नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा ०८० असार १२ गते दमौलीमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको…
यौन दुर्व्यवहार कसुरमा २३ दिन कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पीडितका ठुलो बुवा नाता पर्ने ३७ वर्षीय पुरुषलाई २३ दिन कैद सजायको फैसला भएकाे छ । न्यायधीश हरिश्चन्द्र ढुङ्गानाको ०८० असार ६ गतेको इजलासले कसुर ठहर गर्दै कैदसंगै ३० हजार रुपियाँ क्षतीपुर्ती तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार…
गाउँपालिकाकाे नीति तथा कार्यक्रममा मानव अधिकारलाई सम्बोधन गर्न माग
आवुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरिएको छ । तनहुँ इन्सेक जिल्ला प्रतिनिधिले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न र नीति तथा कार्यक्रम मानव अधिकार मैत्री बनाउन माग गर्दै ०८०…
स्वास्थ्यकर्मीको जिउधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र
नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिले स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा गर्न माग गर्दै असार ३ गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाएको छ । समितिले स्वास्थ्यका कर्मचारीको जिउधनको सुरक्षा गरि निर्वाधरुपमा काम गर्ने वातावरण बनाउन माग गरेको हो । व्यास नगरपालिका–९ गजुरे स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक खुसीराम क्षेत्रीलाई स्थानीय ३०…
डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामीलाई समस्या
दमौली अस्पतालमा सञ्चालित शत्रुघन–मञ्जु मृगौला डाइलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामीहरू समस्यमा परेका छन् । डाइलासिस केन्द्रमा रहेका ११ ओटा डायलासिस मेसिन मध्ये सात ओटा मेसिन बिग्रिएको छ । गत जेठ १७ गते राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका प्राविधिक टोली आएर बिग्रिएका मेसिनको मर्मत सम्भार गरी सञ्चालनमा ल्याएपनि पुनः ति…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरि बस्दै आएकी २२ वर्षीया रंगिला भुजेलको हत्या गरेको आरोपमा २१ वर्षीय पति मनोज बिष्टलाई प्रहरीले जेठ ३० गते राती गिरफ्तार गरेको छ । विष्टले जेठ २६ गते राती पत्नी रंगिला भुजेलको धारिलो हतियार प्रयोग गरि हत्या गरेर…
एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा माओवादीद्वारा कब्जा
व्यास नगरपालिक– १३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको करिब २ सय रोपनी जग्गा नेकपा (माओवादी) केन्द्रिय जनसत्ताले कब्जा गरेको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्रिय जनसत्ताको नाममा ०८० जेठ १६ गते राती उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरिएको हो । जनसत्ता प्रमुख प्रकाश हमालको नेतृत्वमा गएको…
बलात्कार पछि गर्भपतन गराएको कसुरमा १० वर्ष कैद सजाय
१६ वर्षीया बालिकालाई बलात्कार र गर्भपतन गराएको कसुरमा व्यास नगरपालिका–९ अँधेरी भन्ज्याङका २६ वर्षीय किसान कुमाललाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधिश कोमलप्रसाद आचार्यको जेठ ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १० वर्षको कैद सजाय फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु…
यौन दुर्व्यवहार घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार
भानु नगरपालिका– १३ ठुल्ढुङ्गा स्थित एक विधालयका प्रधानाध्यापक सैलेन्द्रकुमार साहलाई सोही विद्यालयका छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जेठ ८ गते प्रहरीले गिरफ्तार गरेको छ । जेठ ७ गते आफु कक्षा नौ मा पढाउन जाँदा छात्राहरू रोइरहेको देखेको र के भयो भनेर सोध्दा साहले शारीरिक, मानसिक र यौन दुर्व्यवहार गरेको छात्राहरूले…
प्राधानाध्यापककाे छोराको विवाहमा जान विद्यालय विदा
ऋषिङ गाउँपालिका–८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्राधानाध्यापककाे छोराको विवाहमा जानको लागि जेठ ७ गते आइतबार विद्यालय बन्द गरिएको छ । विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद बरालको छोराको विवाहमा जन्ती जानको लागि विद्यालयमा विदा दिइएको विद्यालयका शिक्षक भिमकुमार श्रेष्ठले बताउनु भयो । विद्यालयका लेखापाल महेन्द्रकुमार श्रेष्ठले स्थानीय विदाबाट कट्टा हुने गरि एक…