नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण
नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको राससले जनाएको छ । गोरखा नगरपालिका-९ लक्ष्मीबजारमा वैशाख २३ गते साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन्…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोली गोरखामा
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत वैशाख २१ गते गोरखा सदरमुकाममा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा निर्वाचनको चहलपहल तथा निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका बारेमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष मोहनलाल श्रेष्ठले…
घैरूङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
शहीद लखन गाउँपालिका-६ घैरूङका भूकम्प पीडितहरूले आफ्ने घर पुर्ण रूपमा भत्किएपनि सरकारी अनुदान पाउनबाट वञ्चित भएको बताएका छन् । घैरूङका अधिकांश घर भूकम्पले भत्काएपनि लाभाग्राही सूचीमा आफूहरूको नाम समावेश नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । मानव अधिकार सञ्जालको आयोजनामा वैशाख १८ गते घैरूङमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी…
मानव अधिकार सञ्जालद्वारा निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल
मानव अधिकार सञ्जाल गोरखाले आगामी जेठ ३१ गते तय भएको स्थानीय तहको निकायको निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरेको छ । सञ्जालका अध्यक्ष यदु अधिकारीको नेतृत्वको टोलीले वैशाख १७ गते कार्यलयमै पुगेर निर्वाचनको तयारीको विषयमा छलफल गरेको हो । टोलीले निर्वाचनको तयारी, शान्ति…
आचार संहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री
निर्वाचन आचार संहितको पुर्ण रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाका राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । निर्वाचन आचार संहितामा सार्वजनिक स्थलहरूमा दलको पोष्टर पम्पलेट टाँस्न नपाइने व्यवस्था भएपनि जिल्लाका केही सार्वजनिक स्थलहरूमा दलका झण्डा र पोष्टर पम्पलेट टाँसेको पाइएको भन्दै दलहरूलाई सचेत गराइएको हो । वैशाख १७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३३ वर्षीय बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते नै बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बारा जिल्ला डुमरवाना-४ का २८ वर्षीय शिवशङ्कर चौधरीलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले दिएको मौखिक उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि चैत १३ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले बताए । पीडित बालिकाका अभिभावकले चैत…
भूकम्प पीडित भन्छन्-'कोदो पनि नअट्ने घर चाहिँदैन'
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको 'मोडेल' अनुसारको घर बनाउन नसक्ने ताकुमाझ लाकुरीबोटका स्थानीयले बताएका छन् । मानव अधिकार सञ्जालको आयोजनामा चैत १२ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारले दिएको नमुनाको भूकम्प प्रतिरोधी घर जिवनउपयोगी नभएको बताएका हुन् । 'दुइ कोठे घर हामीलाई काम छैन, सरकारले भने अनुसार घर बनाएर…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नपा-११ का २८ वर्षीय सुवास थापाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दर्ता गराएकी छिन् । पीडित युवतीलाई आरोपितले चैत ६ गते बलात्कार प्रयास गरेको उल्लेख गर्दै पीडित युवतीले उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका एसपी जनकराज पाण्डेयले बताए । एसपी…
च्यातिएको त्रिपालमुनी कक्षा सञ्चालन, कक्षा ४ र ५ एउटै त्रिपालमा
भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा गोरखा नपा-२ मा रहेको को निमेल प्राथमिक विद्यालयका विद्यार्थी च्यातिएको त्रिपालमुनी बसेर कष्टपूर्वक पढ्न बाध्य भएका छन् । भूकम्पले विद्यालय भवन भत्किएपछि टाँगिएको त्रिपाल पनि च्यातिएपछि कक्षा ४ र ५ का विद्यार्थीको पढाइ कष्टकर बनेको हो । '४ र ५ को कक्षा एउटै त्रिपालमुनी…