स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा
जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको पाइएको छ । सरकारले ३६ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने बताएपनि अधिकांश स्वास्थ्य चौकीमा अभाव भएको हो । 'आएका बिरामीलाई औषधि नै नदिइ फर्काउने गरेका छौँ ।'-सिम्जुङ स्वास्थ्य चौकीका इञ्चार्ज बलाराम पोखरेलले भने । त्यसैगरी स्ताकुमाझ लाकुरीबोट र सौरपानी गाविसका स्वास्थ्य चौकीहरूमा…
उत्तरी गोरखाका लागि पठाइएको खाद्यान्न पाँच महिनादेखि बिच बाटोमै अलपत्र
उत्तरी गोरखाका स्थानीयका लागि पठाइएको चामल आरुघाटमा अलपत्र परेको पाइएको छ । पाँच महिनादेखि खाद्यान्न ढुवानी नहुँदा चामल कुहिन थालेको स्थानीयहरूले बताएका छन् । दसैँमा खाद्य व्यवस्था समितिले सिर्दिवास, उहिया, केरौँजा, काशिगाउँ, गुम्दाका स्थानीयका लागि पठाएको चामल बिच बाटोमै अलपत्र परेको हो । पाँच महिना अघि ४ सय क्वीन्टल चामल…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेदेखि फरार रहेका आरोपित वोर्लाङ-६ का १९ वर्षीय रवि पौडेललाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन गरिएको…
घरेलु हिंसा न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन
घरेलु हिंसा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयले सडक नाटकमार्फत सचेतना दिन थालेको छ । पुस २९ गते छोप्राक-९ चोरकाटे र गोरखा नपा-१० बाह्रकिलोमा सडक नाटक देखाइएको जिल्ला प्रहरी कार्यालयका सई ताराबहादुर थापाले बताए । घरेलु हिंसाविरुद्घ हुने अपराध न्यूनीकरणका लागि सडक नाटकमार्फत गाउँगाउँमा सचेतना कार्यक्रम गर्न लागिएको पनि उनले बताए…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले थालाजुङ गाविस-२ का नेत्रबहादुर भण्डारीलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित भण्डारीले पुस १७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले फोनमार्फ मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी विरेन्द्र थापाले जानकारी दिए ।…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा चितवन जिल्लाको राप्ती नपा-४ का ३२ वर्षीय सुर्यबहादुर राई र सोही ठाउँका २७ वर्षीय कमलबहादुर राईलाई प्रहरीले पुस १६ गते साँझ गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले पुस १५ गते बलात्कार प्रयास गरेको भन्दै पीडतका आफन्तले पुस १६ गते प्रहरीमा उजुरी दिएपछि…
उत्तरी गोरखामा हिमपात, भूकम्प पीडितको बिजोग
उत्तरी गोरखामा पुस १६ गते साँझबाट हिमपात भएको छ । पुस १७ गते दिनभर हिउँ परिरहेको सामागाउँ-५ का मिङमार लामाले जानकारी दिए । आज साँझ सम्म एक इञ्च हिउँ जमिसकेको उनले बताए । 'आगो तापेर घर भित्रै बसेका छौँ ।'-उनले टेलिफोनमा भने । छेकम्पार गाविसमा पनि पुस १६ गते साँझदेखि…
सरकारी बेवास्ताको विरोधमा भूकम्प पीडितको मौन जुलुस (फोटो फिचर)
जिल्लाका भूकम्प पीडितहरूले मौन जुलुस निकालेका छन् । भूकम्प गएको २० महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले मौन जुलुस प्रदर्शन गरेको बताएका छन् । सरकारले पुनर्निर्माण र पुनर्स्थापनामा चासो नदिएको उनीहरूको आरोप छ । पहिलो किस्ताको अनुदान रकम पाएका भूकम्प पीडितहरूले दोस्रो किस्ताको रकम अबिलम्ब निकासा गर्न…
भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाउन नसकेकोमा चिन्ता
भूकम्पपछिको पुनर्निर्माण तीव्र गतिमा हुन नसकेकोमा जिल्लाका सरोकारवालाले चिन्ता जनाएका छन् । भूकम्प गएको २० महिना बितिसक्दा पनि पीडितहरू टेण्ट र टहरामा कष्टकर जीवन बिताउन बाध्य भएको उनीहरूको भनाइ छ । आफू वास्तविक भूकम्प पीडित भएर पनि पहिलो किस्ताको ५० हजार रुपियाँ नपाएको भन्दै गुनासो फर्म भरेकाहरूको माग सम्बोधन हुन…
घरेलु हिंसाका घटना बाहिर आउन नसकेकोमा सरोकारवालाको चिन्ता
घरेलु हिंसाका घटना सङ्ख्यात्मक रूपमा धेरै घट्ने गरेको भएतापनि ती घटनाहरू समाधान गर्ने निकायसम्म आउन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि गोरखा जिल्लामा सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले घरेलु हिंसाका साथै बलात्कारका घटना बढेकोमा…