सर्वसाधरणको जग्गा प्रतिबन्धित नेकपाद्वारा ‘कब्जा’

पोखरा घर भएका रामबहादुर नेपालीको व्यास नपा–१२ सिमलस्वारमा रहेको साविक कर्लुङ ८-ङ को कित्ता नम्बर १२ को ३३ रोपनी क्षेत्रफल भएको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले कात्तिक २४ गते कब्जा गरेका छन् । नेकपाको व्यास नगर जनपरिषले कात्तिक २४ गते विज्ञप्ति प्रकाशन गरी उक्त जग्गा कब्जा गरेको…

२०७६ कार्तिक २५, सोमबार ०६:०४ गते  
मानव अधिकार समूहले आफ्ना अधिकारका बारेमा जागरूक बन्न सहयोग गर्ने

गाउँपालिकामा गठन हुने मानव अधिकार समूहले स्थानीय जनता आफ्ना अधिकारका बारेमा सचेत र जागरूक बन्न सहयोग गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा कात्तिक २१ गते बन्दिपुरमा सम्पन्न मानव अधिकार संरक्षण र सम्बर्द्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धिसम्बन्धी परियोजनाको परिचयात्मक तथा…

२०७६ कार्तिक २३, शनिबार ०५:४३ गते  
दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

कात्तिक १२ गते व्यास नगरपालिका–१ हाइस्कूलटारका ५० वर्षीय मोहन थापालाई घरमै मुसाले टोकेपछि रेबिज विरूद्धको भ्याक्सिन लगाउन छिमेकीले दमौली अस्पतालमा लगे । तर, अस्पतालमा सो भ्याक्सिन नभएपछि उनलाई निजी अस्पतालमा लगेर रेबिज विरूद्धको भ्याक्सिन लगाइएको थियो । तनहुँ सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पतालमा ६ महिनादेखि रेबिज विरूद्धको भ्याक्सिन…

२०७६ कार्तिक १७, आईतवार १५:३९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पुर्ण अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा–९ पाइमीका १८ वर्षीय शङ्कर परियारलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ८ गते दिउँसो पीडितको घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएको थियो । घटनाको खबर…

२०७६ कार्तिक ९, शनिबार १७:२३ गते  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका स्याङ्जा जिल्ला सेक्रेटरी कास्की जिल्ला पोखरा मनपा–२७ घर भएका ३३ वर्षीय गोकुल पराजुली, जिल्ला सदस्य स्याङ्जा जिल्ला भिरकोट नपा–२ घर भएका २७ वर्षीय सागर अर्याल र जिल्ला सदस्य रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ घर भएका जीवन क्षेत्रीलाई प्रहरीले कात्तिक ७ गते पुनः गिरफ्तार गरेको छ…

२०७६ कार्तिक ८, शुक्रबार १९:५४ गते  
सुन चालेर दशैँको ऋण तिर्दै बोटेहरू !

व्यास नपा-१० कुमालटारी बोटे गाउँका बोटेहरू दशैँमा लागेको ऋण तिर्न यतिबेला बालुवा चाल्न नदी किनारतर्फलागेका छन् । कोजाग्रत पुणिर्मासँगै दशैँ सकिएपछि उनीहरू बालुवा चाल्न नदी किनारातर्फ लागेका हुन् । दशैँअघि साहुँसंग ऋण लिने र दशैँपछि नदीको बालुवामा सुन खोजेर त्यही सुन सङ्कलन गरी त्यसको बिक्रीबाट आएको पैसाले दशैँलगायत चाड पर्वको…

२०७६ आश्विन २८, मंगलवार १६:३३ गते  
गाउँपालिका भवन शिलान्यास कार्यक्रममा कांग्रेस नेता रिजाललाईअवरोध

ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले अवरोध गरेका छन् । सो गाउँपालिकाको वडा नम्बर ७ को पोखरीभञ्ज्याङमा असोज १२ गते आयोजना गरिएको गाउँपालिकाको भवन शिलान्यास कार्यक्रमलाई नेकपाका कार्यकर्ताहरूले अवरोध गरेका थिए । भवन…

२०७६ आश्विन १३, सोमबार ०९:५९ गते  
आर्थिक अभावका कारण अपाङ्गता भएका बालक ६ वर्ष देखि डोरीमा

आर्थिक अभावका कारण उपचार नपाएपछि म्याग्दे गाउँपालिका-७ कणालेका अपाङ्गता भएका १३ वर्षीय बालक मिलन दुरा ६ वर्षदेखि सलको डोरीले बाँधिदै आएका छन् । मनोसामाजिक अपाङ्गता भएका बालकलाई उनका अभिभावकले सलको डोरीले घरको खाँबोमा कम्मरमा बाँधेर घरमा नै राख्दै आएका छन् । रोगको उपचार गर्न पैसा नभएका कारण छोरालाई घरमै बाँधेर…

२०७६ आश्विन ७, मंगलवार १६:४५ गते  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सदस्य शुक्लागण्डकी नपा-४ बस्ने ३९ वर्षीय विलास परियारलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । भदौ २१ गते शुक्लागण्डकी नपा-३ अन्तर्गत् पृथ्वी राजमार्गमा स्कुटर दुर्घटनामा घाइते भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर भदौ २२ गते डिस्चार्ज हुनासाथ परियारलाई…

२०७६ भाद्र २४, मंगलवार ११:२५ गते  
अस्पतालको लापरवाहीका कारण सुत्केरी प्रोत्साहन भत्ता पाउनबाट वञ्चित

दमौली अस्पतालको लापरवाहीका कारण गत आर्थिक वर्षमा अस्पतालमा सुत्केरी भएका २३ जना  यातायात खर्च पाउनबाट वञ्चित भएको गुनासो गरेका छन् । सरकारले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातयात खर्च बापत पहाडी जिल्लामा २ हजार रुपियाँ प्रदान गर्दै आएको छ । त्यसबाहेक नियमित चार पटक गर्भ परीक्षण गर्नेलाई थप…

२०७६ भाद्र ११, बुधबार १६:३५ गते