निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने दलका नेताहरूको प्रतिबद्धता

स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने बारेमा तनहुँमा रहेका विभिन्न राजनितिक दलका नेताहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला बालकल्याण समिति तनहुँको आयोजनामा वैशाख ७ गते दमौलीमा निर्वाचनमा बालबालिकाको प्रयोग निषेध विषयक प्रतिबद्धता कार्यक्रममा तनहुँका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने तथा नगराउने प्रतिबद्धता व्यक्त गरेका हुन्…

२०७४ बैशाख ७, बिहीबार १६:३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा-८ भानुमतीका ६१ वर्षीय थानबहादुर मल्ललाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ३ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…

२०७४ बैशाख ४, सोमबार २१:११ गते  
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन माग गर्दै ध्यानाकर्षण

नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । चैत २९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराईदिन माग गरिएको छ । नेपाल सरकारले…

२०७३ चैत्र २९, मंगलवार १४:१३ गते  
जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँको संयुक्त आयोजनामा जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत १८ गते दमौलीमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्यका सवालहरूको बारेमा अन्तरक्रिया आयोजना गरिएको हो ।…

२०७३ चैत्र १९, शनिबार २०:५५ गते  
सत्य निरूपण आयोगले पीडितहरूको आँसुमा होली खेलेको आरोप

सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीले द्वन्द्व पीडितहरूको आँसुमा होली खेल्दै बसेको तनहुँका पीडितहरूले आरोप लगाएका छन् । स्थानीय शान्ति समिति तनहुँको आयोजनामा चैत १६ गते दमौलीमा भएको सशस्त्र द्वन्द्वका पीडितहरूको पुनर्मिलन तथा अन्तरघुलन कार्यक्रममा बोल्दै द्वन्द्व पीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीलाई पीडितको आँसुको कुनै मुल्य बोध नभएको…

२०७३ चैत्र १६, बुधबार २०:३२ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले व्यास नपा-१२ मुसेखोलाका ६० वर्षीय भिमबहादुर सार्कीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १४ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…

२०७३ चैत्र १५, मंगलवार २२:१५ गते  
निगरानी समूहद्वारा निर्वाचनको तयारीको सन्दर्भमा सरोकारवालासँग छलफल

मानव अधिकार निगरानी समूह तनहुँले आगामी वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनको तयारीको बारेमा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयका अधिकारीसँग छलफल गरेको छ । समूहका संयोजक रामलिला सुवर्णकार नेतृत्वको टोली चैत १३ गते सरोकारवाला कार्यालयमा पुगेरै छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलसँग…

२०७३ चैत्र १३, आईतवार २०:०७ गते  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा ०७३ फागुन २१ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक दमौलीमा सम्पन्न भएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको जामुने र मनपाङ गाविसमा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रमको बारेमा जानकारी दिने र सरोकारवालाहरूको सुझाव सङ्कलन गर्ने उद्देश्यले सो…

२०७३ फाल्गुन २२, आईतवार २०:५७ गते  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकार्सइ मनोज पाण्डेले जानकारी दिए…

२०७३ फाल्गुन १८, बुधबार १४:१० गते  
ग्रामीण स्वास्थ्य संस्थामा 'म्याद' गुज्रिएका औषधि

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा 'म्याद' गुज्रिएका पठाएको फेला पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना, मानव अधिकार निगरानी समूह मनपाङको संयोजन तथा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको सहजीकरणमा माघ २७ गते मनपाङ स्वास्थ्य चौकीमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सो स्वास्थ्य चौकीले 'म्याद' सकिएका औषधि वितरण…

२०७३ माघ २९, शनिबार २३:०० गते