बालबालिकामाथिको शारीरिक दण्ड, सजाय तत्काल बन्द गर्न माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिविन बाल हेल्प लाईन कास्कीले बालबालिका माथिको शारीरिक दण्ड तथा सजाय तत्काल बन्द गर्न माग गरेको छ । इन्सेक र सिविनले माघ १० गते संयुक्त प्रेस विज्ञप्ती जारी गरि उक्त माग गरेको हो । तनहुँकाे घिरिङ गाँउपालिका–३ स्थित चन्द्रज्योति माविको कक्षा १० माअध्ययनरत छात्रा…
शिक्षकको कुटाइबाट विद्यार्थी घाईते
घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योती माविकी कक्षा १० की छात्रा लिलामाया आलेलाई सो विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले कुटपिट गरि घाईते बनाएको पीडीत बालिकाले बताउनुभयो । माघ ८ गते आईतबार दिउँसो एसइई परिक्षाको तयारीको क्रममा गणित विषयको सिकाई परिक्षामा कम अंक प्राप्त गरेको भन्दै प्रअ थापाले लौरोले पछाडीको भागमा हान्दा छात्रा आले…
बलात्कार घटनाका आरोपीत गिरफ्तार
७३ वर्षिया ज्येष्ठ नागरिकलाई ०७९ पुस २१ गते राती बलात्कार गरेको आरोपमा प्रहरीले पीडितका २४ वर्षिय छोरालाई पुस २२ गते बिहान उनकै घरबाट गिरफ्तार गरेको छ । राती घरमा सुतिरहेको अवस्थामा आरोपितले आमालाई बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालयलाई खबर गरेपछि आरोपितलाई गिरफ्तार गरेको हो । पीडितलाई स्वास्थ्य…
गाउँपालिकाका लेखा अधिकृतलाई मोसो दली दुर्व्यवहार
तनहुँको देवघाट गाउपालिकाका लेखा अधिकृत उमनाथ ढकाल र सहायक लेखापाल सन्जय शर्मालाई वडा नम्बर ३ का युवाहरुले पुस ११ गते कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेका छन् । वडा नम्बर ३ को छिपछिपेमा सन्चालित छिपछिपे भन्ज्याङ सोलार लिफ्टिङ खानेपानी योजनाको भुक्तानी दिन ढिलाइ गरेको विभिन्न कागजात मागेर उपभोक्तालाई दुख दिएको भन्दै…
मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२३ को लागि सङ्कलित घटनाहरूको वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम पुस ७ गते दमौलीमा सम्पन्न भएको छ । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । इन्सेकको तथ्यांक अनुसार तनहुँमा सन् २०२२…
निर्वाचन आचार संहिता विपरीत मोटरसाइकल र्याली
निर्वाचन आचार संहिता विपरीत नेपाली कांग्रेसले दमौलीमा मङ्सिर १ गते मोटरसाइमोकल र्याली निकालेको छ । निर्वाचन आयोगले जारी गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को आचार संहिताको १४ नम्बर बुँदाको ज नम्बरमा उल्लेख गरिएको प्रावधान विपरीत मोटरसाइकल र्याली निकालेर चुनावको प्रचार गरेको हो । त्यसैगरी र्यालीमा आचार संहिता…
स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि पत्रकारहरूसँग अन्तरक्रिया सम्पन्न
इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा स्वच्छ, भयरहित र निश्पक्ष निर्वाचनका लागि कात्तिक २९ गते तनहुँका पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । सो अवसरमा इन्सेक गन्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले निर्वाचनलाई स्वच्छ, भयरहित र निश्पक्ष बनाउन पत्रकारहरूको ठूलो भूमिका रहने बताउनु भयो । उहाँले निर्वाचन आचार संहिता…
तनहुँमा आचार संहिता उल्लङ्घनको तीन ओटा उजुरी
जिल्लामा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको भन्दै तीन ओटा उजुरी जिल्ला निर्वाचन कार्यालयमा परेको छ । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार दुई ओटा उजुरी जनप्रतिनिधि र एक ओटा सरकारी कर्मचारीको विरुद्धमा परेको छ । उजुरी परेकाहरूलाई स्पष्टिकरणको पत्र पठाईसकिएको र उनीहरूबाट स्पष्टिकरणको पत्र आईसकेको भन्दै ढकालले उक्त पत्रको बारेमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका-८ गणपतेका ६३ वर्षीय रामजीबहादुर थापा क्षेत्रीलाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते बलात्कार गरेको भन्दै पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय बेलचौतारामा कात्तिक १७ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी…
आचारसंहिता विपरित स्थानीय तहका पदाधिकारी चुनावी प्रचारमा
आफू निर्वाचित भएको स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने प्रावधान भएपनि तनहुँको विभिन्न स्थानीय तहका पदाधिकारीहरू प्रचार प्रसारमा हिँडेका छन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे उम्मेदवारको प्रचारप्रसारमा हिँडेका हुन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै स्थानीय तहका अध्यक्ष…