डाक्टरमाथि तीन जनाद्वारा कुटपिट भएको पीडित पक्षको आरोप

गोरखा अस्पतालमा ड्युटिमा रहेका डाक्टर अविनाश पराजुलीलाई कात्तिक ६ गते तीन जनाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । ‘रिपोर्ट’को विषयलाई लिएर अस्पतालमा कार्यरत मेडिकल अफिसर ३० वर्षीय अविनाश पुराजुलीलाई हातपात भएको हो । पराजुलीमाथि ढोका थुनेर हातपात भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले जानकारी दिनु भयो । हातपात गर्नेको…

October 24, 2022  
आचारसंहिता उल्लङ्घन गरेको भन्दै पुष्पकमल दाहाललाई सोधियो स्पष्टिकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । असोज २३ गते उम्मेदवारी दर्ता गर्न जाँदा पञ्जेबाजासहित जुलुस साथमा लिएर मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको भन्दै सोसम्बन्धमा असोज २६…

October 12, 2022  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा अजिरकोट गाउँपालिका–५ मुच्चोकका ५० वर्षीय एकबहादुर सुनारलाई प्रहरीले भदौ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २६ गते बलात्कार प्रयास भएको भन्दै मौखिक उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जौबारीले भदौ २६ गते आरोपितलाई गिरफ्तार गरेको हो । पीडितका आफन्तले भदौ २७…

September 13, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ–११ घर भइ हाल नेपाली सेनाको वेनिघाट–आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर रानालाई भदौ २६ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले भदौ २५ गते बलात्कार गरेको स्थानीयको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडित बालिकाको…

September 12, 2022  
करारका कर्मचारीको अवधि नथपिँदा १५ स्वास्थ्य इकाई बन्द

साउन १ गतेबाट करारका कर्मचारीको करार अवधि नविकरण नभएपछि गण्डकी गाउँपालिकाका १५ सामुदायिक स्वास्थ्य इकाइ बन्द भएका छन् । करारका कर्मचारीको भरमा रहेका गाउँपालिकाभरका सबै स्वास्थ्य इकाई बन्द भएको गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख वेली श्रेष्ठले बताउनु भयो । इकाइ बन्द भएपछि प्राथमिक उपचार, सामान्य स्वास्थ्य जाँच परिवार नियोजन लगायतका सेवा…

July 24, 2022  
समयमा हेलिकप्टर उडानको अनुमति नहुँदा एक बिरामीको मृत्यु

हेलिकप्टर उडान अनुमति ढिलाई हुँदा साउन ६ गते दिउँसो करिव २ बजे चुमनुव्री गाउँपालिका–६ खारगाउँकी २० वर्षीय मिङ्मार छेमजोङ लामाको मृत्यु भएको छ । ‘सडक छैन । हेलिकप्टरको अनुुमति लिँदैमा २ बज्यो ।’–उद्धारको सहजिकरण गर्नुभएका चुमनुव्री–७ का धावा ग्याल्जेन लामाले भन्नु भयो–‘असार ६ गते बिहानै हेलिकप्टर उडान अनुमति लिन प्रक्रिया…

July 23, 2022  
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट,  आरोपितद्वय गिरफ्तार

अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक गाउँपालिका–४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेललाई असार १८ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका…

July 3, 2022  
बर्खे भेल बढेपछि पठनपाठन प्रभावित

बर्खा लागेसँगै खारखोलाको बाढीले पैदल हिँड्ने पहुँचमार्ग बगाएपछि पालुङटार नगरपालिका–९ को धर्मोदय माध्यमिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । विद्यार्थीहरु असार १२ र १३ गते खारखोलाको बर्खे भेल तरेर जोखिमका साथ विद्यालय जान बाध्य छन् । वर्षातका कारण खारखोला बढेपछि असार १२ गते २ सय ५० मध्ये खोलावारीका १ सय…

June 28, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । समीक्षामा अनौपचारिक…

June 21, 2022  
अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा जोड

अब बन्ने संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइएनएफ र अपाङ्गता स्वबलम्वन विकास सङ्घ(डिडा) नेपालले जेठ १३ गते गोरखा सदरमुकाममा आयोजना गरेको सेवाग्राही र सेवा प्रदायक निकायबिच पँहुचयुक्त भौतिक संरचनासम्बन्धी नीतिगत संवाद कार्यक्रमका सहभागीहरूले सो विषयमा जोड दिएका हुन् । सरकारी कार्यालय, सडक,…

May 30, 2022