मानव अधिकार समूहले पेस गरेका माग नीति तथा कार्यक्रममा सम्बोधन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहले भानु नगरपालिकामा पेस गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित अधिकांश मागलाई नगरपालिकाले वार्षिक एवम् दिर्घकालिन नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरेको जनाएको छ । नगरपालिकाले भदौ १७ गते इन्सेकलाई पत्र लेखी मानव अधिकार समूहद्वारा विभिन्न मितिमा…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भिमाद नगरपालिका–८ का ७५ वर्षीय भुपाल शाहीलाई १९ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै १९ वर्ष कैद र एक लाख रुपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले बताउनुभयो ।…
भानु नगरपालिकामा समस्या पहिचान एवम् कार्ययोजना निर्माण सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा भानु नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा समस्या तथा सरोकारवालाको पहिचान तथा कार्ययोजना निर्माण बैठक ०७८ भदौ १७ गते भानु नगरपालिका–१ भन्सारमा सम्पन्न भएको छ । मानव अधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा मानव अधिकार समूहले सो नगरपालिकाको शिक्षा,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय बुबालाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पाँच महिनादेखि पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन ३० गते प्रहरी चौकी चन्द्रावती–६ मा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । पीडित…
हत्या घटनाको कसुर ठहर गरिएका व्यक्ति गिरफ्तार
बलात्कारपछि जन्मेको शिशुको हत्या गरेको कसुरमा जिल्ला अदालतबाट सर्वश्वसहित कैद फैसला सुनाइएका आवुँखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडाका ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई प्रहरीले १८ वर्षपछि गिरफ्तार गरेको छ । घटनापछि ‘फरार’ रहेका सार्कीलाई साउन २७ गते प्रहरीले घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले बताउनु भयो । बलात्कारपछि गर्भमा रहेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–३ चाम्बासका २४ वर्षीय अशोक गुरुङ र २३ वर्षीय देवराज सुनारलाई साउन ९ गते गिरफ्तार गरेको छ भने घटनामा संलग्न अरु तीन जना आरोपित फरार रहेका छन् । पीडितलाई आरोपितहरुले साउन ५ गते देखि साउन ८ गतेसम्म पालैपालो बलात्कार गरेको भन्दै स्थानीयहरुले…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार ३१ गते बन्दिपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा मानवअधिकार वर्ष पुस्तक २०२२ को लागि सङ्कलित घटनाहरूको अर्ध वार्षिक पूर्व समिक्षा तथा जिल्लाको मानवअधिकार अवस्थाको बारेमा छलफल कार्यक्रम असार २४ गते दमौलीमा सम्पन्न भयो । मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको…
कोभिड–१९ व्यवस्थापन र स्वास्थ्य उपचारको अवस्था बारेमा छलफल सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको टोलीले असार १८ गते तनहुँ जिल्लामा कोभिड–१९ व्यवस्थापन, निषेध आदेश कार्यान्वयनको अवस्था, प्राकृतिक प्रकोप क्षतिको अवस्था, पुर्वतयारी, बजार अनुगमन र स्वास्थ्य उपचारको अवस्थाको बारेमा निमित्त प्रमुख जिल्ला अधिकारी र दमौली अस्पतालका प्रमुखसँग छलफल…
मिडिया साझेदारी बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, राष्ट्रिय मानवअधिकार आयोग र नेपाल पत्रकार महासङ्घ तनहुँको संयुक्त आयोजनामा असार १९ गते दमौलीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । कार्यक्रममा कोभिड–१९ को महामारीले पत्रकार, सञ्चारकर्मी, सञ्चार माध्यम र मानव अधिकार रक्षकहरूमा परेको असरको बारे अन्तरक्रिया गरिएको थियो । राष्ट्रिय मानव अधिकार…