भवनको अभावमा एउटै कोठामा तीन कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता

घिरिङ गाउँपालिका–४ साभुङ कोटको राजपुर प्राविमा भवनको अभावमा एउटै कोठामा तीन ओटा कक्षा एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको छ । उक्त विद्यालयको एउटा कोठामा कक्षा १, २ र ३ का विद्यार्थीहरू राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थापाले बताए । त्यसैगरी अर्काे एउटा कोठामा कक्षा ४…

२०७५ फाल्गुन २४, शुक्रबार १३:०२ गते  
जनशक्तिको अभावले अस्पताल पाँच महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा

शुक्लागण्डकी नपा–११ साँखेस्थित फूलबारी अस्पताल पाँच महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । जनशक्ति अभाव भन्दै पाँच महिनादेखि अस्पताल बन्द हुँदा सो क्षेत्रका स्थानीयबासी स्वास्थ्य उपचारबाट समेत वञ्चित भएका छन् । दसँैपछि सो अस्पतालका सम्पुर्ण सेवाहरू पुर्ण रूपमा बन्द भएको स्थानीयले बताए । शुक्लागण्डकी नपा–११ का वडा अध्यक्ष दलबहादुर…

२०७५ फाल्गुन ४, शनिबार १९:०३ गते  
इन्सेकको पहलमा गाउँपालिकाले उपलब्ध गरायो छात्राहरूको लागि सेनेटरी प्याड

म्याग्दे गाउँपालिकाले गाउँपालिका भित्रका आधारभूत र मावि तहमा अध्ययन गर्ने छात्राहरूको लागि हालै सेनेटरी प्याड उपलब्ध गराएको छ । गाउँपालिकाका नौ ओटै वडा आधारभुत र मावि तहका विद्यालयमा अध्ययन गर्ने छात्राहरूको लागि ५ हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । गाउँपालिकाका आधारभुत र…

२०७५ माघ २८, सोमबार २१:४८ गते  
शौचालय जान पालो पर्खन्छन् कैदीबन्दी

तनहुँ जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि शौचालय जान समस्या भएको छ । ३५ जना क्षमताको तनहँु कारागारमा हाल ६१ थुनुवा र ६९ कैदी गरी १ सय ३० जना कैदी रहेका छन् । कारागारका चौकीदार नरबहादुर थापाले बिहानको समयमा कैदी बन्दीले सौचालय प्रयोग गर्न घण्टौ लाइनमा पालो पर्खनु परेको…

२०७५ माघ २७, आईतवार १९:३८ गते  
बलात्कार घटनाका आरोपितद्वारा आत्मसमर्पण

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको घटनाका आरोपित शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले माघ ७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । रेग्मीले बिहान जिल्ला प्रहरी कार्यालयमा आई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आत्मसमर्पण पश्चात् रेग्मीलाई माघ ७ गते नै…

२०७५ माघ ७, सोमबार २०:४४ गते  
भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा विद्यार्थी टहरामै !

देवघाट गाउँपालिका–३ छिपछिपे भञ्ज्याङमा रहेको बालकेश माविको भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका अझै पनि टहरामै पढ्न बाध्य छन् । ०७२ सालको भूकम्पले सो विद्यालयको भवन भत्काएपछि त्यसयता कक्षा ४ र ५ का बालबालिका टिनले बारेको अस्थायी टहरामा बसेर पढ्न बाध्य भएका हुन् । भवन पुनर्निर्माण कार्य पूरा नगर्दा…

२०७५ माघ ५, शनिबार २०:११ गते  
घिरिङका कुमालको दैनिकी–‘खाए मकै नखाए भोकै !’

नेपालको संविधानको धारा ३६ मा खाद्य अधिकारलाई मौलिक हकको रूपमा समेटिएको छ । संविधानको सो धारामा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने भन्ने व्यवस्था छ । त्यस्तै खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पनि असोज २ गते प्रमाणीकरण भइसकेको अवस्था छ । नियमावलीले खाद्य सुरक्षा तथा…

२०७५ पुष २४, मंगलवार १८:२५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा–११ रानीगाउँ बस्ने ३८ वर्षीय बरुणराज डौलीयालाई पुस १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते विद्यालय लैजान भनी मोटरसाइकलमा व्यास नपा–१३ को जङ्गलमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १७ गते प्रहरीमा उजुरी दिएको आधारमा आरोपितलाई…

२०७५ पुष २१, शनिबार ०५:१९ गते  
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

उमेर नखुलेकी महिलालाई बलात्कार गरेको घटनामा फरार रहेका भानु नपा–११ रूपाकोटका ७५ वर्षीय बमबहादुर भुजेललाई २० वर्ष पछि प्रहरीले पुस १६ गते गिरफ्तार गरेको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले भुजेललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका डिएसपी श्यामु अर्यालले जानकारी दिए । भुजेलले २०५५ वैशाख २१ गते सोही…

२०७५ पुष १८, बुधबार ०९:३६ गते  
विद्यालय बन्द गरि महोत्सवको आयोजना

शुक्लागण्डकी नपा-४ स्थित पञ्चमुनी माविको पठनपाठन बन्द गरी विद्यालय प्राङ्गणमा महोत्सव आयोजना गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले पुस ९ गतेदेखि विद्यालयको चौरमा महोत्सव आयोजना गरेपछि विद्यालय प्रशासनले १० दिनको लागि विद्यालय विदा गरेको हो । तनहुँ उद्योग वाणिज्य सङ्घका अनुसार महोत्सव पुस १९ गतेसम्म चल्ने छ । विद्यालय…

२०७५ पुष १२, बिहीबार १०:३१ गते