दमौली अस्पतालमा रेबिज भ्याक्सिन अभाव

कात्तिक १२ गते व्यास नगरपालिका–१ हाइस्कूलटारका ५० वर्षीय मोहन थापालाई घरमै मुसाले टोकेपछि रेबिज विरूद्धको भ्याक्सिन लगाउन छिमेकीले दमौली अस्पतालमा लगे । तर, अस्पतालमा सो भ्याक्सिन नभएपछि उनलाई निजी अस्पतालमा लगेर रेबिज विरूद्धको भ्याक्सिन लगाइएको थियो । तनहुँ सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पतालमा ६ महिनादेखि रेबिज विरूद्धको भ्याक्सिन…

November 3, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

पुर्ण अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमाद नपा–९ पाइमीका १८ वर्षीय शङ्कर परियारलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ८ गते दिउँसो पीडितको घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएको थियो । घटनाको खबर…

October 26, 2019  
प्रतिबन्धित नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका स्याङ्जा जिल्ला सेक्रेटरी कास्की जिल्ला पोखरा मनपा–२७ घर भएका ३३ वर्षीय गोकुल पराजुली, जिल्ला सदस्य स्याङ्जा जिल्ला भिरकोट नपा–२ घर भएका २७ वर्षीय सागर अर्याल र जिल्ला सदस्य रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१ घर भएका जीवन क्षेत्रीलाई प्रहरीले कात्तिक ७ गते पुनः गिरफ्तार गरेको छ…

October 25, 2019  
सुन चालेर दशैँको ऋण तिर्दै बोटेहरू !

व्यास नपा-१० कुमालटारी बोटे गाउँका बोटेहरू दशैँमा लागेको ऋण तिर्न यतिबेला बालुवा चाल्न नदी किनारतर्फलागेका छन् । कोजाग्रत पुणिर्मासँगै दशैँ सकिएपछि उनीहरू बालुवा चाल्न नदी किनारातर्फ लागेका हुन् । दशैँअघि साहुँसंग ऋण लिने र दशैँपछि नदीको बालुवामा सुन खोजेर त्यही सुन सङ्कलन गरी त्यसको बिक्रीबाट आएको पैसाले दशैँलगायत चाड पर्वको…

October 15, 2019  
गाउँपालिका भवन शिलान्यास कार्यक्रममा कांग्रेस नेता रिजाललाईअवरोध

ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गर्ने कार्यक्रमलाई सम्बोधन गर्न पुगेका नेपाली काङ्ग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरूले अवरोध गरेका छन् । सो गाउँपालिकाको वडा नम्बर ७ को पोखरीभञ्ज्याङमा असोज १२ गते आयोजना गरिएको गाउँपालिकाको भवन शिलान्यास कार्यक्रमलाई नेकपाका कार्यकर्ताहरूले अवरोध गरेका थिए । भवन…

September 30, 2019  
आर्थिक अभावका कारण अपाङ्गता भएका बालक ६ वर्ष देखि डोरीमा

आर्थिक अभावका कारण उपचार नपाएपछि म्याग्दे गाउँपालिका-७ कणालेका अपाङ्गता भएका १३ वर्षीय बालक मिलन दुरा ६ वर्षदेखि सलको डोरीले बाँधिदै आएका छन् । मनोसामाजिक अपाङ्गता भएका बालकलाई उनका अभिभावकले सलको डोरीले घरको खाँबोमा कम्मरमा बाँधेर घरमा नै राख्दै आएका छन् । रोगको उपचार गर्न पैसा नभएका कारण छोरालाई घरमै बाँधेर…

September 24, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सदस्य शुक्लागण्डकी नपा-४ बस्ने ३९ वर्षीय विलास परियारलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । भदौ २१ गते शुक्लागण्डकी नपा-३ अन्तर्गत् पृथ्वी राजमार्गमा स्कुटर दुर्घटनामा घाइते भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराएर भदौ २२ गते डिस्चार्ज हुनासाथ परियारलाई…

September 10, 2019  
अस्पतालको लापरवाहीका कारण सुत्केरी प्रोत्साहन भत्ता पाउनबाट वञ्चित

दमौली अस्पतालको लापरवाहीका कारण गत आर्थिक वर्षमा अस्पतालमा सुत्केरी भएका २३ जना  यातायात खर्च पाउनबाट वञ्चित भएको गुनासो गरेका छन् । सरकारले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातयात खर्च बापत पहाडी जिल्लामा २ हजार रुपियाँ प्रदान गर्दै आएको छ । त्यसबाहेक नियमित चार पटक गर्भ परीक्षण गर्नेलाई थप…

August 28, 2019  
प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

व्यास नपा-२ निवासी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका तनहुँ जिल्ला सदस्य तथा अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष २८ वर्षीया ममता रुचाललाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको छ । रुचाललाई व्यास नपा-११ को ढाडे भन्ने स्थानबाट गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी विनोद सिलवालले जानकारी दिए ।…

August 26, 2019  
टेलिफोनमार्फत अपशब्द बोलेको आरोपमा प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई फोनमार्फत अपशब्द बोलेको पीडितले व्यास नपा-६ का वडाअध्यक्ष सुर्यभक्त भण्डारीविरूद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा भदौ ८ गते उजुरी दिएकी छिन् । पीडित महिलालाई वडा अध्यक्ष भण्डारीले साउन ३० गते मोबाइलमा फोन गरेर अश्लिल कुरा गरी दुर्व्यवहार गरेको पीडित युवतीले दिएको उजुरीमा उल्लेख भएको जिल्ला प्रहरी कार्यालय, तनहुँका…

August 26, 2019