जातीय विभेदको कारवाहीबाट जोगिन मिलापत्र, मिलापत्रपछि दलित समुदायलाई सामूहिक बहिष्कार
घिरिङ गाउँपालिका–३ को अर्चलबोटमा जातीय विभेदको घटनामा मिलापत्र भएपछि उक्त टोलका १० घर दलित समुदायलाई गैरदलित समुदायले सामूहिक बहिष्कार गरेका छन् । गत जेठ २० गते उक्त वडाको मानपुर टोलका बमबहादुर थापाको घरमा बंगुर काट्ने क्रममा स्थानीय २५ वर्षीय खिमबहादुर थापाले सोही ठाउँका ३५ वर्षीय शिव परियारलाई ‘मासु नछो’ भनेर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवती र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय बाबुलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले ०७९ भदौमा बलात्कार गरेको भन्दै पीडितद्वय र पीडितकी आमाले आरोपितलाई कारवाहीको माग गर्दै असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । सो उजुरीपछि प्रहरीले आरोपितलाई…
उपचारमा लापरवाही गरेको आरोप लगाउँदै अस्पतालमा तालाबन्दी
बिरामीको उपचारमा लापरवाही गरेको कारण व्यास नपा १० घर भएका व्यास नगरपालिकामा कार्यरत इन्जिनियर ३५ वर्षीय कमल शर्माको मृत्यु भएको आरोपमा मृतकका आफन्तले व्यास नपा–४ दमौलीमा रहेको रत्नहरी अस्पतालमा असार १७ गते तालाबन्दी गरेका छन् । शर्मा असार १३ गते उपचारका लागि रत्नहरी अस्पतालमा भर्ना हुनु भएकोमा उक्त अस्पतालले बिरामीको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रममा ०८० असार १२ गते दमौलीमा सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले तनहुँमा ६ महिनाको अवधिमा भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको…
यौन दुर्व्यवहार कसुरमा २३ दिन कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पीडितका ठुलो बुवा नाता पर्ने ३७ वर्षीय पुरुषलाई २३ दिन कैद सजायको फैसला भएकाे छ । न्यायधीश हरिश्चन्द्र ढुङ्गानाको ०८० असार ६ गतेको इजलासले कसुर ठहर गर्दै कैदसंगै ३० हजार रुपियाँ क्षतीपुर्ती तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको अदालतका श्रेस्तेदार…
गाउँपालिकाकाे नीति तथा कार्यक्रममा मानव अधिकारलाई सम्बोधन गर्न माग
आवुँखैरेनी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न माग गरिएको छ । तनहुँ इन्सेक जिल्ला प्रतिनिधिले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मानव अधिकार संरक्षण र सम्बर्द्धनको कार्यक्रमलाई सम्बोधन गर्न र नीति तथा कार्यक्रम मानव अधिकार मैत्री बनाउन माग गर्दै ०८०…
स्वास्थ्यकर्मीको जिउधनको सुरक्षाको माग गर्दै ज्ञापनपत्र
नेपाल स्वास्थ्यकर्मी सङ्घ व्यास नगर समितिले स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा गर्न माग गर्दै असार ३ गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई ज्ञापनपत्र बुझाएको छ । समितिले स्वास्थ्यका कर्मचारीको जिउधनको सुरक्षा गरि निर्वाधरुपमा काम गर्ने वातावरण बनाउन माग गरेको हो । व्यास नगरपालिका–९ गजुरे स्वास्थ्यचौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक खुसीराम क्षेत्रीलाई स्थानीय ३०…
डायलासिस मेसिन बिग्रिएपछि मृगौलाका बिरामीलाई समस्या
दमौली अस्पतालमा सञ्चालित शत्रुघन–मञ्जु मृगौला डाइलासिस केन्द्रमा डायलासिस मेसिन बिग्रिएपछि बिरामीहरू समस्यमा परेका छन् । डाइलासिस केन्द्रमा रहेका ११ ओटा डायलासिस मेसिन मध्ये सात ओटा मेसिन बिग्रिएको छ । गत जेठ १७ गते राष्ट्रिय मृगौला उपचार केन्द्र काठमाडौंका प्राविधिक टोली आएर बिग्रिएका मेसिनको मर्मत सम्भार गरी सञ्चालनमा ल्याएपनि पुनः ति…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरि बस्दै आएकी २२ वर्षीया रंगिला भुजेलको हत्या गरेको आरोपमा २१ वर्षीय पति मनोज बिष्टलाई प्रहरीले जेठ ३० गते राती गिरफ्तार गरेको छ । विष्टले जेठ २६ गते राती पत्नी रंगिला भुजेलको धारिलो हतियार प्रयोग गरि हत्या गरेर…
एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा माओवादीद्वारा कब्जा
व्यास नगरपालिक– १३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको करिब २ सय रोपनी जग्गा नेकपा (माओवादी) केन्द्रिय जनसत्ताले कब्जा गरेको घोषणा गरेको छ । नेकपा माओवादी केन्द्रिय जनसत्ताको नाममा ०८० जेठ १६ गते राती उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरिएको हो । जनसत्ता प्रमुख प्रकाश हमालको नेतृत्वमा गएको…