यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोनपा-२ का ३० वर्षीय राजु सुनारलाई प्रहरीले असोज ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको…
पुनःनिर्माणको क्रममा अपाङ्गतामैत्री संरचना बनाउन माग
भूकम्प पछिको पुनःनिर्माणका क्रममा निर्माण गरिने भौतिक संरचना अपाङ्गतामैत्री बनाउन अपाङ्गता भएका व्यक्तिहरूले माग गरेका छन् । भुकम्प पश्चात पुनःनिर्माणको काम दसैँ तिहार पछि तीव्र रूपमा अघि बढाउने तयारी गरिए अनुसार अब बनाइने सरकारी, निजी तथा सामुदायिक सबै प्रकारका भवन अपाङ्गतामैत्री बनाउन प्रगतिशील अपाङ्ग सङ्घका अध्यक्ष अमर गुरूङले माग गरे…
अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा असुविधा भएको गुनासो
अपाङ्गता भएका व्यक्तिहरूको एक टोलीले सार्वजनिक यातायातका साधनमा आफूहरूलाई बेवस्ता गर्ने गरेको गुनासो गरेका छन् । उनीहरूले असोज १४ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनकराज पाण्डेयलाई भेटेर सार्वजनिक सवारीमा आफूहरूले पाउने ५० प्रतिशत छुट नपाएको गुनासो गर्दै सो कार्यान्वयनको माग गरेका हुन् । 'हामी अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातका…
बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घ्याल्चोक-५ का २० वर्षीय सुलस गुरुङविरुद्घ पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलालाई गत भदौ २३ गते गुरुङले बलात्कार गरेको आरोपमा प्रहरीमा असोज ४ गते उजुरी दिएको पीडितले बताइन् । आरोपित गुरुङ फरार भएकाले खोजि कार्य तीव्र…
विवाद मिलाउन आएका प्रहरीद्वारा स्थानीयलाई कुटपिट
झगडा मिलाउन आएका प्रहरीले गोरखा नगरपालिका-११ स्थित अवुँवामा ७१ वर्षीय थमनसिंह बस्नेत र सनकरिया-६, पर्साका ४५ वर्षीय प्रकाश चौधरीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । गम्भिर घाइते वस्नेतलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँको टिचिङ अस्प्ताल रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अनुहारमा चोट लागेको…
लाभाग्राही सूचीमा भएको त्रुटि सच्याउन माग
देउरालीका भूकम्प पीडितहरुले वास्तविक भूकम्प पीडितको नाम लाभाग्राही सूचीमा छुटेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भदै २८ गते मानव अधिकार सञ्जाल गोरखा र इन्सेक गोरखाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले वास्तविक भूकम्प पीडितको नाम लाभग्राही सूचीमा छुटेको भन्दै त्यस्तो त्रुटि तत्काल सच्याउन ध्यानाकर्षण गराएका हुन् ।…
सरकारले गङ्गामायाको जीवन रक्षाको पहल नगरेको आरोप
छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको जिल्लाका अधिकारकर्मीहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा भदौ २७ गते गोरखामा भएको कार्यक्रममा अधिकारकर्मी स्थानेश्वर दुवाडीले यति लामो समयसम्म न्यायको माग गर्दै अनसन बसेकी गङ्गामायाको जीवन रक्षाका लागि सरकारले…
सञ्जालको बैठकमा भूकम्प पीडितको अवस्थाबारे समीक्षा
मानव अधिकार सञ्जाल गोरखाको भदौ २१ गते बसेको बैठकले भूकम्प प्रभावितको अवस्थाबारे समीक्षा गरेको छ । जिल्लाका भूकम्पपीडितहरूको दैनिकी अझैसम्म पनि कष्टपूर्ण रहेकोले प्राप्त अनुदान रकमको सदुपयोग गर्न र अनुदान रकम पाउन बाँकीलाई शीघ्र उपलब्ध गराउन माग गरिएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताएका छन् । अनुदान सम्झौता सकिएर पहिलो किस्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १८ गते साँझ आरोपित बालकले बलात्कार गरेको कुरा उपचारको क्रममा बालिकाले बताएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । बलात्कारका कारण गम्भीर घाइते भएकी…
भूकम्पपछि टेण्ट र टहराबाट स्वास्थ्य सेवा
गत वर्षको वैशाख १२ गते गएको भूकम्पले भत्काएका स्वास्थ्यचौकी पुनर्निर्माण नगरिँदा अधिकांश गाविसका स्वास्थ्य संस्थाले टेण्ट र टहरोबाटै स्वास्थ्य सेवा दिइरहेका छन् । भूकम्पले गोरखाको ५४ ओटा स्वास्थ्य संस्थामा पूर्ण रूपमा क्षति पुर्याएको थियो । ती मध्ये श्रीनाथकोट गाविसमा मात्र अर्धपक्कि भवन वनेको छ । फुजेल, दर्बुङ, ताकुकोट, लापु, धावा,…