घरेलु हिंसा पीडितलाई उपचारको लागि इन्सेकद्वारा सहयोग
घरेलु हिंसा पीडित भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मिनाकुमारी गन्धर्वको उपचारमा इन्सेकद्वारा सहयोग गरिएको छ । पीडितलाई २४ वर्षीय छोरा विक्रम गन्धर्वले माघ २५ गते साँझ निर्घात कुटपिट गरेपछि मानव अधिकार समुह भानु नगरपालिकाकी सदस्य तुलसी गैरेले बृद्धालाई घरबाट उद्धार गरी भानु स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाउनुभएको थियो । सोही…
तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो
दमौली अस्पतालमा कार्यरत ११ जना करार सेवाका डाक्टरहरूले १८ महिना देखि प्रोत्साह भत्ता र पाँच महिना देखि तलब भत्ता नपाएका बताएका छन् । अस्पतालमा कार्यरत डाक्टर आस्था रेग्मी, डाक्टर राजु राना मगर, डाक्टर दिवस ढकाल, डाक्टर सिन्चन पाण्डे, डाक्टर सुनयन सुवेदी, डाक्टर पुजा सैजु, डाक्टर प्रशन्न कार्की, डाक्टर अभिनन्दन तिवारी,…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा आवासको अधिकारसम्बन्धी सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम ०७८ माघ १८ गते वडा नम्बर १ स्थित पिप्लेमा सम्पन्न गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको आवाससम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवाससम्बन्धी नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव…
बाल विवाह घटनाका आरोपितलाई १५ दिन कैद सजायको फैसला
१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको कसुरमा जिल्ला अदालत तनहुँले विवाह गर्न खोज्ने गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याल, उनका बुवा भानुभक्त अर्याल, विवाह गराउने पण्डित व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराई, बालिकाका बाबु र आमालाई १५ दिन कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र ढुङ्गाानाको ०७८…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २१ गते भानु नगरपालिकामा स्थानिय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेलले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ७ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा इन्सेकले सन् २०२१ जनवरी देखि डिसेम्बरसम्ममा वर्ष पुस्तक २०२२ को लागि अभिलेख गरेका घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन तथा जिल्लाको मानव अधिकारको…
स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न गाउँपालिकालाई ध्यानाकर्षण
स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको माग गर्दै मानव अधिकार समूह बन्दिपुरले बन्दिपुर गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर गाउँपालिका गठन गरिएको मानवअधिकार समूहकी संयोजक शान्ति कुँवर र इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्र मङ्सिर २४ गते इन्सेक प्रतिनिधिले बन्दिपुर गाउँपालिकाका प्रमुख…
स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा ०७८ मङ्सिर २३ गते बन्दिपुर गाउँपालिका–२ कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा लागु गरेको कार्यक्रम र कार्यान्वयको अवस्थाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित सो कार्यक्रममा बोल्दै गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले स्वास्थ्य नागरिकको…
हत्या घटनाका आरोपित गिरफ्तार
गोरखा जिल्ला पालुङटार नगरपालिका–७ घर भइ हाल व्यास नगरपालिका– ६ सिसिघाटमा बस्दै आएकी ६५ वर्षीया मेनना कुमालको हत्या गरेको आरोपमा प्रहरीले व्यास नगरपालिका–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाललाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । बेवारिसे रुपमा एक्लै बस्दै आएकी मृतकलाई आरोपितले मादक पदार्थ सेवन गरी कात्तिक ३० गते राति…
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
इन्सेक तनहुँको आयोजना तथा मानव अधिकार समूह भानुको संयोजनमा खाद्य अधिकारसम्बन्धी सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते भानु नगरपालिकामामा सम्पन्न गरिएको छ । खाद्यसहित कृषि र पशुपन्छीको क्षेत्रमा नगरपालिकाले पारित गरेको नीति तथा कार्यक्रमको बारेमा सेवाग्राहीलाई जानकारी दिने तथा सरोकारवालाको धारणा लिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा…