द्रब्यशाह क्याम्पसका प्रमुख माथि दुर्व्यवहार

गोरखा नगरपालिका–९ को लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि फागुन २ गते दुर्व्यवहार भएको छ । जनयुद्ध दिवसका दिन फागुन १ गते दुवाडीले लेखेको फेसवुक ‘स्टाटस’लाई लिएर दुर्व्यवहार भएको हो । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) समर्थीत विद्यार्थीहरूले दुवाडीको कार्यकक्षमै पुगेर दुव्र्यवहार साथै कार्यकक्षका टेवल र कुर्चि…

February 16, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा अजिरकोट गाउँपालिका–४ साउनेपानी काडाझ्यालका ३४ वर्षिय विश्वास नेपालीलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । ०७९ असोज महिनाको अन्तिम देखि पटक÷पटक र फागुन १ गते दिउसो बलात्कार गरेको भन्दै साेही दिन फागुन १ गते मौखिक जाहेरी परेपछि आरोपितलाई गिरफ्तार गरिएको हो । आरोपित…

February 16, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा सिरानचोक गाउँपालिका–४ आरुवोटका ६० वर्षिय रमेश पोखरेललाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । पुष  ३० गते र पछिल्लो पटक माघ २० गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २६ गते दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको हो । पीडितका आफन्तले माघ…

February 10, 2023  
मेयरका स्वकीय सचिवमाथि कार्यकक्षमै कुटपिट

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनका स्वकिय सचिव अशोक मरहट्टाले माघ ७ गते आफुमाथि कार्यकक्षमै कुटपिट भएको बताउनुभएको छ । पालुङटार नगरपालिका–२ का दुर्गालाल श्रेष्ठले चुनावको वेलाको खर्चको विषयलाई लिएर कुटपिट गरेको मरहट्टाले बताउनुभयो । कुटपिट गर्ने श्रेष्ठ माओवादीका पालुङटार–२ नम्वर वडाका वडा इन्चार्ज भएको र आफु पनि माअ‍ेवादी निकटकै भएको…

January 23, 2023  
मानवअधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि संकलित मानवअधिकार सँग सम्बन्धित घटनाहररूको वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकले अभिलेख गरेको ३१ वटा घटना प्रस्तुत गरिएको थियो । जसमा १४ वटा बालअधिकार अन्तरगत बलात्कार र यौन दुर्व्यवहार, आठ वटा महिला अधिकार अन्तरगत बलात्कार र यौन…

December 26, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया बोल्न नसक्ने अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा कैलाली गौरिगंगा नगरपालिका–८ मसुरियाका ४३ वर्षीय चित्रबहादुर चौधरीलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पुस ८ गते गिरफ्तार गरेको छ । जेठ २२ गते  बलात्कार गरेको भन्दै पिडितका आफन्तले पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको हो…

December 26, 2022  
मानवअधिकार र लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

७४औँ अन्तराष्ट्रिय  मानवअधिकार दिवस तथा लैङ्गिक हिंसा विरूद्धको अभियानको अवसरमा मानवअधिकार र लैङ्गिक हिंसा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय गोरखाको समन्वय तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) र इन्सेकद्धारा गठन गरिएको मानवअधिकार सञ्जाल लगायतका मानवअधिकारवादी संघ संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले पछिल्लो समय हिंसाको स्वरुप…

December 12, 2022  
निर्वाचन पूर्वको अवस्था बारे इन्सेकद्वारा अनुगमन तथा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते निर्वाचन पूर्वको अवस्था बारे प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग छलफल गरेको छ । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत शवनम शर्मा, इन्सेकद्वारा गठित मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारी, नियोगका अध्यक्ष वासु खत्री, नियोगका सचिव…

November 16, 2022  
गोरखा–२ का उम्मेदवार मियाँको प्रचार टोलीमाथि आक्रमण

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का नेकपा एमाले उम्मेदवार अब्दुस मियाँको प्रचार टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले कात्तिक २८ गते दुई जनालाई गिरफ्तार गरेको छ । तनँहु घर भएका अजित पन्त र राम सापकोटालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताउनु भयो । कात्तिक २७ गते राति पालुङटार…

November 14, 2022  
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

गोरखा अस्पतालमा कार्यरत २० वर्षीय चिकित्सक अविनाश पराजुलीलाई कुटपिट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुँवर, सोही ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोरखा नगरपालिका–३ का २६ वर्षीय प्रमोदजङ्ग कुँवरलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ । आरोपितविरुद्ध कात्तिक १३ गते अभद्र व्यवहार अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा…

October 30, 2022