क्रान्तिकारी माओवादीका कार्यकर्ता गिरफ्तार
मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का तनहुँ जिल्ला समितिका सदस्य व्यास नपा-१२ निवासी उजिर भनिने उपबहादुर थापा र सोही ठाउँका पार्टी सदस्य बिजयराज पौडेललाई प्रहरीले कात्तिक १३ गते साँझ गिरफ्तार गरेको छ । व्यास नपा-१२ को बानीयाटारस्थित गमबहादुर पौडेलको घरमा बसिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको सो…
कुटपिट घटनाका आरोपित पति गिरफ्तार
ब्यास नगरपालिका–१२ की २५ वर्षीया विपना लामिछानेलाई कुटपिट गरेको आरोपमा प्रहरीले २९ वर्षीय पति प्रदिप लामिछानेलाई असोज २६ गते बिहान गिरफ्तार गरेको छ । घरायसी विवादको क्रममा प्रदिपले पत्नी विपनालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । कुटपिटबाट घाइते हुनुभएकी विपनालाई छिमेकीले उपचारको लागि जिल्ला अस्पताल लगेका थिए । टाउकोमा…
तनहुँमा ६ ओटा मतदानस्थल अति संवेदनशील
तनहुँमा ६ ओटा मतदानस्थल अति संवेदनशील रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा ६ ओटा अति संवेदनशील रहेको पाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताउनु भयो । जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिको बैठकले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको प्रजिअ अर्यालले जानकारी दिनु भयो…
दुई जना बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्ष कैदको फैसला
१३ र १७ वर्षीया दुई बालिकालाई ०७७ असार ३० गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत तनहुँले भानु नपा–३ माझिवनका ३३ वर्षीय रमेश तामाङलाई भदौ २९ गते १९ वर्ष कैदको फैसला गरेको छ । न्यायधीश दलबहादुर केसीको इजलासले दुई ओटा छुट्टछुट्टै मुद्दामा अभियुक्तलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६…
खानेपानीको मुहान बन्द, दमौली बजारबासी प्रभावित
म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीका बासिन्दाले जिल्ला सदरमुकाम व्यास नगरपालिकाको दमौली बजारमा ल्याइएको खानेपानीको मुहान बन्द गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सार्वजानिक कार्यक्रममा दिएको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको भन्दै भदौ २५ गते साँझबाट खानेपानीमा अवरोध गरेका हुन् । गुणादीको मुहानबाट ल्याइएको पानी खाँदा दमौलीबासी बिरामी…
सेवा, सुविधा र अवसर पाउनुुपर्ने भन्दै अपाङ्गता भएका व्यक्तिद्वारा गाँउपालिकामा धर्ना
म्याग्दे गाउँपालिका–७ का ४० वर्षीय दिपकप्रसाद भण्डारी विभिन्न सेवा, सुविधा र अवसर पाउनु पर्ने माग गर्दै ०७९ भदौ ८ गतेदेखि म्याग्दे गाउँपालिकामा अनिश्चितकालिन धर्ना बस्नु भएको छ । सवारी दुर्घटनामा परी अपाङ्गता हुनु भएका भण्डारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली २०७७ अनुसारको सेवा,…
बन्दको दिन विद्यार्थी पढिरहेको बेला कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा लगायत चार राजनीतिक दलद्वारा भदौ ७ गते आह्वान गरिएको नेपाल बन्दको दिन व्यास नपा–२ दमौलीस्थित सत्यवती माविको कक्षाकोठाको झ्यालमा ढुङ्गा प्रहार गरिएको छ । भित्र पढाइ भइरहेको बेलामा झ्यालमा ढुङ्गा हानिएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताउनु भयो । ढुङ्गा लागेर झ्यालको सिसा फुटेपनि विद्यार्थी तथा…
मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन समितिको सदस्यमा इन्सेक
मानव अधिकार सम्बन्धि पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनसम्बन्धी जिल्लास्तरीय अनुगमन समिति तनहुँको सदस्यमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराई चयन हुनु भएको छ । साउन ११ गते बसेको जिल्लास्तरीय अनुगमन समितिको बैठकले नागरिक समाजको तर्फबाट इन्सेकलाई सदस्यमा मनोनित गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिमरण वाग्लेको अध्यक्षतामा गठित समितिमा प्रमुख जिल्ला अधिकारी,…
आमाको कुटपिटबाट ६ वर्षीय बालक घाइते, आरोपित गिरफ्तार
शुक्लागण्डकी नपा-१० जुवालथरका ६ वर्षीय सागर नेपालीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीया आमा टिकादेवी नेपालीलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले असार २४ गते दिउँसो अगुल्टाले टाउकोमा पटकपटक प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । स्थानीय बासिन्दाले उक्त घटना असार…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ । स्थानीय बासिन्दाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय…