अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको र शिक्षक सरूवामा अनियमितता गरेको आरोपमा पीडितलाई असोज ४ गते दिउँसो मोसो दलिएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यालयमा बसिरहेका खत्रीलाई विद्यालयको कम्पाउण्ड…
कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान
१० औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा इन्सेक र मानव अधिकार निगरानी समूह तनहुँले बिहीबार तनहुँ जिल्ला कारागारका कैदी बन्दीलाई पुस्तक प्रदान गरेका छन् । मानव अधिकार र साहित्यसँग सम्बन्धित करिब ३ दर्जन पुस्तकहरू इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई र मानव अधिकार निगरानी समूहका संयोजक रामलिला सुवर्णकारले कारागारका प्रमुख तिर्थ खनाललाई…
डा. केसीको जीवनरक्षा गर्न मानव अधिकारकर्मीको माग
तनहुँका मानव अधिकारकर्मीहरूले चिकित्सा क्षेत्रका बेथितिविरूद्ध १४ दिनदेखि आमरण अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गरेका छन् । साउन २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले डा. केसीले प्रस्तुत गरेका मागहरू उनका निजी नभई सार्वजानिक जीवनका सरोकारका विषयहरू भएको हुँदा ती मागहरू राज्यले सम्बोधन गर्नु पर्ने मानव…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मोरङ मधुमल्ला गाउँपालिका घर भई हाल शुक्लागण्डकी नपा-७ मालेबगरमा डेरा लिई बस्दै आएकी ३५ वर्षीया बुद्धिमाया राईलाई घन प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २९ वर्षीय कुमार राईलाई साउन ११ गते गिरफ्तार गरेको छ । सामान्य घरायसी विवादमा राईले साउन ११ गते पत्नीको टाउकोमा घनले हान्दा उनको घटनास्थलमै मृत्यु भएको…
शिक्षाको अधिकारसम्बन्धी जिल्लास्तरिय अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय पोखराको आयोजनामा असार २२ गते शिक्षाको अधिकारका सम्बन्धमा राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको छ । सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी सुर्यप्रसाद क्षेत्रीले संविधानले शिक्षालाई मौलिक हकको रूपमा समावेश गरेको हुँदा जनताको मौलिक हकको…
भवन नहुँदा झाडा पखलाका बिरामीलाई चौरमै उपचार
आवुँखैरेनी गाउँपालिका-१ पोखरीटारमा बिरामीलाई उपचार गर्ने भवन नहुँदा चौरमै राखी उपचार गर्नु परेको छ । यातयातको साधनसमेत नपुगेको उक्त गाउँमा असार १८ गतेदेखि फैलिएको झाडापखलाका बिरामीलाई बाहिर चौरमै राखी उपचार गरिएको हो । आवुँखैरेनी स्वास्थ्य चौकीका इञ्चार्ज अगमराज उपाध्यायले गाउँमा बिरामीको उपचार गर्ने कुनै भवन नभएको र यातयातको साधनसमेत पुग्न…
इन्सेकको खबरदारीले मानव अधिकार संरक्षणमा सहयोगः एसपी जोशी
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी उमेशराज जोशीले इन्सेकको खबरदारीले नागरिकको मानव अधिकार संरक्षणमा टेवा पुगेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूहको आयोजनामा जेठ २५ गते दमौलीमा सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि संङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तथा…
कृषिसम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण
मानव अधिकार निगरानी समूह तनहुँले कृषि र खाद्यसम्बन्धी समस्याहरू समाधानकालागि जिल्ला कृषि विकास कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको साविक मनपाङ र जामुने गाविसमा सञ्चालन गरिएको शिक्षा स्वास्थ्य र खाद्य अधिकार अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको क्रममा पहिचान भएका कृषिसम्बन्धी समस्याहरू समाधानकालागि सो…
मतदान गर्न घर आएका युवाको खुकुरी प्रहारबाट हत्या
स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर आएका व्यास नपा-१ निवासी ४० वर्षीय विक्रम परियारको अज्ञात व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ । काठमाडौँमा गायन पेशा गरी बसेका परियार स्थानीय तह निर्वाचनमा मतदान गर्न वैशाख २९ गते घर आएका परियारको वैशाख ३१ गते साँझ हत्या भएको प्रहरीले जनाएको छ…
दुई सवारी साधनमा आगजनी
अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निर्वाचनको विरोध स्वरूप आहृवान गरेको नेपाल बन्दको क्रममा पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका-१ स्थित बेलभञ्ज्याङमा डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना ३ ख ९११६ नम्बरको ट्रकमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्…