बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले श्याम्घा गाविस-१ का ५२ वर्षीय महम्मद मियालाई फागुन १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सोही दिन बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीलाई खबर गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकार्सइ मनोज पाण्डेले जानकारी दिए…

March 1, 2017  
ग्रामीण स्वास्थ्य संस्थामा 'म्याद' गुज्रिएका औषधि

जिल्ला स्वास्थ्य कार्यालय तनहुँले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा 'म्याद' गुज्रिएका पठाएको फेला पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना, मानव अधिकार निगरानी समूह मनपाङको संयोजन तथा नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको सहजीकरणमा माघ २७ गते मनपाङ स्वास्थ्य चौकीमा आयोजित सार्वजनिक सुनुवाइको क्रममा सो स्वास्थ्य चौकीले 'म्याद' सकिएका औषधि वितरण…

February 11, 2017  
बलात्कार घटनाका फरार आरोपित ६ महिनापछि गिरफ्तार

शारीरिक रूपमा अपाङ्गता भएकी २६ वर्षीया महिलालाई गत भदौ १७ गते बलात्कार गरी फरार भएको आरोपमा प्रहरीले घाँसीकुवा गाविस-१ बानियाँटारका ५२ वर्षीय गोरे भन्ने दिलबहादुर चालिसे क्षेत्रीलाई माघ २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालार्इ बलात्कार गरी फरार रहेको आरोपमा क्षेत्रीलाई प्रहरीको विशेष टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय…

February 11, 2017  
मानसिक समस्याबाट पीडित तारापतीको उपचारपछि फेरिएको जिन्दगी !

शुक्लागण्डकी नपा-२ वनकेवाका ४१ वर्षीय तारापती सापकोटालाई गत वर्ष देख्नेहरू अहिले देख्दा उनको जीवनमा आएको परिवर्तनलाई पत्याउनै गार्‍हो मान्छन् ।  गत वर्षसम्म साङ्लोले बाँधिएर खोरभित्र थुनिएका तारापती अहिले निकै स्वस्थ जीवनका साथ दैनिक काममा व्यस्त भेटिन्छन् । सशस्त्र द्वन्द्वकालमा सशस्त्र प्रहरीको यातनाबाट मानसिक सन्तुलन गुमाएका सापकोटालाई गत वर्षसम्म उनको परिवारले…

January 16, 2017  
द्वन्द्वकालमा छोरा मारिएपछि मानसिक स्वास्थ्य कमजोर, सहयोगको अपिल

सशस्त्र द्वन्द्वको क्रममा छोरा मारिएपछि मानसिक रूपमा कमजोर भएकी शुक्लागण्डकी नपा-१६ घारी तालवेशीकी ४१ वर्षीया चिना केसी अझै पनि उही समस्याबाट पीडित छिन् । नेपाल प्रहरीमा कार्यरत उनका जेठा छोरा कमल केसीलाई द्वन्द्वको क्रममा ०५८ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीबाट रोल्पामा हत्या गरेपछि केसीको मानसिक अवस्था कमजोर भएको हो ।…

January 15, 2017  
स्वास्थ्य चौकीहरूमा औषधिको अभाव

जिल्लाका स्वास्थ्य चौकीहरूमा औषधिको अभाव भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य चौकीहरूमा पठाउनु पर्ने औषधि उपलब्ध गराउन नसकेको हुँदा औषधिको अभाव भएको हो । ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूबाट क्रमशः ५८ र ३५ प्रकारका औषधि निशुल्क वितरण गर्ने भएपनि ती मध्ये अत्यावश्कय केही औषधिहरू…

December 22, 2016  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

इन्सेकद्वारा सञ्चालन गरिने स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । पुस ६ गते गैसस महासङ्घको कार्यालयमा आयोजित मानव अधिकार सङ्घ संस्थाहरूको भेलाले गैसस महासङघ तनहुँका अध्यक्ष रामलिला सुवर्णकारको अध्यक्षतामा सो समूह गठन गरिएको हो । समूहको सदस्यहरूमा नेपाल…

December 21, 2016  
घरमै बन्धक बनाइएकी घिमिरेको इन्सेकको पहलमा उपचार सुरु

शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण घरमै बन्धक बनाइएकी जामुने गाविस-७ धयरेकी ३५ वर्षीया सरस्वती घिमिरेको उपचार सुरु भएको छ । इन्सेकको पहलमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन कोशिसले घिमिरेको घरमै गएर उपचार सुरु गरेको हो । पीडित महिलाको उपचार प्रक्रिया मङ्सिर ११ गतेबाट सुरु भएको हो । शारीरिक…

November 27, 2016  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारत गोरखपुर घर भई दमौलीमा बस्दै आएका ३२ वर्षीय नौसाध अन्सारीलाई प्रहरीले कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीलाई मौखिक उजुरी आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका इन्सपेक्टर विजयराज पण्डितले…

November 14, 2016  
३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षाः तनहुँ कृषि कार्यालय

तनहुँका करिव ३५ प्रतिशत नागरिकमा खाद्य असुरक्षा रहेको छ । विश्व खाद्य दिवसको अवसरमा ०७३ कात्तिक ११ गते दमौलीमा आयोजित कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले जनाए अनुसार करिब ६५ प्रतिशत घरधुरीमा ४ महिना भन्दा बढी समयको लागि मात्र खाद्यान्न सञ्चिती रहेको देखिएको छ । कार्यालयका अनुसार तनहुँका ८० प्रतिशत घरधुरी…

October 27, 2016