पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भानु नगरपालिका–५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरि बस्दै आएकी २२ वर्षीया रंगिला भुजेलको हत्या गरेको आरोपमा २१ वर्षीय पति मनोज बिष्टलाई  प्रहरीले जेठ ३० गते राती गिरफ्तार गरेको छ । विष्टले जेठ २६ गते राती पत्नी रंगिला भुजेलको धारिलो हतियार प्रयोग गरि हत्या गरेर…

२०८० जेष्ठ ३२, बिहीबार ०९:४१ गते  
एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा माओवादीद्वारा कब्जा

व्यास नगरपालिक– १३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको करिब २ सय रोपनी जग्गा नेकपा (माओवादी) केन्द्रिय जनसत्ताले कब्जा गरेको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्रिय जनसत्ताको नाममा ०८० जेठ १६ गते राती उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरिएको हो । जनसत्ता प्रमुख प्रकाश हमालको नेतृत्वमा गएको…

२०८० जेष्ठ १७, बुधबार १२:५७ गते  
बलात्कार पछि गर्भपतन गराएको कसुरमा १० वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार र गर्भपतन गराएको कसुरमा व्यास नगरपालिका–९ अँधेरी भन्ज्याङका २६ वर्षीय किसान कुमाललाई जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधिश कोमलप्रसाद आचार्यको जेठ ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १० वर्षको कैद सजाय फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु…

२०८० जेष्ठ १२, शुक्रबार ०८:३० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित प्रधानाध्यापक गिरफ्तार

भानु नगरपालिका– १३ ठुल्ढुङ्गा स्थित एक विधालयका प्रधानाध्यापक  सैलेन्द्रकुमार साहलाई सोही विद्यालयका छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा जेठ ८ गते प्रहरीले गिरफ्तार गरेको छ । जेठ ७ गते आफु कक्षा नौ मा पढाउन जाँदा छात्राहरू रोइरहेको देखेको र के भयो भनेर सोध्दा साहले शारीरिक, मानसिक र यौन दुर्व्यवहार गरेको छात्राहरूले…

२०८० जेष्ठ ९, मंगलवार ०९:५४ गते  
प्राधानाध्यापककाे छोराको विवाहमा जान विद्यालय विदा

ऋषिङ गाउँपालिका–८ ऋषिङमा रहेको शिव सरस्वती माविका प्राधानाध्यापककाे छोराको विवाहमा जानको लागि जेठ ७ गते आइतबार विद्यालय बन्द गरिएको छ । विद्यालयका प्राधानाध्यापक विष्णुप्रसाद बरालको छोराको विवाहमा जन्ती जानको लागि विद्यालयमा विदा दिइएको विद्यालयका शिक्षक भिमकुमार श्रेष्ठले बताउनु भयो । विद्यालयका लेखापाल महेन्द्रकुमार श्रेष्ठले स्थानीय विदाबाट कट्टा हुने गरि एक…

२०८० जेष्ठ ८, सोमबार १०:१५ गते  
अपाङ्गता भएका व्यक्तिलाई सेवा, सुविधा र अवसरको माग गर्दै गाउँपालिकामा धर्ना

अपाङ्गता भएका व्यक्तिलाई कानुन अनुसारको सेवा, सुविधा र अवसरको माग गर्दै म्याग्दे गाउँपालिका–७ का ४५ वर्षीय शारीरिक अपाङ्गता भएका दिपक भण्डारी जेठ ४ गतेदेखी म्याग्दे गाउँपालिकाको प्राङ्गणमा अनिश्चितकालिन धर्नामा बस्नु भएको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार राज्यले निर्माण गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली, २०७७ अनुसारको…

२०८० जेष्ठ ५, शुक्रबार ११:४८ गते  
बलात्कार कसुरमा साढे नौ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बन्दिपुर गाउँपालिका– ५ कल्चोकका २२ वर्षीय बिनोद विकलाई साढे नौ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायधिश कोमल प्रसाद आचार्यको जेठ ४ गतेको इजलासले कैद साथै पीडितलाई २५ हजार रुपियाँ क्षतीपूर्ती भराउने फैसला भएको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनु भयो । बालिकालाई…

२०८० जेष्ठ ५, शुक्रबार ०९:४९ गते  
बलात्कार घटनाका फरार आरोपित २० वर्ष पछि गिरफ्तार

बलात्कार मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेका ब्यास नगरपालिका–२ का ४८ वर्षीय बिनोद शाक्यलाई २० वर्षपछि जेठ ३ गते प्रहरीले गिरफ्तार गरेको छ  । २०६० सालमा एक महिलालाई बलात्कार गरेको अभियोगमा शाक्यलाई तनहुँ जिल्ला अदालतले २०६० असोज २८ गते दोषी ठहर गर्दै पाँच वर्ष कैद फैसला गरेको थियो ।…

२०८० जेष्ठ ४, बिहीबार ०९:४० गते  
शिक्षकको कुटपिटबाट दुई छात्रा घाईते

शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया दुई छात्रालाई सोही विद्यालयका शिक्षक भेषबहादुर मगरले वैशाख २९ कुटपिट गरि घाईते बनाएको पीडित बालिकाहरूले बताउनुभयो । पढ्न आउँदा पुस्तक नल्याएको र गृहकार्य पनि नगरेको भन्दै शिक्षक मगरले ति छात्राहरूलाई कुटपिट गरेको बालिकाहरूले बताउनुभयो । ‘हामीलाई सरले सेटबुकको…

२०८० बैशाख ३१, आईतवार १९:१४ गते  
सरकारी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा नागरिकहरू नीजिमा उपचार गर्न बाध्य

भानु नगरपालिका–४ तिलाहारका ४५ वर्षीय राजु विक वैशाख २१ गते बिहान उच्च रक्तचाप सम्बन्धी समस्याबाट पीडित हुनु भयो । उहाँलाई आफन्तले तत्कालै वडा नम्बर ५ मा रहेको पुरनडिही नगर अस्पतालमा लगे । तर उक्त सरकारी अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई नजिकैको नीजि मेडिकल हलमा लगेर उपचार गराए । भानु नगरपालिकाले नगर…

२०८० बैशाख २१, बिहीबार १६:४६ गते