद्र २, शनिबार ११:३७ गते  
व्यास नगरपालिकाकाे न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

व्यास नगरपालिकाको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी दर्ता भएका छन् । ति मध्ये २० उजुरी फर्छ्यौट भएका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवंम् न्यायिक समिति संयोजक इन्दिरा दरैले जानकारी दिनु भयो । जसमध्ये १३ ओटा मिलापत्रबाट फर्छ्यौट  भएका छन् ।…

२०८० श्रावण ३०, मंगलवार ०९:३० गते  
गोदाममा थुप्रियो मल तर किसानले पाएनन

दमौली स्थित कृषि सामाग्री कम्पनीको गोदाममा रासायनिक युरिया मल थुप्रिए पनि  तनहुँका कृषकले भने मल पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरण…

२०८० श्रावण २३, मंगलवार १४:५१ गते  
छोरीकाे हत्या गरेको आरोपमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया छोरीलाई विष खुवाई हत्या गरेको कसुरमा तनहुँ जिल्ला अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना सजाय तोकेको छ । जिल्ला अदादलका न्यायधिश हरिश्चन्द्र ढुङ्गानाको ०८० साउन १७ गतेको इजलासले सो मुद्दामा अन्तिम आदेश गर्दै सजाय निर्धारण गरेको जिल्ला अदालतका…

२०८० श्रावण १८, बिहीबार ०९:२४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नगरपालिका–५ मानुङकी ४७ वर्षीया गिता आलेको भरुवा बन्दुकको गोली हानेर हत्या गरेको आरोपमा  ५६ वर्षीय पति श्रीप्रसाद आलेलाई प्रहरीले गिरफ्तार गरेको छ । गितालाई ०८० साउन १६ गते राती ११ बजे पति श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुँदा गोली हानेर घाइते भएपछि उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा राती १२…

२०८० श्रावण १७, बुधबार ११:५४ गते  
जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अधिकारकर्मीहरुको आपत्ति

दमौलीमा निर्माण भएको जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अपाङ्गता को क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । पुरानो जिल्ला सभा गृह भएको ठाउँमा नयाँ सभागृह निर्माण गरिएपनि उक्त सभाहल अपाङ्गमैत्री नभएको भन्दै अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् । संघीय सरकारको शहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको उक्त सभागृह अपाङ्गता भएका व्यक्तिहरुको सहज…

२०८० श्रावण ९, मंगलवार १५:१० गते  
कक्षा ६ का विद्यार्थीको दिवा खाजा गाउँपालिकाले आफै व्यवस्थापन गर्ने

आबुखैरेनी गाउँपालिकाले कक्षा ६ का विधार्थीहरुको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाई प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ का विद्यार्थी लाई कटौती गरि कक्षा पाचँ सम्मलाई मात्र उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारको निर्णयले कक्षा…

२०८० श्रावण ८, सोमबार १०:२१ गते  
बलात्कार घटनाका आरोपितलाई १८ वर्ष ६ महिना कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले व्यास नपा–१० विपीभन्ज्याङका २० वर्षीय यमबहादुर बिकलाई १८ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको असार २४ गतेको इजलासले उक्त मुद्दामा दोषी ठहर गर्दै आरोपितलाई उक्त सजाय, ६ लाख रुपियाँ जरिबाना र १५ हजार क्षर्तीपुर्ति…

२०८० असार २४, आईतवार २०:२३ गते  
जातीय विभेदको कारवाहीबाट जोगिन मिलापत्र, मिलापत्रपछि दलित समुदायलाई सामूहिक बहिष्कार

घिरिङ गाउँपालिका–३ को अर्चलबोटमा जातीय विभेदको घटनामा मिलापत्र भएपछि उक्त टोलका १० घर दलित समुदायलाई गैरदलित समुदायले सामूहिक बहिष्कार गरेका छन् । गत जेठ २० गते उक्त वडाको मानपुर टोलका बमबहादुर थापाको घरमा बंगुर काट्ने क्रममा स्थानीय २५ वर्षीय खिमबहादुर थापाले सोही ठाउँका ३५ वर्षीय शिव परियारलाई ‘मासु नछो’ भनेर…

२०८० असार २३, शनिबार ०६:३८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवती र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय बाबुलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले ०७९ भदौमा बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी आमाले आरोपितलाई कारवाहीको माग गर्दै असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । सो उजुरीपछि प्रहरीले आरोपितलाई…

२०८० असार २०, बुधबार ०९:०३ गते