विद्यालय बन्द गरि महोत्सवको आयोजना

शुक्लागण्डकी नपा-४ स्थित पञ्चमुनी माविको पठनपाठन बन्द गरी विद्यालय प्राङ्गणमा महोत्सव आयोजना गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले पुस ९ गतेदेखि विद्यालयको चौरमा महोत्सव आयोजना गरेपछि विद्यालय प्रशासनले १० दिनको लागि विद्यालय विदा गरेको हो । तनहुँ उद्योग वाणिज्य सङ्घका अनुसार महोत्सव पुस १९ गतेसम्म चल्ने छ । विद्यालय…

२०७५ पुष १२, बिहीबार १०:३१ गते  
सर्वसाधारणको जग्गा नेकपाद्वारा कब्जा गरेको घोषणा

बन्दिपुर गाउँपालिका-१ बस्ने ऋषिराम अधिकारीको सोही ठाउँमा रहेको १२ रोपनी जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले पुस ९ गते बिहान कब्जा गरेको घोषणा गरेका छन् । नेकपा तनहुँको जिल्ला जनपरिषद्ले अधिकारीको जग्गामा पार्टीको झण्डासहित ब्यानर राखेर जग्गा कब्जाको घोषणा गरेको हो । यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पार्इँदैन…

२०७५ पुष १०, मंगलवार ०९:४८ गते  
नवजात शिशुको हत्या गरेको आरोपमा आमा गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले भानु नपा-३ की ३७ वर्षीया लक्ष्मी गन्धर्वलाई पुस ३ गते बेलुकी गिरफ्तार गरेको छ । पुस ३ गते अपरान्ह चारबजेतिर भानु नपा-३ को दोरदोर चण्डीथोकको झाडी भएको पाखो बारीमा महिलाले लगाउने सुरूवालले घाँटी कसेर हत्या गरेको अवस्थामा नवजात शिशुको शव फेला परेको भनी स्थानीयले…

२०७५ पुष ४, बुधबार १५:५५ गते  
लैङ्गिक हिंसाविरूद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न

शुक्लागण्डकी नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा मङ्सिर १६ गते शुक्लागण्डकी नपा-९ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा न्यायधिवक्ता सुरेन्द्र काफ्ले, शुक्लागण्डकी नगरपालिकाकी महिला विकास अधिकृत सिता थापा र इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम…

२०७५ मंसिर १७, सोमबार १२:३३ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलाले शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले बलात्कार गरेको भन्दै उनीविरूद्ध इलाका प्रहरी कार्यालय, बेलचौतारामा उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपित रेग्मीले पटकपटक बलात्कार गरेको भन्दै मङ्सिर ६ गते न्यायका लागि उजुरी दर्ता गरेको पीडितले बताएकी छन् । इलाका प्रहरी चकार्यालय, बेलचौताराका इन्स्पेक्टर…

२०७५ मंसिर ७, शुक्रबार २१:२५ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका विवषयमा आयोजित छलफल कार्यक्रम मङ्सिर ५ गते दमौलीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अहिले तीन तहको सरकार भएका कारण सेवाप्रवाहमा केही अन्यौलता उत्पन्न भएको भन्दै यस्तो अवस्था लामो समयसम्म…

२०७५ मंसिर ६, बिहीबार १५:१९ गते  
बलात्कार प्रयासको घटनाका आरोपित गिरफ्तार

०४० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले व्यास नपा–२ का ३० वर्षीय बिसन रानालाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । कात्तिक २५ गते देउसी भैलोको कार्यक्रम सकेर महिलालाई घर पुर्‍याउन गएका रानाले व्यास नपा–१ को भतेरी ढोडेखोल्सी भन्ने स्थानमा पुगेपछि मोटरसाइकल रोकेर बलात्कारको प्रयास गरेको भन्दै पीडितले…

२०७५ मंसिर ५, बुधबार १५:२६ गते  
अज्ञात पक्षबाट वडा कार्यालय तोडफोड

म्याग्दे गाउँपालिका-१ को कार्यालयमा अज्ञात पक्षबाट मङ्सिर ३ गते राति तोडफोड भएको छ । गुणादीस्थित बाराही महिला बहुउद्धेश्यीय सहकारी संस्थाको भवन भाडामा लिई वडा कार्यालय सञ्चालन गर्दै आएकोमा अज्ञात पक्षबाट उक्त कार्यालयमा तोडफोड भएको वडा अध्यक्ष शिवशरण वाग्लेले बताए । तोडफोडबाट वडा कार्यालयको झ्यालका सिसाहरूमा क्षति पुगेको कार्यालयले जनाएको छ…

२०७५ मंसिर ५, बुधबार १४:४४ गते  
न्यायिक समितिमा बलात्कारको उजुरी !

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शुक्लागण्डकी नपा-८ का वडा अध्यक्ष कृष्ण रेग्मीविरूद्ध मङ्सिर ३ गते शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा पीडित पक्षले उजुरी दिएको छ । वडा अध्यक्ष रेग्मीले आफूलाई गत कात्तिक १६ गते बलात्कार गरेको पीडितको आरोप छ । नगरपालिकाले भने सो घटना आफ्नो कार्यक्षेत्र भन्दा बाहिर रहेको हुँदा…

२०७५ मंसिर ५, बुधबार ११:२० गते  
अज्ञात पक्षद्वारा वडा अध्यक्षमाथि कुटपिट

शुक्लागण्डकी नगरपालिका–८ का वडा अध्यक्ष कृष्ण रेग्मीमाथि कुटपिट भएको छ । वडा अध्यक्ष रेग्मीमाथि कात्तिक १६ गते राति १० बजे अज्ञात पक्षबाट कुटपिट भएको हो । कुटपिटबाट घाइते वडा अध्यक्ष रेग्मीलाई कात्तिक १६ गते राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पुर्‍याइएको छ । उनलाई थप उपचारका लागि राति…

२०७५ कार्तिक १७, शनिबार २०:२६ गते