काङ्ग्रेस कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप
भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ । सो ठाउँको गणेशमान स्मृति प्राविमा मतदान सम्पन्न भई सुरक्षाकर्मीले मतपेटिका सदरमुकाम दमौली ल्याइसकेपछि राति करिब ७ बजेको समयमा काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको नेकपा एमालेका कार्यकर्ता श्यामकृष्ण गैह्रेले…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले मङसिर १८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले मङ्सिर १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् पीडित महिलालाई बलात्कार गरेको आरोपमा म्यादे गाउँपालिकाका ३९ वर्षीय विक्रम थापा, २५ वर्षीय दिनेश…
इन्सेकको आयोजनामा युवाहरूलाई मतदाता शिक्षा प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा जिल्लास्तरीय युवा समितिको संयोजनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरूलाई लक्षित गरी मङ्सिर १२ गते मतदाता शिक्षा प्रदान गरिएको छ । निर्वाचनको महत्व, मतदानको प्रक्रिया, मतदान दिने तरिका, मत बदर नहुने अवस्थालगायतका विषयमा युवाहरूलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको…
गाउँपालिका उपाध्यक्षको घरमा काङ्ग्रेस कार्यकर्ताहरूद्वारा आक्रमण, दुई छोरा घाइते
घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देलको घिरिङ गाउँपालिका-१ अत्रौलीमा रहेको घरमा मङ्सिर ९ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेका नेकपा एमाले जिल्ला समितिका उपसचिव विष्णुभक्त सिग्देलले बताएका छन् । राति ८ः३० बजे भएको सो घटनामा सिग्देलका छोराहरू विदुरकुमार र सफल घाइते भएको पीडित पक्षले जनाएको छ । सो घटनामा विदुरको…
काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समूहले मङ्सिर २ गते भानु नपा-१२ को नेपाल डाँडामा प्रेसर कुकर बम विष्फोट गराएको छ । नेपाली काङ्ग्रेसद्वारा लमजुङको सदरमुकाम बेशिसहरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाँदै गरेका पौडेल सवार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक १० गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए । पीडित बालिकाको स्वास्थ्य…
अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको र शिक्षक सरूवामा अनियमितता गरेको आरोपमा पीडितलाई असोज ४ गते दिउँसो मोसो दलिएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यालयमा बसिरहेका खत्रीलाई विद्यालयको कम्पाउण्ड…
कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान
१० औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँले बिहीबार तनहुँ जिल्ला कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान गरेका छन् । मानव अधिकार र साहित्यसँग सम्बन्धित करिब ३ दर्जन पुस्तकहरू इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र मानव अधिकार निगरानी समूहका संयोजक रामलिला सुवर्णकारले कारागारका प्रमुख तिर्थ खनाललाई…
डा. केसीको जीवनरक्षा गर्न मानव अधिकारकर्मीको माग
तनहुँका मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्रका बेथितिविरूद्ध १४ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेका छन् । साउन २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले डा. केसीले प्रस्तुत गरेका मागहरू उनका निजी नभई सार्वजानिक जीवनका सरोकारका विषयहरू भएको हुँदा ती मागहरू राज्यले सम्बोधन गर्नु पर्ने मानव…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मोरङ मधुमल्ला गाउँपालिका घर भई हाल शुक्लागण्डकी नपा-७ मालेबगरमा डेरा लिई बस्दै आएकी ३५ वर्षीया बुद्धिमाया राईलाई घन प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय कुमार राईलाई साउन ११ गते गिरफ्तार गरेको छ । सामान्य घरायसी विवादमा राईले साउन ११ गते पत्नीको टाउकोमा घनले हान्दा उनको घटनास्थलमै मृत्यु भएको…